Sajhamanch Archive

विराटनगरबाट सुनका गहनासहित २ जना पक्राउ

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on विराटनगरबाट सुनका गहनासहित २ जना पक्राउ.

मोरङ । विराटनगर महानगरपालिका–९ स्थित ठाकुरबारी रोड (सुन लाइन)बाट प्रहरीले सोमबार राति सुनका गहनासहित २ जनालाई पक्राउ गरेको छ। सुनसरीको इटहरी–१० का ४५ वर्षीय इन्द्र विक र ४० वर्षीय गोविन्द विकलाई सुनका गहनासहित सोमबार राति वडा प्रहरी कार्यालय (क)विराटनगरका प्रमुख डिएसपी विजय श्रेष्ठको टोलीले पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ। राति ९ बजेतिर बागमती प्रदेश […]

टोपबहादुर रायमाझीको घरमा प्रहरीको छापा

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on टोपबहादुर रायमाझीको घरमा प्रहरीको छापा.

काठमाडौं । नेपाल प्रहरीले एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझीको घरमा छापा हानेको छ । मंगलबार खुमलटार हाइटस्थित रायमाझीको घरमा प्रहरीले छापा हानेको हो । नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाइ अमेरिका पठाउने भन्दै भएको ठगीमा अनुसन्धानका लागि भन्दै सचिव रायमाझीबिरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएको एक हप्ता बितिसक्दासमेत रायमाझी […]

शिवसताक्षी ४ का महिला स्वास्थ्य सेवीकालाई साइकल वितरण

Published: in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षी ४ का महिला स्वास्थ्य सेवीकालाई साइकल वितरण.

शिवसताक्षी । झापाको शिबसताक्षी–४ का महिला स्वयमसेवीकाहरुलाई यातायातका लागि साइकलन वितरण गरिएको छ। शिवसताक्षी ४ वडा कार्यालयले वडाका पाँच जना महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई साइकल वितरण गरेको हो । जनता बजारमा अवस्थित वडा कार्यालयले एक कार्यक्रमका बीच वडा भित्रका पाँच जना महिला स्वास्थ्य सेविकाहरुलाई नगरप्रमुख मेगाहाङ्ग थोप्राले एक–एक थान साइकल प्रदान गरेका थिए । साइकल […]

पाथीभरा मन्दिर दर्शन गर्न ताप्लेजुङ गएका पराजुली मृत अवस्थामा भेटिए

Published: in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on पाथीभरा मन्दिर दर्शन गर्न ताप्लेजुङ गएका पराजुली मृत अवस्थामा भेटिए.

अर्जुनधारा । ताप्लेजुङको पाथीभरा मन्दिर दर्शनका लागि झापाको अर्जुनधारा ५ बाट गएका लोकप्रसाद पराजुली मृत अवस्थामा भेटिएका छन् । पाथीभरा क्षेत्रको माथिल्लो फेदीदेखि उत्तरतर्फको जङ्गलमा पराजुलीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । मन्दिर दर्शन गर्न जाने क्रममा शुक्रबार बिहानको रातिदेखि बेपत्ता भएका पराजुलीको शव आज बिहान फेला परेको हो । मानसिकरुपमा सामान्य […]

तलब नपाएपछि शिवशक्ति माविमा शिक्षकको अनिश्चितकालीन धर्ना

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on तलब नपाएपछि शिवशक्ति माविमा शिक्षकको अनिश्चितकालीन धर्ना.

जकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका–४ स्थित शिवशक्ति माध्यमिक नमूना विद्यालयका अनुदान र निजी स्रोतका शिक्षक–कर्मचारी आन्दोलित भएका छन् । आर्थिक वर्ष २०७८/०७९ देखि हालसम्मका तलब नपाएको भन्दै शिक्षक–कर्मचारीहरू आन्दोलनमा उत्रेका हुन् । पठनपाठन ठप्प गर्दै शिक्षक र कर्मचारीहरु विद्यालयमै वैशाख २४ गतेदेखि अनिश्चितकालीन धर्ना बसेका छन् । यसअघि पहिलो चरणमा उनीहरुले वैशाख १९ देखि २१ गतेसम्म […]

मण्डप राम्रो नबनाएको भन्दै विवाह गर्न नमान्ने बेहुला प्रहरी नियन्त्रणमा

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on मण्डप राम्रो नबनाएको भन्दै विवाह गर्न नमान्ने बेहुला प्रहरी नियन्त्रणमा.

बारा । विवाह मण्डप राम्रो नबनाएको भन्दै विवाह गर्न अस्विकार गरेका बेहुला र उनका बुवालाई बारा प्रहरीले नियन्त्रयामा लिएको छ। नियन्त्रण पर्नेमा भारत बिहार पुर्वी चम्पारण सुगौली पथवलीयाका घर भएका बेहुला शशिकान्त चौरसिया र उनका बुवा श्यामकान्त चौरसिया रहेका बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताएका छन्। बैशाख २४ गते महागढीमाई नगरपालिका ६ बहुवाईन घर भएका […]

उपत्यकाभित्रको अव्यवस्थित तार हटाउन थालियो

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, समाज by . Leave a Comment on उपत्यकाभित्रको अव्यवस्थित तार हटाउन थालियो.

काठमाडौँ। काठमाडौं महानगरपालिकाले उपत्यकाको सडक किनारामा रहेका पोलमा जथाभावि टाँगिएका तार हटाउन चेतावनी दिएसँगै सोमबारबाट व्यवस्थापन गर्न थालिएको छ। काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले असरल्ला अवस्थामा रहेका तार वैशाख २७ गतेसम्म नहटाएको खण्डमा आफैं हटाइदिने चेतावनी दिएसँगै इन्टरनेट सेवाप्रदायक कम्पनीले सोमबारदेखि तार व्यवस्थापनको काम सुरु गरेका हुन्। उपत्यकाको सडक किनारामा जथाभावि टाँगिएका तार व्यवस्थापनको विषयबारे […]

तस्करी रोक्ने जिम्मा पाएको सुरक्षा बल कै नेतृत्वमा तस्करी भइरहेको खुलासा

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on तस्करी रोक्ने जिम्मा पाएको सुरक्षा बल कै नेतृत्वमा तस्करी भइरहेको खुलासा.

भद्रपुर । झापाबाट नेपाल–भारत सिमावर्ती क्षेत्रमा अवैध तस्करीमा सीमा सुरक्षा बलकै नेतृत्व संलग्न रहेको पाइएको छ । पछिल्लो पटक वैशाख २३ गते दक्षिणी झापाको कचनकवलस्थित केचनाको लोदाबारी नाकामा अवैधरूपमा फेला परेको ११५ कार्टुन स्याउ काण्डमा सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) र प्रहरी निरीक्षक (इन्स्पेक्टर)को संलग्नता पाइएको हो । वैशाख २३ गते केचनाबाट तस्करी गरेर […]

कक्षा १२ को परीक्षा आजदेखि सुरु

Published: in शिक्षा, समाज by . Leave a Comment on कक्षा १२ को परीक्षा आजदेखि सुरु.

काठमाडौँ । आजदेखि कक्षा १२ को परीक्षा सुरु भएको छ। कक्षा १२ मा देशभरबाट कुल चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थीले परीक्षा दिन लागेका बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए। परीक्षाका लागि देशभर एक हजार चार सय ५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ। यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा […]

राजस्थानको डुण्डलोड स्कूलको प्रचार नेपालमा गुणस्तरीय रहेको दावी

Published: in शिक्षा, समाज by . Leave a Comment on राजस्थानको डुण्डलोड स्कूलको प्रचार नेपालमा गुणस्तरीय रहेको दावी.

बिर्तामोड । भारतको राजस्थानमा रहेको डुण्डलोड शिक्षण संस्थाले नेपाली विद्यार्थीहरुको भर्ना अपेक्षासहित प्रचार अभियान चलाएको छ । हालसम्म नेपाली विद्यार्थीका रुपमा बिर्तामोडकी एक बालिकामात्र अध्ययन गर्ने सो स्कूलले गुणस्तरीय शिक्षाका लागि उत्कृष्ट गन्तब्य भन्दै नेपालबाट अध्ययनका लागि विद्यार्थीहरुलाई आह््वान गरेको हो । स्कूल ब्यवस्थापनले सोमबार झापाको बिर्तामोडमा पत्रकार भेटघाट गरेर नेपाली विद्यार्थीलाई प्राथमिकतामा राखेर छात्रवृत्तिसमेत […]