काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको एक दिवसिय (ओडिआई) मान्यता अर्को एक वर्ष बढ्ने भएको छ । सन् २०२२ सम्मलाई रहेको नेपालको ओडिआई मान्यता अब २०२३ सम्म रहने छ । नेपाल क्रिकेट संघ (क्यान) अध्यक्ष चतुरबहादुर चन्दले बुधबार वार्षिक साधारण सभाको उद्घाटनका क्रममा कोरोना महामारीको कारण अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले विश्वकप लिग–२ का खेलहरु […]
एजेन्सी । फेरन टोरेजको ह्याट्रिकको मद्दतमा जर्मनीमाथी फराकिलो जित निकाल्दै स्पेन नेसन्स लिग फुटबलको अर्को चरणमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा जर्मनीलाई ६–० ले पराजति गर्दा टोरेजले ह्याट्रिक गरेका हुन् । खेलको १७ औं मिनेटम अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई घरेलु मैदानमा अग्रता दिलाएका थिए । त्यस्तै ३३ औं मिनेटमा फेरन टोरेजले […]
काठमाडौं । नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण फुटबल खेल बराबरीमा सकिएको छ । मुजिबुर बोर्सो फिफा अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत मंगलबार भएको दोस्रो खेलमा नेपाल र बंगलादेशले गोलरहित बराबरी खेलेको हो । शुक्रबार भएको पहिलो मैत्रीपूर्ण खेल भने बंगलादेशले २-० ले जितेको थियो । दुई खेलको सिरिज भने घरेलु टोली बंगलादेशले जित्दै ट्रफी आफैंले राखेको छ […]
काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुुटबलका लागि ढाकामा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले आज बंगलादेशविरुद्ध दोस्रो खेल खेल्दैछ। खेल नेपाली समयअनुसार बेलुकी पौने ५ बजे ढाकास्थित बंगबन्धु रंगशालामा हुनेछ। मुजिब बोर्सो फिफा अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत गत शुक्रबार भएको पहिलो खेलमा नेपाल बंगलादेशसँग २–० ले पराजित भएको थियो। मङ्गलबारको खेल भने कुनै पनि हालतमा जित्ने लक्ष्य राखेको […]
काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । शुक्रबार ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा भएको खेलमा घरेलु टोली बंगलादेशले नेपाललाई २-० ले पराजित गरेको हो । बंगलादेशले खेलको दुवै हाफमा एक/एक गोल गरेको हो । खेलको दशौँ मिनेटमै मोहम्मद नविन नेवाज जीवनले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका थिए । त्यसपछि […]
काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल सिरिज अनुसार नेपाल र बंगलादेशबीचको पहिलो खेल आज हुँदैछ । खेल ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा हुने खेल नेपाली समयअनुसार दिउँसो ४:४५ मा शुरु हुनेछ । कोरोना महामारीका कारण लामो समयदेखि फुटबल खेल्न नपाएका दुवै टोली मैत्रीपूर्ण खेललाई लिएर उत्साहित छन् । बिहीबार ढाकामा भएको प्रिम्याच कन्फ्रेन्समा दुवै टिमका प्रशिक्ष र […]
काठमाडौं । मैत्रीपूर्ण खेलका लागि बंगलादेश पुगेका राष्ट्रिय फुटबल टिमका एक खेलाडीमा कोरोना सङ्क्रमण देखिएको छ । ढाकामा हिजो गरिएको कोरोना परीक्षणमा एक खेलाडीको नतिजा पोजेटिभ आएको हो । ती खेलाडी अस्पतालको एकान्तबास रहेका छन् । कोरोना देखिएपछि उनले पहिलो मैत्रीपूर्ण खेल गुमाउने भएका छन् । नेपालले भोलि बंगलादेशसँग पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । यस्तै […]
काठमाडौं । नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल खेल दर्शकले मैदानमै उपस्थित भएर हेर्न पाउने भएका छन् । बंगलादेश फुटबल फेडेरेशन (बीएफएफ) ले दुई मैत्रीपूर्ण खेलमा दर्शकलाई मैदान प्रवेश गर्न अनुमति दिने निर्णय गरेको हो । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत नेपाल र बंगलादेशबीच यही कात्तिक २८ र मंसिर २ गते ढाकाको बंगबन्ध नेशनल स्टेडियममा प्रतिस्पर्धा हुँदैछ […]
एजेन्सी । मुम्बई इन्डियन्सले यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको उपाधि जितेको छ । मंगलबार भएको फाइनल खेलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराउँदै मुम्बईले उपाधि जितेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा दिल्ली क्यापिटल्सले जितका लागि दिएको १५७ रनको लक्ष्य मुम्बईले १८ ओभर ४ बलमा ५ विकेट गुमाउँदै १५७ रन […]
एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटको १३ औं संस्करणको फाइनल आज हुँदैछ । सर्वाधिक ४ पटकको च्याम्पियन मुम्बई इन्डियन्स र पहिलो पटक फाइनल पुगेको दिल्ली क्यापिटल्स उपाधिका लागि भिड्ने छन् । फाइनल खेल नेपाली समयअनुसार आज राति पौने ८ बजे युएईको दुबईमा हुनेछ । साविक विजेतासमेत रहेको मुम्बईले फाइनल खेल्न लागेको यो छैटौं […]