बिर्तामोड । अभावमा रहेका बिर्तामोड ३ र १० का विपन्न मुसहरहरुलाई वीरता जेसीजले बिहीबार झुल वितरण गरेको छ । विपन्नताका कारण समस्या झेलिरहेका बिर्तामोड ३ र १० का ३० घर मुसहरहरुलाई वीरता जेसीजले घरमै पुगेर झुल वितरण गरेको हो । बिर्तामोड ३ स्थित मुसहर बस्तीमा आयोजित कार्यक्रममा बिर्तामोड वडा नं ३ का वडाध्यक्ष मदनकुमार बुढाथोकी, […]
ताप्लेजुङ। चट्याङ लागेर ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं ४ साँघु चित्रेका ११ बर्षिय दोर्ची शेर्पाको मृत्यु भएको छ। दोर्चीका बुवा दारिञ्जी र आमा मिङ्लाल्हमु सख्त घाईते भएका छन्। घाईते दुवै जनाको जिल्ला अस्पतालको उपचार भईरहेको मैवाखोला गाउँपालिकाका अध्यक्ष बिजयप्रकाश वनेमले जानकारी दिए। मृतक दोर्चीको शव पोष्टमार्टमका लागि ताप्लेजुङ जिल्ला अस्पतालको शव गृहमा राखिएको समेत उनले […]
झापा । बुद्धशान्ति गाउँपालिकाको बुधबारेमा आज नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गरी उहाँमाथिको अभद्र ब्यवहार र सवारीमाथि ढुंगा प्रहार भएको घटनालाई एमाले झापाले भत्सर्नायोग्य भनेको छ । जिल्ला अध्यक्ष दिपक कार्कीले बुधबार साँझ विज्ञप्ति प्रकाशन गरी ‘प्रदेश नम्बर १ लाई निर्वाचित प्रदेशसभा सदस्यहरुको ९० प्रतिशतभन्दा बढीको समर्थनमा ‘कोशी प्रदेश’ नामाकरण […]
झापा। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमाथि ढुङ्गामुढा प्रहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले अध्यक्ष ओलीमाथि अभद्र व्यवहार गर्न खोज्नेमध्ये एक जनालाई पक्राउ गरिसकेको र बाँकीको खोजी गरिरहेको बताए। बुद्धशान्ति गाउँपालिकास्थित बुधबारेमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्न जाँदै गर्दा कोशी प्रदेश नामकरणको […]
काठमाडौं । एमडी/एमएस, एमबीबीएस र सम्पूर्ण चिकित्सा शिक्षा विज्ञानको योग्यताक्रम विपरीतको भर्ना प्रक्रिया बिरुद्ध चिकित्सकहरुले शान्तिपूर्ण प्रदर्शन गरेका छन् । आज माइतीघर मण्डलामा भेला भएर चिकित्सकहरुले चिकित्सा शिक्षा आयोगले गरेको सर्वोच्च अदालतको आदेश अवज्ञा र एमडी÷एमएस, एमबीबीएस र सम्पूर्ण चिकित्सा शिक्षा विज्ञानको योग्यताक्रम विपरितको भर्ना प्रक्रियाबिरुद्ध शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा सञ्चारकर्मीहरुसँग कुरा […]
काठमाडौं । राजस्व असुली कम भएर राज्यको ढुकुटीमा प्रेसर पर्न थालेपछि शिक्षकहरूको पेन्सन रोकिएको छ । निवृत्तिभरण व्यवस्थापन कार्यालयका अनुसार बजेट अपुग भएकाले पेन्सन भुक्तानी भएको छैन । अहिले पेन्सनधारी शिक्षकहरूको संख्या ५१ हजार ३०८ छ, त्यसमध्ये करिब ३० हजार शिक्षकले चैतको पेन्सन पाएका छैनन् । राजस्व असुली कम भएकाले अर्थ मन्त्रालयले पेन्सन बापतको रकम निकासामा ढिलाइ गरेको […]
शिवसताक्षी । झापाको शिवसताक्षीमा एक दिवशीय अटिजम अवार्डनेस कार्यक्रम गरिएको छ । ओपटिमिट क्लब अफ शिवसताक्षीले दूधेमा बालबालिकामा पछिल्लो समय देखिने गरेको अटिजम सम्वन्धि सचेतना कार्यक्रम गरेको हो । कार्यक्रममा बालबालिका अभिभावकहरुलाई सहभागी गराई बालबालिका हुने अटिजमको लक्षण र त्यसको समाधानको उपायहरुको बारेमा सचेतना गराइएको थियो । कार्यक्रममा नगरप्रमुख मेगाहाङ्ग थोप्राले सामान्यतय बालबालिका देखिने गरेको […]
इटहरी। इटहरी उपमहानगरपालिकाको क्षेत्राधिकारभित्र धरानका मेयर हर्क साम्पाङ्ले सीमा वोर्ड राख्न लगाएपछिको विवाद थप चर्किदै गएको छ। आइतबार दिउँसो मेयर साम्पाङ्ले कर्मचारीलाई बोर्ड राख्न निर्देशन दिएपछि इटहरीको क्षेत्राधिकार भित्र राखिएको बोर्ड युवा संघ इटहरीले उखेलेको थियो। युवा संघले बोर्ड उलेखेपछि मेयर साम्पाङ्ले कारबाही गर्न उजुरी दिने प्रतिक्रिया सामाजिक सञ्जालमा व्यक्त गरेपछि बोर्ड हटाएको विषयमा कोही […]
काठमाडौं । सरकारले सार्वजनिक खरिद नियमावली, २०६४ मा अर्को संशोधनको गृहकार्य थालेको छ । राष्ट्रिय विकास समस्या समाधान समितिको ५०औं बैठकले नियमावलीको बाह्रौं संशोधनले गरेका व्यवस्थामा संशोधन आवश्यक रहेको ठहर गरेको हो । १२ औं संशोधनले एउटा निर्माण व्यवसायीले अधिकतम ५ वटा ठेक्का मात्र लिन पाउने गरी सीमा तोकेको थियो । तर, कतिपय साना कार्यमा […]
शिवसताक्षी । झापा शिवसताक्षी १० माइधारकी सपना ऋषिदेवको उपचारलाई शिवसताक्षी नगरपालिकाले कोशी अञ्चल अस्पताल पठाएको छ । एक वर्ष अघि खुट्टामा राखिएको स्टिल आर्थिक विपन्नका कारण झिक्न नसकेपछि नगरपालिकाले उनलाई उपचारका लागि कोशी अञ्चल अस्पताल पठाएको हो । सपना ऋषिदेवको एक वर्ष अघि जंगलमा दाउरा काट्ने क्रममा लढेर खुट्टा भाँचिदा चन्दा उठाएर मेची अञ्चल अस्पतालमा […]