शिवसताक्षी । झापाको मध्य दक्षिण भूगोलमा रहेको शिवसताक्षी ५ भेलामुनीस्थित बालकल्याण आधारभूत विद्यालयका विद्यार्थीहरु सधैंभन्दा हिजो शुक्रबार बेग्लै खुसीमा रमाए । ग्रामीण भेगका अत्यन्त विपन्न समुदायका बालबालिका अध्ययन गर्ने सो विद्यालयका १५१ जना विद्यार्थीलाई वडा नं. ५ ले स्कूल ब्याग, जुत्ता, मोजा, टाई र बेल्ट प्रदान गरेर अभिभावकलाई समेत खुसी तूल्याएको थियो । यतिमात्र होइन, […]
फाइल तस्वीर झापा । गत फागुन ३ गते राति आफ्नै निवास बुद्धनगरमा ‘ग्यास लिक’ भएर आगालागीबाट गम्भीर घाइते भई उपचाररत नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्रकान्त भण्डारी भोलि आइतबार स्वदेश फर्कने भएका छन् । आगालागीबाट गम्भीर घाइते भएका डा. भण्डारी स्वास्थ्य उपचारपछि स्वदेश फर्कन लागेका हुन् । भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किसानका समस्या सम्बोधन गर्न माग गर्दै अनशन बस्नुभएका नुवाकोटका किसानले उठाएका जायज माग पूरा गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका छन् । यही वैशाख ५ गतेदेखि काठमाडौंको वसन्तपुरमा आमरण अनशन बस्नुभएका नुवाकोटका श्रीराम घिमिरेले उठाएका माग पूरा गर्न उनले सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका हुन् । मुख्यसचिव शङ्करदास बैरागीमार्फत माग सम्बोधन […]
झापा । बिर्तामोड नगरपालिका वडा नम्बर १ ले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका बिरामीहरुको लागि निःशुल्क रगतको व्यवस्था गरेको छ । बिरामी भएर रगत आवश्यक परेको अवस्थामा वडाले निःशुल्क रगत उपलव्ध गराउने भएको हो । त्यसका लागि वडा कार्यालय र नेपाल रेडक्रस सोसाइटी झापाबीच शुक्रबार द्विपक्षिय सम्झौतामा हस्ताक्षर भएको छ । बिर्तामोड वडा नम्बर […]
बिर्तामोड । साहित्य चौतारी झापाले विद्यालय तहमा कला, साहित्य र संगीत प्रवर्धन अभियान सुरु गरेको छ । झापा र भोजपुरका १६ वटा सामुदायिक विद्यालयमा एकैसाथ ‘विद्यालयमा साहित्य चौतारी’ अभियान सुरु भएको हो । विद्यार्थीमा अन्तरनिहीत प्रतिभालाई थप प्रोत्साहित गर्न ‘विद्यालयमा साहित्य चौतारी’ अभियान सुरु गरिएको संस्थापक संरक्षक देवीभक्त श्रेष्ठले बताए । केही महिनादेखि विद्यालयमा यो […]
भद्रपुर । ताप्लेजुङको साविको खेवाङ्गमा रहँदा त्यहाँको जीवनशैली सहज बनाउन महत्वपूर्ण योगदान दिएका हाल भद्रपुर १० चन्द्रगढी निवासी प्रेमप्रसाद दाहाललाई नगदसहित सम्मान गरिएको छ । टिकाराम गौतम स्मृति प्रतिष्ठान फुङ्गलिङ ५ ताप्लेजुङले दाहाललाई आज उनकै घरमा आएर सम्मान गरेको हो । सम्मानित दाहालले तत्कालीन ताप्लेजुङको खेवाङ्गमा रहँंदा त्यहाँको विकट स्थानमा पानीको अभाव हटाउन ढुङ्गा खोपेर […]
हल्दिबारी । कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोडको आयोजनामा आज हल्दिबारी गाउँपालिकाको गोलधाप स्वास्थ्य चौकीमा स्तन क्यान्सर तथा पाठेघरको मुखको क्यान्सर जाँच सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । विराट मेडिकल कलेज बिराटनगरको प्राविधिक सहयोगमा क्यान्सर रोग सम्बन्धी वरिष्ठ विशेषज्ञ अस्मिता रायमाझीले स्वास्थ्य परीक्षणका लागि शिविरमा आएका महिलाहरुको चेकजाँच तथा परामर्श दिएकी […]
शिवसताक्षी । झापा शिवसताक्षी न.पा. ६ निपत्रियामा एक महिलाको सव फेला परेको छ । स्थानीय एकल महिला ६३ वर्षीय शान्तिमाया प्रधानको सव विहीबार बेलुका उनकै घर नजिकै फिलुङ्गेको नलले छोपेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । छिमेकी परालको तान्न जाँदा गन्ध आएको र माच छेउमा चप्पल देखेपछि इलाका प्रहरी कार्यालय झिलझिलेलाई […]
काठमाडौं । बाजुरामा मध्यराति दुई पटक भूकम्प गएको छ । राति ११ः५८ बजे ४.९ म्याग्निच्युडको र राति १ः३० बजे ५.९ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिए । उनका अनुसार दुवै भूकम्पको केन्द्रविन्दु बाजुराको दहकोटमा थियो । मध्यरातमा भूकम्प आएपछि मानिसहरु आत्तिएर घर बाहिर निस्किएका थिए । भूकम्पको धक्का […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले बैदेशिक रोजगारीका लागि जानेहरुका लागि श्रम स्वीकृतिका लागि भरेको फारमको आज पहिलो स्वीकृति प्रमाण पत्र प्रदान गरिएको छ। शिवसताक्षी नगरपालिका वडा नं. ९ निवासी ओमप्रकास तामाङ्गलाई पहिलो श्रम स्वीकृतिको प्रमाण पत्र नगरप्रमुख मेगाहाङ्ग थोप्राले प्रदान गरेका हुन् । नगरप्रमुख थोप्राले श्रम स्वीकृति स्थानीयतहबाटै गर्न थालेपछि बैदेशिक रोजगारीमा जानेहरुलाई विराटनगर र काठमाण्डौ […]