शिवसताक्षी। झापा शिवसताक्षी नगरपालिका २ स्थित मंगलबारे र पाराबारी जोड्ने सडक कालो पत्रे भएको छ । शिवसताक्षी नगरपालिका, वडा नं. २ र स्थानीय उपभोक्ताहरुको साझेदारीमा उक्त सडक कालोपत्रै भएको हो । शिवसताक्षी नगरपालिकाबाट विनियोजित ६१ लाख ६० हजार, वडा नं. २ को कार्यालयबाट विनियाजित बजेट १८ लाख, स्थानीय उपभोक्ताहरुबाट संकलित १९ लाख ९८ हजार ७०५ […]
भद्रपुर । सरोकारवालाहरुको संयुक्त टोलीले आज भद्रपुरका विभिन्न बजारमा माछा–मासु पसलहरुको अनुगन गरेको छ । भद्रपुर नगरपालिकाको अगुवाइमा जिल्ला प्रशासन कार्यालय झापा, झापा घरेलु तथा साना उद्योग कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय, खाद्य तथा गुण नियन्त्रण कार्यालयबाट अनुगमन गरिएको हो । सो कार्यमा झापा उद्योग वाणिज्य संघलगायतका सरोकारवाला कार्यालयका प्रतिनिधि सम्मिलित थिए । अनुगमन टोलीले […]
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर १ मा महामारी रोकथामका लागि व्याधिक्षमता अभिवृद्वी कार्यक्रम गरिएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भद्रपुरको आयोजनामा आज भएको कार्यक्रममा वडाका जेष्ठ नागरिकहरुले लाभ लिएका छन् । ३५ जनाभन्दा बढी ज्येष्ठ नागरिकहरुलाई रोगव्याधसँग लड्ने शक्ति दिने औषधी निःशुल्क वितरण गरिएको छ । बुढेसकाल लागेपछि निन्द्रा नलाग्ने, हातखुट्टा बाउँडिने […]
काठमाडौँ । आयल निगमले इन्धनमा हुने चोरी र चुहावट रोक्न भन्दै लकिङ प्रणाली जडान गरे पनि तेलको तस्करी हुने गरेको पाइएको छ । लकिङ प्रणाली जडान भएकै ट्याङकरबाट इन्धन तस्करी भएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)को डिपोबाट पेट्रोल ल्याउँदै गरेको लु २ ख ४८३९ नम्बरको ट्याङ्करले स्वीकृत पीडीओ भन्दा बढी पेट्रोल ल्याएर तस्करी गरेको […]
बिर्तामोड । दशकौंदेखि भूमिहीन मुसहरहरु बसेको ऐलानी जग्गा षडयन्त्र गरेर आफ्नो नाममा पारेका बिर्तामोड १० को राजवंशी परिवारले मुसहर वस्तीलाई उठीबास लगाउन एकजना मुसहर महिलालाई निर्घात कुटपिट गरेका छन् । बिर्तामोड १० विराटपोखरमा उत्तर–दक्षिण सडकको पश्चिमपट्टी पुस्तौंदेखि ऐलानी जग्गामा बसेका ९ घर मुसहरहरुलाई विगत दुई वर्षदेखि पवन राजवंशीको परिवारले उठीबास लगाउन विभिन्न षडयन्त्र गर्दै आएका […]
शिवसताक्षी । पूर्वको प्रशिद्ध तीर्थ स्थल सताक्षीधाम गौ सेवाका लागि ठूलो गाईको गोठ निर्माण भएको छ । सताक्षीधाममा रहेको गोलोक गोवर्धन गौशालाले थप गो सेवाका लागि गोठ निर्माण गरेको हो । आज शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा (रोशन) उक्त गोठको उद्घाटन गरेका छ । गौशालाका अनुसार उक्त गोठमा ८० ओटा गाईहरु अटाउन सक्छन् । उद्घाटनका […]
सुनसरी । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ)ले पटक–पटक कार्यापालिका बैठक बहिष्कार गरेको स्मरण गराउँदै वडाध्यक्षहरूको फेरि राजिनामा मागेका छन् । नगरप्रमुख राईले यसअघि १ पुसमा पनि कार्यपालिकासहित वडाध्यक्षहरूको राजीनामा मागेका थिए । ‘कसैले म बैठक बस्दिन’ भन्न पाइँदैन त्यसैले कर्तव्य पूरा नगरेको र जनताको काम गर्न असक्षम भएको घोषणा गर्दै बैठक बहिष्कार गर्ने […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले बैदेशिक रोजगारीका लागि जानेहरुका लागि श्रम स्वीकृति प्रदान गर्न थालेको छ । नगरपालिकाको रोजगार सेवा केन्द्रले वैदेशिक रोजगारीका लागि आवश्यक पर्ने श्रम स्वीकृति गर्न थालेको हो । श्रम स्वीकृतिका लागि कार्यालय बाहिर बस्ने एजेन्टहरुले ठूलो रकम असुल्ने गुनासो अब हट्ने भएको छ । एजेन्टहरुले श्रमका लागि फारम भरेको नै धेरै रकम […]
झापा । सम्भवतः पत्रकारहरुले नै स्थापना गरेको कोषबाट नेपालमा सबैभन्दा ठूलो नगद राशिको पत्रकारिता पुरस्कार झापामा नारी सञ्चार गृहले वितरण सुरु गरेको छ । बुधबार नारी सञ्चार गृहले बिर्तामोडमा एक विशेष कार्यक्रमको आयोजना गरी जिल्लाका दुईजना पत्रकार महिलालाई पुरस्कृत गरेको हो । नारी सञ्चार साधना सम्मान पत्रकारिता पुरस्कारबाट साबित्रा दाहाललाई एक लाख एक हजार १०० […]
झापा । भद्रपुर झापा गोल्डकपले आयोजना गर्न लागेको उमेर समूहको झापा जिल्लास्तरीय अन्तरपालिका लिग फुटबल प्रतियोगिताको मिति तय गरिएको छ । मेची रंगशाला चन्द्रगढीमा बसेको गोल्डकप कार्यसमितिको बैठकले उमेर समूहको लिग फुटबल प्रतियोगिता आगामी मंसिर पहिलो साताबाट गर्ने टुंगो गरेको हो । झापाका १५ वटै पालिका सहभागी हुने लिग फुटबल प्रतियोगिता २०८० मंसिर ७ गतेदेखि […]