Sajhamanch Archive

अन्तरपालिका फुटबल प्रतियोगिताः गौरीगञ्ज गा.पा.लाई हराउँदै शिवसताक्षी विजयी

Published: in खेलकुद, स्थानीय तह by . Leave a Comment on अन्तरपालिका फुटबल प्रतियोगिताः गौरीगञ्ज गा.पा.लाई हराउँदै शिवसताक्षी विजयी.

शिवसताक्षी । झापा जिल्ला अन्तरपालिका कर्मचारी फुटबलल प्रतियोगितामा आज भएको खेलमा शिवसताक्षी नगरपालिका विजयी भएको छ । गौरीगञ्ज गाउँपालिकालाई २–० गोल अन्तरले हराउँदै शिवसताक्षी नगरपालिका विजयी भएको हो । खेलको ९ औं मिनेटमा शिवसताक्षी नगरपालिकाका कार्यक्रम अधिकृत जर्सी नं. ८ को महेश लामिछानेको उत्कृष्ट पासमा शिवसताक्षी नगरपालिकाका कविराज राईले गोल गर्दै खेललाई अग्रता दिलाए । […]

शिवसताक्षीको झिलझिले खेल मैदानमा भोलीदेखि टि टवान्टी क्रिकेट प्रतियोगिता हुने

Published: in खेलकुद, विविधा by . Leave a Comment on शिवसताक्षीको झिलझिले खेल मैदानमा भोलीदेखि टि टवान्टी क्रिकेट प्रतियोगिता हुने.

शिवसताक्षी । शिवसताक्षी भोली चैत्र ११ गतेदेखि टि टवान्टी क्रिकेट प्रतियोगिता सुरु हुने भएको छ । शिवसताक्षीको झिलझिले खेल मैदानमा स्थानीय गोर्खाली हटको आयोजनामा प्रथम गोर्खाली हर्ट नेपाल कप २०७९ सुरु हुने भएको हो । विभिन्न सामाजिक कार्य गर्दै आएको सामाजिक संस्था गोर्खाली हर्टले नेपालले खेलकुदको माध्यामबाट युवाहरुलाई एकजुट बनाउने उद्देश्यले जिल्ला स्तरिय क्रिकेट प्रतियोगिता […]

राष्ट्रिय टिमको सहायक प्रशिक्षकमा प्रवेश कटुवाल नियुक्त

Published: in खेलकुद, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on राष्ट्रिय टिमको सहायक प्रशिक्षकमा प्रवेश कटुवाल नियुक्त.

काठमाडौं । मछिन्द्र क्लबका प्रशिक्षक प्रवेश कटुवाल राष्ट्रिय टिमको सहायक प्रशिक्षकमा नियुक्त भएका छन् । ए डिभिजन लिगको डिफेन्डिङ च्याम्पियन मछिन्द्र क्लब सम्हालिरहेका प्रवेशलाई अखिल नेपाल फुटबल संघ एन्फाले बुधबार नियुक्ति दिएको हो । प्रवेश कटुवालले कात्तिक ३० गते पाकिस्तान विरुद्धको मैत्रीपूर्ण खेलमा पनि राष्ट्रिय टिमको प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । २०६१ सालमा थ्री स्टार […]

पिएनजी विरुद्ध नेपालको सहज जित

Published: in खेलकुद, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on पिएनजी विरुद्ध नेपालको सहज जित.

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु मा नेपालले पपुवा न्युगिनीविरुद्ध सहज जित हासिल गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले ३२ ओभरमा सबै विकेट गुमाएर ९४ रन बनाएको थियो । नेपालले १ विकेट गुमाएर ७ दशमलव ४ ओभरमा लक्ष्य भेट्टाएको हो । नेपालका लागि आसिफ शेखले अर्धशतक पूरा […]

बिर्तामोडका वडाहरुमा खेलकुद विकास समिति धमाधम

Published: in खेलकुद, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोडका वडाहरुमा खेलकुद विकास समिति धमाधम.

बिर्तामोड । नगर खेलकुद विकास समिति बिर्तामोडले आज आइतबार २ वटा वडामा खेलकुद समिति गठन गरेको छ । वडा नम्बर ८ र वडा नम्बर ९ मा समिति गठन गरिएको हो । वडा नम्बर ८ मा विपिन कार्कीको अध्यक्षतमा समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा चन्द्रमणि कट्टेल र अमिनकुमार श्रेष्ठ तथा सचिवमा सरिता मैनाली चयन […]

बिर्तामोडमा कोशी प्रदेश स्तरीय खुल्ला व्याडमिटन प्रतियोगिता

Published: in खेलकुद, प्रदेश तह, मुख्य समाचार, लोकप्रिय by . Leave a Comment on बिर्तामोडमा कोशी प्रदेश स्तरीय खुल्ला व्याडमिटन प्रतियोगिता.

झापा । झापाको बिर्तामोडमा कोशी प्रदेशस्तरीय खुल्ला व्याडमिन्टन प्रतियोगिता २०७९ हुने भएको छ । फागुन २९ गतेदेखि तीन दिन प्रतियोगिता आयोजना गर्न लागिएको र सबै तयारी पूरा भएको आइतबार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको हो । लायन्स क्लव अफ अनारमनी र लायन्स क्लव अफ बिर्तामोडको संयुक्त आयोजनामा प्रतियोगिता आयोजना गरिएको लायन्स क्लव अफ […]

यूएईलाई हराउँदै नेपालले जोगायो एक दिवसीय मान्यता

Published: in खेलकुद, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on यूएईलाई हराउँदै नेपालले जोगायो एक दिवसीय मान्यता.

काठमाडौं । यूएईमाथि १७७ रनको जितसँगै नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाएको छ । साथै आईसीसी विश्वकप क्रिकेट लिग टू का बाँकी २ खेल जिते सिधै विश्वकप छनोटमा पुग्ने संभावना पनि कायम राखेको छ । जारी शृखंलामा लगातार दोस्रो जितपछि नेपालले अमेरिकालाई पनि पछि पारेको छ । नेपालले सात राष्ट्र सहभागी लिग टू मा […]

पपुवा न्युगिनीलाई नेपालले ५२ रनले हरायो

Published: in खेलकुद, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, विश्व समाचार by . Leave a Comment on पपुवा न्युगिनीलाई नेपालले ५२ रनले हरायो.

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टूको जारी शृंखलाको पहिलो खेलमा नेपाल विजयी भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले पपुवा न्युगिनीलाई ५२ रनले हराएको हो । जितका लागि २९८ रनको लक्ष्य पछ्याएको पीएनजी २४५ रनमा अल आउट भयो । पीएनजीका लागि नोरमान भानुआ र टोनी उराले अर्धशतक पूरा गरे पनि टिमलाई जिताउन सकेनन् । […]

महिला फुटबलको उपाधी कनकाई महिला फुटबल क्लवलाई

Published: in खेलकुद, मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on महिला फुटबलको उपाधी कनकाई महिला फुटबल क्लवलाई.

कनकाई । झापाको कनकाईमा सञ्चालन भएको महिला फुटबल प्रतियोगिताको उपाधी आयोजक कनकाई महिला फुटबल क्लबले चुमेको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आयोजित प्रतियोगिताको बुधबार सम्पन्न फाइनल खेल आयोजक कनकाई महिला फुटबल क्लवले जितेको हो । जुनतारा महिला फुटबल क्लव खुदुनाबारी र आयोजकबीच भएको प्रतिस्पर्धामा आयोजकले ३–० गोलको अन्तरले जुनतारालाई पराजित गरेको हो । […]

महिला फुटबल प्रतियोगिताको उपाधिका लागि आज कनकाई र खुदुनाबारी भिड्दै

Published: in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on महिला फुटबल प्रतियोगिताको उपाधिका लागि आज कनकाई र खुदुनाबारी भिड्दै.

कनकाई । झापाको कनकाईमा जारी महिला फुटबल प्रतियोगिताको उपाधिका लागि आयोजक कनकाई र जुनतारा महिला फुटबल क्लब खुदुनाबारीबीच आज प्रतिस्पर्धा हुने भएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आज फागुन २४ गते कनकाई माविको खेल मैदानमा सम्पन्न हुने प्रतियोगिताको उपाधिका लागि आयोजक कनकाई महिला फुटबल क्लव र जुनतारा महिला फुटबल क्लव खुदुनाबारीले निर्णायक प्रतिस्पर्धाका […]