Sajhamanch Archive

इंग्लिस प्रिमियर लिग : शनिबार ७ खेल हुँदै

Published: in खेलकुद by . Leave a Comment on इंग्लिस प्रिमियर लिग : शनिबार ७ खेल हुँदै.

इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार ७ वटा खेल हुँदै छ । पाँचौं चरणको खेल सुरु हुँदा शनिबार नेपाली समयअनुसार पहिलो खेलमा अपरान्ह सवा ५ बजे लिभरपुल र न्यूक्यासल युनाइटेड आमनेसामने हुँदैछन् । लिभरपुल जारी लिगमा अपराजित रहँदै १२ अंकका साथ शीर्ष स्थानमा छ । न्यू क्यासल ४ अंकसहित १४औंँ स्थानमा छ । नेपाली समयअनुसार राति पौने ८ […]

एसेज शृङ्खला : इंग्ल्याण्डलाई ७८ रनकाे अग्रता

Published: in खेलकुद by . Leave a Comment on एसेज शृङ्खला : इंग्ल्याण्डलाई ७८ रनकाे अग्रता.

एसेज शृङ्खलाकाे अन्तिम टेस्टमा इंग्ल्याण्डले दोस्रो पारिमा ७८ रनको अग्रता बनाएको छ । २९४ रनमा इंग्ल्याण्डलाई समेटेर पहिलो पारि सुरु गरेको अस्ट्रेलिया २२५ रनमा समेटिन पुग्यो । ओभलमा जारी प्रतियोगिताअन्तर्गत अस्ट्रेलियाको इनिङ्समा यस पटक पनि स्टिभ स्मिथको ब्याटबाट राम्रो रन बनेको थियो । स्मिथले सर्वाधिक ८० रन बनाउँदा मार्नोस लाबुसचेनले ४८ रन बनाए । नाथन लियोनले २५ […]

नेपाल ओलम्पिक कमिटीको नेतृत्व चुन्न मतदान जारी

Published: in खेलकुद by . Leave a Comment on नेपाल ओलम्पिक कमिटीको नेतृत्व चुन्न मतदान जारी.

काठमाडौं । नेपाल ओलम्पिक कमिटीको नयाँ नेतृत्व चुन्न मतदान जारी छ । सातदोबाटोस्थित कार्यालयमा पूर्वनिर्धारित समयभन्दा दुई घण्टा ढिलो मतदान सुरु भएको हो । निर्वाचनको पर्यवेक्षण अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र ओलम्पिक काउन्सिल अफ एशियाका प्रतिनिधिले गरेका छन् । नेपाल ओलम्पिक कमिटीको मतदाता २७ जना छन् । यसअघि नेपाल ओलम्पिक कमिटीको कार्यसमितिको निर्वाचन कार्यक्रम भदौ २० […]

बंगलादेश प्रिमियर लिग बीपीएल बन्द गरिने

Published: in खेलकुद by . Leave a Comment on बंगलादेश प्रिमियर लिग बीपीएल बन्द गरिने.

बंगलादेश प्रिमियर लिग बीपीएल अबदेखि आयाेजना नहुने भएको छ । बंगलादेश क्रिकेट बोर्डले बीपीएललाई खारेज गर्दै टी–२० टुर्नामेन्ट आयोजना गर्ने जनाएको छ । बंगलादेश क्रिकेट बोर्ड र फ्रेन्चाइज टिमबीच भएको बैठकमा कुरा नमिलेपछि बोर्डले बीपीएल गर्न अनुमति नदिने निर्णय गरेको अध्यक्ष नजमुल हसनले बताए । बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष हसनले फ्रेन्चाइज टिमलाई नयाँ सम्झौता गर्न आग्रह […]

सावित्रा बनिन् सर्वाधिक गोलकर्ता

Published: in खेलकुद by . Leave a Comment on सावित्रा बनिन् सर्वाधिक गोलकर्ता.

काठमाडौं । सावित्रा भण्डारीले किर्गिस्तान भएको नदेज्दा कप महिला फुटबल प्रतियोगितामा सर्वाधिक गोलकर्ता बनेकी छिन् । नेपाललाई नदेज्दा कप महिला फुटबलको उपविजेता बनाउने क्रममा उनले सात गोल गरिन् । बिहीबार भएको फाइनल खेलमा उज्वेकिस्तानविरुद्ध दुई गोल गर्दै सावित्राले सर्वाधिक गोलकर्ताको अवार्ड जितेकी हुन् । फाइनलमा सावित्राले खेलको ६७ औं मिनेटमा र ९०औं मिनेटमा गोल गर्न […]

एशेज सिरिज: पाँचाैँ टेस्टमा टस जितेर अष्ट्रेलिया बलिङ गर्दै

Published: in खेलकुद by . Leave a Comment on एशेज सिरिज: पाँचाैँ टेस्टमा टस जितेर अष्ट्रेलिया बलिङ गर्दै.

इंग्ल्याण्डमा जारी एशेज सिरिजकाे पाँचाैँ खेलका लागि अष्ट्रेलियाले टस जितेर पहिले फिल्डिङ गर्ने भएकाे छ । इंग्ल्याण्डकाे द ओभल मैदानमा नेपाली समय अनुसार पाैने चार बजे सुरु हुने खेलका लागि अष्ट्रेलिया तथा इंग्ल्याण्ड दुवै टाेलीले दुई-दुई खेलाडी परिवर्तन गरेका छन् । अष्ट्रेलियाका बलर मिचेल स्टार्ककाे ठाउँमा पिटर सिडल तथा ट्राभिस हेडकाे ठाउँमा मिचेल मार्श आएका छन् । […]

सीपीएलमा सन्दीपको उत्कृष्ट प्रदर्शन

Published: (Updated: ) in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on सीपीएलमा सन्दीपको उत्कृष्ट प्रदर्शन.

काठमाडौं । क्यारिवियन प्रिमियर लिग (सीपीएल) क्रिकेटमा लेग स्पिनर सन्दीप लामिछानेले तीन विकेट लिएका छन् । बारबारडोस त्रिडेन्ट्समा आबद्ध सन्दीपले बिहीबार सेन्ट किट्स एन्ड नेविस प्याट्रिवट्सविरुद्ध खेलमा महत्वपूर्ण तीन विकेट लिए । सन्दीपकै उत्कृष्ट प्रदर्शनमा बारबारडोस प्याट्रिवट्सविरुद्ध लगभग जितको नजिक छ । वर्षाको कारण खेल रोकिएको छ । डकवर्थ लेविस मेथडको आधारमा पनि सन्दीप आबद्ध […]

ताजकिस्तानलाई १–० ले पराजित गर्दै नेपाल फाइनलमा

Published: in खेलकुद, मुख्य समाचार by . Leave a Comment on ताजकिस्तानलाई १–० ले पराजित गर्दै नेपाल फाइनलमा.

काठमाडौँ। नेपाली महिला फुटबल टोली किर्गिस्तानमा जारी नादेज्दा फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ। मंगलबार भएको खेलमा ताजकिस्तानलाई १–० गोलले पराजित गर्दै नेपाली महिला फुटबल टोलीले फाइनलमा स्थान बनाएको हो। नेपालको जितका लागि सावित्रा भण्डारीले एक गोल गरिन्। पहिलो हाफ गोलरहित बनेको खेलमा सावित्राले खेलको ८६ औँ मिनेटमा गोल गरेकी हुन्। नेपालले पहिलो खेलमा आयोजक […]

नेपाल उज्वेकिस्तानसँग २–० ले पराजित

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on नेपाल उज्वेकिस्तानसँग २–० ले पराजित.

काठमाडौँ – कीर्गिस्तानमा जारी अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता नाडेज्दा कप अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल पराजित भएको छ ।पहिलो खेलमा आयोजक कीर्गिस्तानलाई ८–२ ले पराजित गरेको नेपाली टोली सोमबार भएको दोस्रो खेलमा उज्वेकिस्तानसँग २–० ले पराजित भएको हो । नेपाली टोलीले गोल गर्ने राम्रा मौका बनाए पनि गोल भने गर्न सकेनन् । उज्वेकिस्तान बरियतामा ४४ […]

युरोकप छनोट : फ्रान्सले सहज जित निकाल्दा टर्कीको संघर्षपूर्ण जित

Published: in खेलकुद by . Leave a Comment on युरोकप छनोट : फ्रान्सले सहज जित निकाल्दा टर्कीको संघर्षपूर्ण जित.

युरोकप छनोटमा फ्रान्सले सहज जित निकाल्दा टर्की संघर्षपूर्ण रुपमा विजयी भयो । शनिबार राति भएको खेलमा फ्रान्स अल्बानीयासँग चार एकले विजयी भयो । एकतर्फी जस्तो बनेको खेलको आठौं मिनेटमा नै कोमनको गोलमा फ्रान्सले अग्रता बनायो । त्यसपछि ओलिभर जिरुडले २७ औं मिनेटमा फ्रान्सको अन्तर २–० मा पुर्‍यायो । पहिलो हाफमा २ गोलको अग्रता बनाएको फ्रान्सले […]