Sajhamanch Archive

फिफा वरीयतामा नेपाल एक स्थान तल

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on फिफा वरीयतामा नेपाल एक स्थान तल.

काठमाडौं । फिफा वरीयतामा नेपाल एक स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १७५औं स्थानमा झरेको छ । यसअघि नेपाल १७४औं थियो । भारतमा जारी साफ च्याम्पियनसिप २०२३ मा नेपाल समूह चरणबाटै बाहिरिएको थियो । जहाँ कुवेतसँग ३-१ र भारतसँग २-० ले पराजित भएको नेपालले पाकिस्तानलाई […]

बंगलादेश १४ वर्षपछि साफ च्याम्पियनसिपको सेमिफाइनलमा

Published: (Updated: ) in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on बंगलादेश १४ वर्षपछि साफ च्याम्पियनसिपको सेमिफाइनलमा.

बेंगलुरु । बंगलादेश १४ वर्षपछि साफ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । भारतको बेंगलुरुस्थित कान्तिराव स्टेडियममा बुधबार भएको समूह ‘बी’ को अन्तिम खेलमा भुटानलाई ३-१ ले पराजित गर्दै बंगलादेश सेमिफाइनलमा प्रवेश गरेको हो । बंगलादेशले पछिल्लो पटक २००९ मा घरेलु मैदानमा भएको साफमा सेमिफाइनल खेलेको थियो । बुधबारको खेलमा भुटानले पहिले अग्रता लिए पनि बंगलादेशले पुनरागमन […]

नेपालद्वारा थाइल्यान्डलाई दुई सय ७० रनको लक्ष्य

Published: in खेलकुद, मिडियाबाट साभार, लोकप्रिय by . Leave a Comment on नेपालद्वारा थाइल्यान्डलाई दुई सय ७० रनको लक्ष्य.

काठमाडौँ । एसिसी यु १६ मेन्स इस्टर्न रिजन कप २०२३ को आफनो पहिलो खेलमा नेपालले थाइल्यान्डलाई जितका लागि दुई सय ७० रनको लक्ष्य दिएको छ । मलेसियाको बाँगीमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभरमा आठ विकेट गुमाउँदै दुई सय ६९ रनको योगफल बनायो । नेपालका ओपनर नीरजकुमार यादवले सर्वाधिक ७४ रनको योगदान दिए […]

दमकमा नेपाल खेलकुद महासङ्घको प्रशिक्षण कार्यक्रम जारी

Published: in खेलकुद, प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on दमकमा नेपाल खेलकुद महासङ्घको प्रशिक्षण कार्यक्रम जारी.

झापा । जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा नेपाल खेलकुद महासङ्घ कोशी प्रदेश कमिटीले दुई दिवसीय प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । प्रशिक्षण कार्यक्रममा कोशी प्रदेशमा बसोबास रहेका केन्द्रीय सदस्यहरु, विभागीय प्रमुख तथा सदस्यहरु, कोशी प्रदेश कमिटीका पदाधिकारी, सदस्यहरु र १४ जिल्लाका अध्यक्षहरुको सहभागिता रहेको केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतले जानकारी दिएका छन् । कोशी प्रदेश कमिटीका […]

साफ च्याम्पियनसिप फुटबल : नेपालले पाकिस्तानलाई हरायो

Published: in खेलकुद, मिडियाबाट साभार, लोकप्रिय by . Leave a Comment on साफ च्याम्पियनसिप फुटबल : नेपालले पाकिस्तानलाई हरायो.

काठमाडौँ । १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले पाकिस्तानलाई हराएको छ।भारतको बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा आज भएको खेलमा नेपालले पाकिस्तानलाई १-० गोल अन्तरले हराएको हो। यस प्रतियोगितामा एक मात्र खेल जिताउन पाकिस्तान विरुद्ध नेपालका आशिस चौधरीले गोल गरेका हुन। उनले खेलको ७९ औ मिनेटमा गोल गरेका हुन।उनी पहिलो पटक राष्ट्रिय टोलीमा रहँदै डेब्यु […]

अन्जन विष्टले पाकिस्तान विरुद्ध खेल गुमाउने

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on अन्जन विष्टले पाकिस्तान विरुद्ध खेल गुमाउने.

बैंगलुरु । नेपाली फुटबल टिमका फरवार्ड अन्जन विष्टले साफ च्याम्पियनसिपमा पाकिस्तान विरुद्धको खेल गुमाउने भएका छन् । साफ च्याम्पियनसिपको समूह चरणामा आफ्नो अन्तिम खेल भोलि मंगलबार नेपालले पाकिस्तानसँग खेल्दै छ । नेपाल र पाकिस्तान दुवैको सेमिफाइनल पुग्ने संभावना सकिइसकेको छ । भारत विरुद्धको दोस्रो खेलमा घाइते हुँदै अन्जनले पहिलो हाफमा मैदान छाडेका थिए । पहिलो […]

भारतसँग पराजित भएसँगै नेपाल साफ च्याम्पियनसिपबाट बाहिरियो

Published: in खेलकुद, मिडियाबाट साभार, लोकप्रिय by . Leave a Comment on भारतसँग पराजित भएसँगै नेपाल साफ च्याम्पियनसिपबाट बाहिरियो.

बेंगुलुरु । भारतसँग पराजित भएपछि नेपाल साफ च्याम्पियनसिपको समूह चरणबाटै बाहिरिएको छ । भारतसँग हारको श्रृंखलाले लगातार चौथो खेलसम्म निरन्तरता पाउँदा नेपाल १४ औं संस्करणको साफ च्याम्पियनसिपको समूह चरणबाटै बाहिरिएको हो । भारतसँग २(० को नतिजामा पराजित भएपछि साविक उपविजेता नेपालले एक खेलअघि नै समूह चरणबाट बाहिरिएको हो । भारतको जितमा ६१ औं मिनेटमा सुनिल […]

अमेरिकी बलर फिलिप्सलाई आईसीसीले लगायो प्रतिबन्ध

Published: in International, खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on अमेरिकी बलर फिलिप्सलाई आईसीसीले लगायो प्रतिबन्ध.

काठमाडौं । अमेरिकाका खेलाडी केल फिलिप्सले अवैध बलिङ एक्सन प्रयोग गरेको आईसीसीको इभेन्ट प्यानलले पुष्टि गरेको छ । तत्कालका लागि उनलाई अन्तर्राष्ट्रिय क्रिकेटमा बलिङ गर्न प्रतिबन्ध लगाइएको छ । गएको आइतबार आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत वेष्ट इण्डिजविरुद्धको खेलपछि म्याच अफिसियलले २६ वर्षीय यी खेलाडीको बलिङ एक्सनमा सन्देह व्यक्त गर्दै प्यानलमा रिपोर्ट गरेका थिए । […]

करण केसीले लिए वेष्ट इण्डिजको पहिलो विकेट

Published: in खेलकुद, मिडियाबाट साभार, लोकप्रिय by . Leave a Comment on करण केसीले लिए वेष्ट इण्डिजको पहिलो विकेट.

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा वेष्ट इण्डिजविरुद्ध नेपालले पहिलो सफलता पाएको छ । जिम्बाव्वेको हरारे स्पोर्टस क्लबमा नेपालका करण केसीले वेष्ट इण्डिजको पहिलो विकेट लिएका हुन् । केल मयर्सलाई उनले कुशल भुर्तेलको हातबाट क्याच आउट गराए । नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङ रोजेपछि वेष्ट इण्डिजले ब्याटिङ गरेको हो ।

विश्वकप छनोट: वेस्ट इन्डिजसँग खेल्दै नेपाल

Published: in खेलकुद, मिडियाबाट साभार, लोकप्रिय by . Leave a Comment on विश्वकप छनोट: वेस्ट इन्डिजसँग खेल्दै नेपाल.

काठमाडौँ । आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा नेपालले आज आफ्नो तेस्रो खेल खेल्दैछ। नेपालले आज टेस्ट टिम वेस्ट इन्डिजसँग हरारेमा प्रतिस्पर्धा गर्न लागेको हो। खेल १२:४५ मा सुरू हुनेछ। यसअघि नेपालले पहिलो खेलमा जिम्बावेसँग हार बेहोर्दा दोस्रो खेलमा अमेरिकालाई पराजित गरेको थियो। वेस्ट इन्डिजले भने दोस्रो खेल खेल्न लागेको हो। उसले पहिलो खेलमा अमेरिकालाई पराजित […]