काठमाडौ । घुँडासम्म दुवै खुट्टा गुमाएका सगरमाथा आरोही हरिबहादुर बुढालाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ । लुक्लाबाट काठमाडौँ आइपुगेका आरोही बुढालाई सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, पर्यटन व्यवसायीका साथै मगर समूदायले झाँकीसहित स्वागत गरेका हुन् । भूतपूर्व गोर्खा सैनिक समेत रहेका बुढा यही जेठ ५ गते दिउँसो सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा […]
काठमाडौं । नेपालमा पर्यटकको सेवामा केन्द्रित गरी आजदेखि सम्पदा घुम्ती बस सेवा सञ्चालन हुँदैछ । ‘हफ अन हफ अफ बस’ आजदेखि परीक्षणका रुपमा चल्ने भएको हो । यस सेवाको आज दिउँसो साढे १ बजे पर्यटन मन्त्री सुदुन किरातीले ललितपुर महानगरपालिकाको प्राङ्गणबाट उद्घाटन गर्नेछन् । परीक्षणका लागि दुईवटा साझा बस केही दिन नि: शुल्क सञ्चालन गर्ने […]
काठमाडौं । अबको दुई/तीन दिनसम्म देशभर बदली र वर्षाको अवस्था रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर लगातार पानी भने पर्ने छैन । महाशाखाका मौसमविद गोविन्द झाका अनुसार अहिले नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव छ । ‘त्यसैले आजदेखि दुई/तीन दिनसम्म केहीबेर पानी पर्ने, रोकिने हुन्छ । लगातार झरी […]
भद्रपुर । भद्रपुरमा सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयमा नियम मिचेर मनोमानी बढेको भन्र्दै विधि प्रकृया र नियम अनुसार विद्यालय सञ्चालनको वातावरण निर्माणको माग राख्दै पूर्व जनप्रतिनिधि तथा अभिभावक नुतन पौडेलले भद्रपुर नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन् । भद्रपुर ९ का पूर्व वडासदस्य समेत रहेका पौडेलले भद्रपुर नगर क्षेत्रमा रहेका अधिकांश निजी विद्यालयहरूले सरकारले तय गरेको […]
बिर्तामोड । बिर्तामोडमा आयोजित प्रथम कर्पाेरेट सुपर सिक्स क्रिकेट प्रतिायोगिताको उपाधि डी–डब्ल्यु वानले जितेको छ । सोमबार भएको फाइनल खेलमा मन्त्र थकालीलाई पराजित गर्दै डी–डब्ल्यु वानले उपाधि हात पारेको हो । निर्धारित ५ ओभरको सुपर सिक्स प्रतियोगितामा टस जितेर ब्याटिङ रोजेको मन्त्र थकालीले ४ विकेटको क्षतिमा ६१ रन बनाएको थियो । ६२ रनको लक्ष्य पाएको […]
बारा। प्रधानाध्यापक सरुवाको विषयलाई लिएर विद्यार्थीहरुले बाराको सुवर्णपुर गाउँपालिका कार्यालयमा तोडफोड गरेका छन्। हर्दिया माविका प्रधानाध्यापक रामएकवाल प्रसाद, देवापुर वहुर्आका प्रधानाध्यापक चन्देश्वरप्रसाद यादव, नेराप्रावि मझरीका प्रधानाध्यापक धर्मेन्द्रप्रसाद यादव र कवही जगाद माविका प्रधानाध्यापक नथुनीप्रसाद यादवलाई गाउँपालिकाले सरुवा गरेपछि विद्यार्थी र असन्तुष्ट समूहले गाउँपालिका कार्यालयमा तोडफोड गरेका हुन्। गाउँपालिका अध्यक्ष राजेशप्रसाद यादव, उपाध्यक्ष पुनम कुमारीको कार्यकक्ष […]
पोखरा । बागलुङको इमेज सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलाई यात्रा अनुमतिमा रोक लगाइएको छ । गृह मन्त्रालयले अध्यागमन विभागलाई पत्र पठाएर अध्यक्ष नेपालीसहित ६ जना सञ्चालकलाई यात्रा अनुमति रद्द गर्न निर्देशन दिएको हो । कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन, सञ्चालक चित्रबहादुर भण्डारी, सदस्य रुपा विक […]
काठमाडौँ। अन्तर्राष्ट्रिय सम्झौताको कार्यान्वयन गर्दै जैविक विविधताको पुनःस्थापना गरौँ’ भन्ने मूल नाराका साथ आज नेपालमा पनि विभिन्न कार्यक्रमका साथ जैविक विविधता दिवस मनाइँदैछ। संयुक्त राष्ट्र संघको आह्वानमा विश्वभर पर्यावरणीय सन्तुलन, वातावरण संरक्षण र दिगो विकास जस्ता मुद्दामा जैविक विविधताको महत्त्व झल्काउन सहयोग पुग्ने खालका जनचेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदै आएको छ। जमिन तथा […]
बनियानी। झापाको बुद्धशान्ति गाउँपालिका–३ चर्चाबारीस्थित आदर्श सामुदायिक वन क्षेत्रभित्र पोथी हात्ती (ढोइ) मृत फेला परेको छ । आज बिहान स्थानीयवासीले हात्ती मृतावस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयवासी तीर्थ तिम्सिनाले घटनास्थलमा अहिले डिभिजन वन कार्यालय झापा, जिल्ला प्रहरी कार्याल, इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरीलगायतको टोली पुगिसकेको जानकारी दिए । हात्ती मृत फेला परेको स्थानमा […]
जनकपुरधाम । सप्तरीमा एकजना युवकको हत्या भएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-४ मधवापुरस्थित खेतमा आज बिहान युवकको घाटी रेटिएको अवस्थामा शव फेला परेको हो । अन्दाजी २५ वर्षीय युवकको शव देखेपछि आज बिहान स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी नरेशकुमार सिंहले बताए […]