विराटनगर । प्रदेश नामकरणको विरोधमा रहेका विभिन्न राजनीतिक दल र संघसंस्थाले कोशी प्रदेशको बजेट अधिवेशन आह्वान भएपछि विराटनगर केन्द्रित आन्दोलन घोषणा गरेका छन् । प्रदेशको नाम पहिचानका आधारमा पुन: नामाङ्कनको माग गर्दै आएको प्रदेश १ पुन: नामकरण संघर्ष समितिले विराटनगर केन्द्रित आन्दोलन घोषणा गरेको हो । विज्ञप्ति जारी गर्दै पहिचान पक्षधरहरुले १४ जेठबाट प्रदेशसभा सचिवालय […]
काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ । ५ प्रतिशतसम्म तेलको मूल्य घटबढ भएपछि भाडा समायोजन गर्नुपर्ने व्यवस्थाअनुसार यसपटक मूल्य घटेको हो । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले भाडा घटाउने निर्णय गरेर राजपत्रमा प्रकाशनका लागि आन्तरिक मामिला मन्त्रालयमा पठाएको मन्त्रालयका प्रवक्ता शंकरराज पाठकले जानकारी दिए । राजपत्रमा प्रकाशन […]
रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका १ करुनियामा गोली लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ७० वर्षीय शेख तैयब रहेका छन्। विहीवार बिहान टाउकोमा गोली लागेर मृत्यु भएको अवस्थामा तैयबको शव भेटिएको हो। तैयबलाई गोली कसले हानेको हो भन्ने खुलेको छैन। करुनिया नजिकै रहेको आरोही बाल एकेडेमी नजिक तैयबको शव विहीवार भेटिएको हो। […]
कञ्चनपुर । कञ्चनपुरमा बाघको आक्रमणबाट ज्यान गुमाएका पीडित परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ। बाघको आक्रमणबाट ज्यान गुमाएकी बेलौरी नगरपालिका ८ पचुईकी ४२ वर्षीया गंगा चन्दको परिवारलाई राहत रकम हस्तान्तरण गरिएको हो। प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले बाघपीडित परिवारलाई १० लाख रुपैयाँ राहत रकम हस्तारण गरेका छन्। वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिकाबमोजिम नियम अनुसार […]
रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीमा जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । उनीहरूमध्ये पाँच जनाको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका इन्सपेक्टर विष्णु श्रेष्ठले जानकारी दिए । सानीभेरी गाउँपालिका-३ घ्युढुंगाबाट मुसिकोटतर्फ जाँदै गरेको लु १ ज १७४७ नम्बरको जिप आज बिहान करिब साढे आठ बजेतिर दुर्घटना भएको थियो […]
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ६ भोटेगुम्बाबाट पराजुली चोकतर्फ आउँदै गरेको स्कारपिओ गाडी बिहीबार बिहान दुर्घटना हुँदा ५ बर्षे बालकको मृत्यु भएको छ। मृतक अंशुमानका ठूला बुवा कृष्ण गुरुङ घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक (डिएसपी) राजन लिम्बूका अनुसार मे१च७३५३ नम्बरको स्कारपिओ अनियन्त्रित भई बाटो देखि करिव […]
काठमाडौं । वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो बिहीबार देखाइने भएको छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छेन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आएका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीले जानकारी दिए । […]
शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. ४ ले सरकारी सेवामा आबद्ध कर्मचारीहरुले अनिवार्य रुपमा आफ्ना छोरा छोरीहरुलाई सामुदायिक विद्यालयमा अध्ययन गराउनु पर्ने निर्णय गरेको छ । सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर बृद्धि गर्न आज बसेको वडाको बोर्ड बैठकले वडा नं. ४ का सरकारी सेवारत कर्मचारीहरुले आफ्ना छोराछोरीहरुलाई अनिवार्य सामुदायिक विद्यालयमा अध्ययनका लागि पठाउने गरी निर्णय […]
विराटनगर । कोशी प्रदेशका १४ जिल्ला मध्ये १० वटा जिल्लाको जनसंख्या घटेको छ। राष्ट्रिय तथ्याँक कार्यालय काठमाण्डौंले बुधबार विराटनगरमा आयोजना गरेको प्रदेश स्तरिय नतिजा सार्वजनिक कार्यक्रममा राष्ट्रिय जनगणना २०७८ मा कोशी प्रदेशको १० जिल्लाको जनसंख्या अघिल्लो जनगणना २०६८को तुलनामा घटेको तथ्याँक सार्वजनिक गरेको हो। तथ्याँक सार्वजनिक गर्दै राष्ट्रिय तथ्याँक कार्यालयका निर्देशक केशवकुमार गौतमले आन्तरिक वसाईसराईका […]
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा निर्वाचित भएर आएका जनप्रतिनिधिहरुले आफ्नो एक वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गरेका छन् । बुधबार नगरपालिकामा पत्रकार सम्मेलन गरेर आफूहरु निर्वाचित भएर आएपछिको एक वर्षमा नगरपालिकाले गरेका कामहरु सार्वजनिक गरिएको हो । सो कार्यक्रममा नगरप्रमुख मेगगाहाङ थोप्राले एक वर्षको कार्यप्रगति विवरण सार्वजनिक गर्दै नगरबासीको हितमा निरन्तर क्रियाशिल रहने प्रतिवद्धता जनाए […]