काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सिनियर टिमको क्रिकेट खेलाडीको प्रशिक्षण सुरु गर्नका लागि अनुमति माग्दै राष्ट्रिय खेलकुद परिषद राखेपमा पत्र पठाएको छ । कोरोना भाइरस महामारीका कारण तीन महिनादेखि खेलाडीहरुले प्रशिक्षण गर्न पाएका छैनन् । दुई साताअघि क्यान कार्यमसितिको भर्चुअल मिटिङले असार १५ सम्म पर्खने त्यसपछि प्रशिक्षणका लागि सरकारसंग अनुमति माग्ने जनाएको थियो […]
एजेन्सी । रियल सोसिडाडलाई पराजित गर्दै रियल मड्रिड स्पानिस ला लिगामा शीर्ष स्थानमा उक्लिएको छ । आइतवार राति भएको खेलमा सोसिडाडलाई उसैको मैदानमा २-१ ले हराउँदै मड्रिड शीर्ष स्थानमा उक्लिएको हो । जितपछि बार्सिलोना समान अंक भए पनि हेड टु हेडमा रियल शीर्ष स्थानमा पुगेको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो भने […]
एजेन्सी । साबिक विजेता बार्सिलोना सेभियासँग गोलरहित बराबरीमा रोकिएपछि स्पेनिस ला लिगामा उपाधि होड खुला भएको छ । आठ खेल बाँकी छँदा बार्सिलोनाले शीर्ष स्थानमा तीन अंकको अग्रता बनाएको छ । तर, एक खेल कम खेलेको रियल म्याड्रिडले आइतबार रियल सोसिडाडविरुद्धको खेलमा जीत हासिल गरे बार्सासँग अंक बराबरी गर्न सफल हुनेछ । शुक्रबार भएको उत्कृष्ट […]
एजेन्सी । ब्राजिलियन फुटबल स्टार नेमारले आफ्नो पूर्व क्लब बार्सिलोनालाई ६.७ मिलियन यूरो फिर्ता गर्नुपर्ने भएको छ । ४३.६ मिलियन बोनसबारे चलिरहेको कानुनी लडाईँमा फैसला बार्सिलोनाको पक्षमा गएपछि नेमारले उक्त बोनस रकम फिर्ता गर्नुपर्ने भएको हो । नेमारले यसअघि ४३.६ मिलियन युरो बोनस दावी गर्दै आएका थिए । तर सोसल कोर्ट- १५ ले नेमारको दाबी […]
एजेन्सी । करिम बेन्जामाको दुई गोलको मद्दतमा रियल मड्रिडले स्पानिस ला लिगामा सहज जित हात पारेको छ । बिहीवार राति भएको खेलमा रियलले भ्यालेन्सियालाई ३-० ले पराजित गरेको हो । पहिलो हाफमा भ्यालेन्सियाले गोलरहित बराबरीमा रोके पनि रियलले घरेलु मैदानमा सबै गोल दोस्रो हाफमा गरेको थियो । खेलको अन्तिमतिर भ्यालेन्सिया १० खेलाडीमा समेटिएको थियो । […]
एजेन्सी । बायर्न म्युनिखले लगातार आठौं पटक जर्मन बुण्डेसलिगाको उपाधि जितेको छ । लिग अन्तर्गत गएराति भएको खेलमा वेडर ब्रेमेनलाई १-० ले पराजित गर्दै बायर्नले दुई खेल अगावै यस सिजन उपाधि पक्का गरेको हो । युरोपका शिर्ष पाँच लिगमा लगातार आठ पटक लिग जित्ने बायर्न दोस्रो टिम बनेको छ । यसअघि इटलीको युभेन्ट्सले सन् २०११-१२ […]
काठमाडौं । नेपाल सरकारले बजेट सार्वजनिक गरेको दुई हप्तापछि सबै प्रदेशले आर्थिक वर्ष २०७७/७८ का लागि बजेट सार्वजनिक गरेका छन् । सोमबार सातवटै प्रदेशले बजेट सार्वजनिक गरे । सबै प्रदेशले खेलकुद क्षेत्रमा पनि बजेट विनियोजन गरेका छन् । आफ्नो प्रदेश अनुकुल त्यहाँ हुन सक्ने खेलकुद प्रतियोगिता र त्यहाँ बन्ने पूर्वाधारलाई ध्यानमा राख्दै प्रदेशले बजेट विनियोजन […]
एजेन्सी । स्पानिस ला लिगामा अन्तर्गत आइतबार भएको खेलमा रियल मड्रिडले आइबरलाई पराजित गर्दै शीर्ष स्थानको बार्सिलोनासँग अंक दूरी घटाएको छ । क्लबको युथ टिमको मैदान डे स्टाफानोमा भएको खेलमा रियलले आइबरलाई ३-१ ले हरायो । रियलले पहिलो हाफमै ३ गोल गरेको हो । खेलको चौथो मिनेटमै टोनी क्रुसले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए […]
एजेन्सी । कोरोनाभाइरस महामारीपछि अहिले फुटबल बन्द रंगशालामा हुन थालेको छ । जर्मनी, इटली, स्पेनमा दर्शकबिना नै फुटबल फेरि सुरु भएको छ । कोरोनाको सम्भावित संक्रमणबाट रोक्न अहिले रंगशालामा दर्शकहरुलाई प्रवेश गराइएको छैन । तर गएराति स्पानिस ला लिगा अन्तर्गत बार्सिलोना र मालोर्काबीचको खेलमा अनौठो दृश्य देखियो । मालोर्काको मैदानमा भएको खेलमा बार्सिलोना ४-० ले […]
एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले कोरोना भाइरसको असरलाई मध्यनजर गर्दै क्रिकेट खेलको केही नियममा अस्थायी परिवर्तन गरेको छ । अनिल कुम्बलेको नेतृत्वमा रहेको आईसीसी क्रिकेट कमिटीले नियमको अस्थायी परिवर्तन सम्बन्धी गरेको प्रस्तावलाई मंगलबार स्वीकृत गरिएको आईसीसीले जनाएको छ । कोभिड १९ को कारण उत्पन्न जोखिम कम गर्न अनि खेलाडी र म्याच अफिसिलयहरुको सुरक्षालाई […]