Sajhamanch Archive

विपन्न समुदायलाई रेडियो वितरण

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on विपन्न समुदायलाई रेडियो वितरण.

मुग्लिन । सूचनाको पहुँचमा सबै नागरिकलाई पुर्‍याउने उद्देश्यले चितवनको इच्छाकामना गाउँपालिकाले अतिविपन्न समुदायका परिवारलाई रेडियो वितरण गरेको छ। पहिलो चरणमा वडा नं ५ का जौगैरा, ढुसघारी र भोटेस्वराका १५ जनालाई रेडियो वितरण गरिएको छ। रेडियो पाएपछि जौगैराका ६० वर्षीय कोतरा चेपाङले खुसी व्यक्त गरे। आर्थिक अवस्था कमजोर रहेका चेपाङले रेडियोबाट गीत-संगीत, समाचार सुन्न पाउने भइयो […]

भारतको किसनगन्जमा आगलागी, शिवसताक्षी नगरपालिकाको दमकलद्वारा आगो नियन्त्रण

Published: in विविधा, समाज by . Leave a Comment on भारतको किसनगन्जमा आगलागी, शिवसताक्षी नगरपालिकाको दमकलद्वारा आगो नियन्त्रण.

शिवसताक्षी । भारतको किसनगञ्ज स्थित डाकुपाडाको एक गाउँमा आगलागी हुँदा ११ घर जलेर नष्ट भएको छ । शिवसताक्षी नगरपालिकाको दमकले आज करिब ३ बजे उक्त गाउँमा आगो नियन्त्रणमा लिएको हो । झापाको कुञ्जीबारीबाट करिब ५ किमी दक्षिण नेपालको सिमावर्ती क्षेत्रमा आगलागी भएपछि शिवसताक्षी नगरपालिकाको दमकल घटना स्थलमा पुगेको थियो । दमकलका कर्मचारी हरिकृष्ण घिमिरेका अनुसार […]

नेपाल सुन चाँदी व्यवसायी संघ शिवसताक्षीमा पुनः सेन्चुरी

Published: (Updated: ) in अर्थतन्त्र, लोकप्रिय, समाज by . Leave a Comment on नेपाल सुन चाँदी व्यवसायी संघ शिवसताक्षीमा पुनः सेन्चुरी.

शिवसताक्षी । नेपाल सुन चाँदी व्यवसायी संघ शिवसताक्षीमा पुनः टेकबहादुर सेन्चुरी चयन भएका छन् । आज शिवसताक्षीको झिलझिले स्थित वाटर किङ्गडम पार्कमा भएको तेस्रो अधिवेशनले सेन्चुरीलाई सर्वसम्मत चयन गरेको हो । जसको वरिष्ठ उपाध्यक्षमा कृष्ण खरेल, उपाध्यक्षमा रोमन लामगादे,सचिवमा हरिशंकर शिलवाल, सह सचिवमा विरेन लकान्द्री, कोषध्यक्षमा कमला बाहकोटी सर्व सम्मत चयन भएका हुन् । त्यस्तै […]

लामो दूरी चल्ने गाडीको काउन्टर नयाँ बसपार्कमा मात्रै

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on लामो दूरी चल्ने गाडीको काउन्टर नयाँ बसपार्कमा मात्रै.

काठमाडौं । काठमाडौं भित्रिने र बाहिरिने लामो दूरीका सवारी साधन गोंगबुस्थित नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्न पाउने भएको छ । महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन) को अध्यक्षतामा बसेको सरोकावालाको बैठकले ‘एक बसपार्क नीति कार्यान्वयन’ प्रस्तावमाथि छलफल गर्दै यस्तो निर्णय गरेको हो । महानगरपालिका अनुसार यसपछि अब लामो दुरीका बसले नयाँ बसपार्क बाहेक अन्यत्र ठाउँबाट यात्रु […]

जनपद प्रहरीका २२ डिएसपी एसपीका लागि बढुवा सिफारिस

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on जनपद प्रहरीका २२ डिएसपी एसपीका लागि बढुवा सिफारिस.

काठमाडौँ । नेपाल प्रहरीका २२ डिएसपी एसपीमा बढुवाका लागि सिफारिस भएका छन् । शुक्रबार बसेको बढुवा समितिको बैठकको निर्णयअनुसार नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको प्रहरी उपरीक्षक पद संख्या २२ मा बढुवाका लागि सिफारिस भएको हो । गौतमकुमार केसी एक नम्बरमा एसपी बढुवाक लागि सिफारिस भएका छन् । यस्तै, बसुन्धरा खड्का, अपिलराज बोहरा, नवराज कार्की, गोविन्द […]

कटारीबाट ठुलो परिमाणमा चिरान काठ बरामद

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on कटारीबाट ठुलो परिमाणमा चिरान काठ बरामद.

उदयपुर । डिभिजन वन कार्यालय त्रिवेणीको अनुमति नलिई स्थानीय सदाबहार सामुदायिक वन उपभोक्ता समूहको जंगलमा ४८ वटा सखुवाका रुख काटेको पत्ता लागिरहेकै बेला कटारीमै अर्को ठाउँमा शुक्रबार ठुलो परिमाणको चिरान काठ बरामद भएको छ। प्रहरीले कटारी नगरपालिका ४ जहडीस्थित चुनढुंगा डम्पिङसाईट नजिकै रहेको गाडी ग्यारेजबाट अवैध रुपमा लुकाइराखेको चिरान काठ बरामद गरेको हो। जिल्ला प्रहरी […]

झापा उवासंघको दोस्रो बैठकबाट आधा दर्जनलाई सदस्यमा मनोनयन

Published: in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, समाज by . Leave a Comment on झापा उवासंघको दोस्रो बैठकबाट आधा दर्जनलाई सदस्यमा मनोनयन.

भद्रपुर । चिया, ग्यास तथा ब्रिकेट उद्यमी, युवा व्यवसायी आदित्य पराजुली झापा उद्योग वाणिज्य संघको विशिष्ट मानार्थ सदस्यको रुपमा कार्यसमितिमा चयन भएका छन् । संघको नवनिर्वाचित कार्यसमितिको शुक्रबार सम्पन्न दोस्रो बैठकले पराजुलीलाई विशिष्ट मानार्थ सदस्यमा मनोनित गरेको हो । यसैगरी, बैठकले खड्क लिम्बूलाई विशिष्ट सदस्य मनोनित गरेको छ भने ढकबहादुर विष्ट (जीवन)–लाई मानार्थ सदस्य तथा माधव […]

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीले बोलाएको बैठकमा गएनन् मेयर बालेन्द्र

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीले बोलाएको बैठकमा गएनन् मेयर बालेन्द्र.

काठमाडौँ । वर्षायाम नजिकिँदा काठमाडौंको फोहोर व्यवस्थापन समस्या चर्किने निश्चित जस्तै छ । सरकार, काठमाडौं महानगरपालिका र डम्पिङ साइट रहेको क्षेत्रका स्थानीय तहहरुबीचको असमझदारीका कारण पटकपटक फोहोर व्यवस्थापनको काम आम समस्या बनिसकेको छ । जेठ–असारमा वर्षा र हिलाम्मे सडकका कारण फोहोर व्यवस्थापन अवरुद्ध बन्ने गरेको छ । तर त्यसको समाधानका लागि भएका सरकारी प्रयासहरु पर्याप्त […]

साह दम्पत्तीको विवाह वर्षोत्सवमा विपन्नलाई खाद्यान्न सहयोग

Published: in मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on साह दम्पत्तीको विवाह वर्षोत्सवमा विपन्नलाई खाद्यान्न सहयोग.

झापा । दमकका युवा व्यवसायी तथा लायन्स क्लव अफ झापा दमकका संस्थापक सदस्य बिष्णु साहले आफ्नो वैवाहिक वर्षगाँठको अवसरमा विपन्न एक परिवारलाई खाद्यान्न तथा दैनिक उपभोग्य सामान सहयोग गरेका छन् । पत्नी सीतादेवीसहित शुक्रबार झापा गाउँपालिका वडा नं ७ मदरगाछका राजकुमार गणेशको घरमै पुगेर साहले उक्त सहयोग हस्तान्तरण गरेका हुन् । आफू काम गर्न नसक्ने […]

बिजुली गाडीको युगतिर नेपाल, तर सिंहदरबार अझै अनुदार

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on बिजुली गाडीको युगतिर नेपाल, तर सिंहदरबार अझै अनुदार.

काठमाडौं । ललितपुरका सुदन धिमालले विद्युतीय गाडी चढ्न थालेको एक वर्ष भयो । उनको अनुभव मिश्रित छ । पेट्रोल खर्च र महँगो सर्भिसिङको तनावबाट त उनी मुक्त छन् तर अझै पनि लामो यात्रामा आफ्नै गाडी लिएर निस्किने आँट पलाइहालेको छैन । ‘हुन त अहिले पहिलेभन्दा अवस्था धेरै सुधारिएको छ’ धिमाल भन्छन्, ‘तैपनि ढुक्कले चाहेको ठाउँमा […]