जन्म पछि मृत्यु निश्चित छ । त्यही बीचको समयमा हामी संघर्ष गरेर आफ्नो जीवनयापन गरिरहेका हुन्छौँ । बाल्यवस्था, यौवनवस्था, वृद्धवस्था मुख्यतया हामीले यी तीन अवस्थालाई पार गरे पश्चात हाम्रो मानव जीवनले विराम लिन्छ । बाल्यवस्था हाम्रो रमाइलो अनि आन्नदसँग बित्छ । साथीहरुसँग खेलेर, हाँसेर, सबैले माया गर्ने, कुनै कुराको तनाव नहुने, खाने, खेल्ने, सामान्य पढाई […]
झापा । झापाको गौरादह ९ बैगुनधुरामा पशु चौपाया चोरीका घटनामा वृद्धि भएको छ । साबिक बैगुनधुरा ९ ग्वालमुुनीका रोहित खड्काको एउटा गाई आइतबार राति चोरी भएको अस्थायी प्रहरी चौकी बैगुनधुराले जनाएको छ । राति करिब १ बजेको समयमा गोठमा बाँधेको गाई चोरी भएको पिडितले बताएका छन् । सोही रात १२ बजेको समयमा दहगाउँका लोकमणि सापकोटाको […]
बिर्तामोड । नेपाली कांग्रेस बिर्तामोड–२ ले पार्टीका अग्रज ब्यक्तित्वलाई सम्मान गरेको छ । वडा पार्टी कार्यालय बिर्तामोड–२ ले पार्टीका अग्रज ब्यक्तित्व डिल्लीप्रसाद सिटौला, कृष्णप्रसाद मिश्र र पुर्णानन्द शर्मालाई सम्मान गरेको हो । वडा पार्टीले सोमबार बिर्तामोड–२ स्थित चारपानेमा नववर्ष २०८० को अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा उनीहरुलाई सम्मान गरेको हो । नेपाली कांग्रेस बिर्तामोड […]
इलाम। बाक्लो हुस्सु लागेर चिसोले मुटु चसस्क पार्दा होस् या चर्किंदो गर्मीमा पसिनाले शरीर लपक्कै भिज्दा, तराईका बासिन्दाको आराम खोज्ने ठाउँ प्रायः पहाड नै हुन्छ। गर्मी बढेसँगै चिसो कन्याममा ओइरिएको हुलले पनि यही वास्तविकता झल्काइरहेको छ। जाडो याममा तराईमा अधिक चिसो हुँदा इलामका डाँडाकाँडा तुलनात्मक रूपमा न्यानो लाग्छन्। गर्मीमा त इलामका हरियाली र चिसोपानी झनै […]
बिर्तामोड । नेपाल उद्योग तथा ब्यवसाय महासंघ बिर्तामोड नगर कमिटीको अध्यक्षमा युवराज निरौला निर्वाचित भएका छन् । आज सोमबार बिर्तामोडमा सम्पन्न दोस्रो नगर अधिवेशनबाट अध्यक्षमा युवा व्यवसायी निरौला सर्वसम्मत चयन भएका हुन् । उनी यसभन्दा अघिको कमिटीमा उपाध्यक्ष थिए । त्यस्तै नगर कमिटीको उपाध्यक्षद्वयमा गोमा भट्टराई र उपेन्द्र बानियाँ चयन भएका छन् । कमिटीको सचिवमा […]
भद्रपुर । सहारा नेपाल बिर्तामोडको मातहतमा चलिरहेका झापा जिल्लास्तरीय परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ । जिल्ला समन्वय समिति झापाको संयोजना तथा सहारा नेपालको आयोजनामा सरोकारवालासँग परियोजनाबारे छलफलका लागि बैठक गरिएको हो । सहारा नेपालले सञ्चालन गर्दै आएका विभिन्न कार्यक्रमका बारेमा जानकारी दिने र कार्यक्रम बारे सरोकारवालसँग सुझाव संकलन गर्ने उद्देश्यले बैठक आयोजना गरिएको […]
काठमाडौँ। सिंहदरबारको फोहोर नउठाएको विषयमा सर्वोच्च अदालतमा काठमाडौं महानगरपालिकाविरुद्ध रिट दायर भएको छ। सिंहदरबारको फोहोर उठाउन आदेशको माग गर्दै अधिवक्ता पदमबहादुर श्रेष्ठले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। त्यसका विरुद्ध आफूले बालेन शाहलाई विपक्षी बनाएर रिट हालेको अधिवक्ता श्रेष्ठले जानकारी दिए। उनले आफ्नो क्षेत्रभित्र फोहोर उठाउने दायित्व महानगरको भएकाले त्यसलकाई कार्यान्वनय गर्न माग गरेका छन्। […]
काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकपेटीमा निर्माण सामग्री नराख्न र सार्वजनिक निकायको काम राति मात्र गर्न निर्देशन दिएको छ । महानगरपालिकाले सोमबार सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक तथा निजी पूर्वाधार निर्माण एवम् मर्मत कार्यलाई व्यवस्थित गरी सडकमा आवतजावत सहज गराउन निर्देशन दिएको हो । महानगरले भवन निर्माणका क्रममा सडकमा धुलो, निर्माण सामग्रीका टुक्रासमेत नखस्ने प्रबन्ध मिलाउन […]
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक चितवनको भरतपुरस्थित एक घरको तीन तला माथिबाट तल खसेको अवस्थामा फेला परेका छन् । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भएका ३९ वर्षीय शम्भु भन्ने दिलबहादुर थापा आज बिहान ४ बजे भाडामा लिएको घरको छतबाट तल भुइँमा खसेको अवस्थामा भेटिएका हुन् । प्रहरीका अनुसार गम्भीर घाइते थापाको […]
काठमाडौँ । दाङको तुलसीपुर कारागारमा सशस्त्र प्रहरीका सहायक हवल्दारले आफैंलाई गोली हानी आत्महत्या गरेका छन् । तुलसीपुर उपमहानगरपालिक-८ टिकरीका ३५ वर्षीय बसन्त केसीले डयुटीमा खटिएको बेला आइतबार साढे राति ८ बजे आफैंलाई गोली हानेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी पुष्पराज मल्लले जानकारी दिए । गोली लागेर हवल्दार केसीको घटनास्थलमै मृत्यु भएको डीएसपी मल्लले बताए । […]