मेचीनगर । झापाको पूर्वोत्तर भूगोल मेचीनगर–१ को तिरिङदेखि इलामको सलकपुरसम्मको क्षेत्रलाई एतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले स्थानीयबासी जुटेका छन् । शनिबार वडा नम्बर १ को तिरिङ खोलास्थित देवीथानको चौतारामा भेला भएका स्थानीय बासिन्दाको भेलाले सो क्षेत्रलाई धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सबै एकजुट भएर लाग्ने प्रतिवद्वता जनाएका हुन् । […]
काठमाडौँ । मुगुको च्यार्खु लेकमा हिउँ पहिरोमा परेर जुम्लाको पातारासी गाउँपालिकाका तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। पातारासी–२ तल्फीगाउँका ४० वर्षीय तारासिंह सार्की, ३६ वर्षीय पुन्न सार्की र ३६ वर्षीय वीर बोहोराको मृत्यु भएको पातारासी गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिएका छन्। यार्सा सङ्कलनका लागि पातारासीबाट गएका १४ जनाको टोलीमध्ये तीन जनाको मृत्यु भएको उनले […]
भद्रपुर । भद्रपुर झापा गोल्डकपको आयोजनामा मेची रंगशालामा भद्रपुर नगरपालिकाभित्रका १६ देखि १९ वर्ष उमेर समूहका खेलाडीको सहभागितामा छनोट खेलहरू शनिबार गरिएको छ । फागुनमा सम्पन्न प्रथम भद्रपुर झापा गोल्डकपको सफलतापछि भद्रपुरमा ‘भद्रपुर झापा गोल्डकप युवा फुटबल प्रशिक्षण परियोजना’लाई सार्थकता प्रदान गर्नेक्रममा मेची रंगशालामा छनोटका खेलहरु भएका हुन् । यसअघि अघिल्लो शनिबार १४ देखि १६ […]
काठमाडौँ । आज विभिन्न कार्यक्रम गरी ‘आठौँ राष्ट्रिय पत्रकारिता दिवस’ मनाइँदैछ । नेपालमा गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर वैशाख २४ गते अर्थात् आजको दिनलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने निर्णय गरिएको थियो । सरकारले २०७३ सालमा पत्रकारिता दिवस राष्ट्रियरुपमै मनाउन मान्यता दिएपछि यो दिवस वैशाख २४ गते मनाउन थालिएको हो । विसं १९५८ वैशाख २४ […]
जनकपुरधाम । धनुषाको एक पोखरीमा डुबेर जुम्ल्याहा बालकको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–२४ का अलिहसन अन्सारीका जुम्ल्याहा छोराहरु ९ वर्षीय मोहमद अल्कामा अन्सारी र मोहमद अब्दुल अन्सारीको मृत्यु भएको हो । शनिबार साँझ करिब सवा ७ बजेको समयमा वडा नं. २४ बसहियास्थित गोगल प्रसाद नमुना मावि अगाडिको पोखरीमा नुहाउने क्रममा दुवै बालकको डुबेर मृत्यु […]
कमल । झापाको कमल गाउँपालिका वडा नं. ३ मा सञ्चालित कमल अपाङ्गता सवालम्बन समूहले शनिबार विशेष कार्यक्रमको आयोजना गरी १४ जना अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री प्रदान गरेको छ । वडा कार्यालयको आर्थिक सहयोगमा वडामा बसोबास गर्ने १४ जना अपाङ्गता भएका व्यक्तिलाई गाउँपालिकाका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले सहायक सामग्री प्रदान गरेकी हुन् । वितरण गरिएका […]
हल्दिबारी । झापाको बिर्तामोड–३, बिर्ताबजारमा रहेको गरामनी कृषि सहकारी संस्थाले आफ्नो सदस्य परिवारमा काजकिरिया खर्चसहित श्रद्धाञ्जली अर्पण गरेको छ । हल्दिबारी २ पशुपति टोल निवासी संस्थाका शेयर सदस्य नबिन रम्तेलकी आमाको वैशाख १३ गते मृत्यु भएकोमा शोक व्यक्त गर्दै संस्थाले अभिभावकत्व दर्शाएको हो । गरामनी कृषि सहकारी संस्थाले काजकिरिया खर्च वापत ५ हजार रुपैयाँसहित सदस्य […]
काठमाडौँ। भ्रष्टाचारीलाई कारबाही गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ। शनिबार अपराह्न काठमाडौँको माइतीघर मण्डलामा भेला भएर युवाहरूले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी लगायतका भ्रष्टहरूलाई कारबाही गर्न माग सरकारलाई दबाब दिँदै प्रदर्शन गरेका हुन। उनीहरुले भ्रष्टाचारमा संलग्नहरूलाई नछोड्न पनि सरकारलाई खबरदारी गरेका छन। ‘प्रचण्ड सरकारलाई खबरदारी, कारबाही गर भ्रष्टाचारी’,‘गृहमन्त्री काजी दाइ, कारबाही गर भ्रष्टाचारीलाई’ लेखिएको […]
झापा । लामो समय देखी जग्गाको कित्ताकाट नखोलिएको भन्दै झापामा एक समूहले दिउँसै टर्च र राँको बालेर सरकारको खोजी गरेका छन्। बुद्ध शान्ति गाउँपालिकाका निवर्तमान अध्यक्ष रमेशकुमार भुजेल समेतको उपस्थितिमा बुधबारे बजारको बालुवाटारमा प्रदर्शन गरिएको हो। सरकारले जग्गाको बेचबिखन र कित्ताकाट नखोल्दा आम मानिसको आर्थिक जीवन तहसनहस भएको भन्दै सोही समूहले हिजो सङ्घर्ष समिति गठन […]
काठमाडौँ । भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली सर्वसाधारणबाट पैसा संकलन गर्ने संगठित गिरोहको ठगी प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझी अझै सम्पर्कविहीन छन् । प्रहरी हिरासतमा रहेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डेले पूर्वगृहमन्त्री बालकृष्ण खाँणको समेत नाम लिएका छन् । २०७८ असार २९ मा गृह मन्त्रालयको नेतृत्वमा आएलगत्तै खाँणले सचिवका रूपमा पाण्डेलाई ल्याएका […]