Sajhamanch Archive

कुवेतविरुद्ध अन्जनले एक गोल फर्काए

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on कुवेतविरुद्ध अन्जनले एक गोल फर्काए.

बैंगलुरु । साफ च्याम्पियनसिप फुटबलको आफ्नो पहिलो खेलमा कुवेतविरुद्ध तीन गोलले पछि परेपछि नेपालले एक गोल फर्काएको छ । खेलको ६७औं मिनेटमा अन्जनले कुवेतका तीन डिफेण्डर र गोलरक्षकलाई छक्याउँदै बक्स भित्रबाट शानदार गोल गरे । योसँगै अन्जनले आफ्नो अन्तर्राष्ट्रिय गोलसंख्या १२ पुर्‍याएका छन् । उनी नेपालका लागि सर्बाधिक गोल गर्ने तेस्रा खेलाडीसमेत हुन् । हरि […]

क्रिकेट खेल मैदानका लागि आवश्यक बजेट छुट्याउन सांसद भण्डारीको माग

Published: in अर्थतन्त्र, खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on क्रिकेट खेल मैदानका लागि आवश्यक बजेट छुट्याउन सांसद भण्डारीको माग.

काठमाडौं। नेपाली कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले क्रिकेट खेल मैदानका लागि आवश्यक बजेटको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। वर्षौदेखि एउटा क्रिकेट मैदान बन्न नसकेको उल्लेख गर्दै उनले आवश्यक क्रिकेट मैदान बनाउनका लागि बजेटको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेका हुन् । उनले भने,’‘क्रिकेट ग्राउण्ड त बनाई देऊ । कति वर्षसम्म एउटा ग्राउन्ड बनाउँदैछौं […]

साफ च्याम्पियनसिप : कुवेतसँग खेल्ने नेपाली टिम सार्वजनिक

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on साफ च्याम्पियनसिप : कुवेतसँग खेल्ने नेपाली टिम सार्वजनिक.

काठमाडौँ। १४औं साफ च्याम्पियनसिपअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले अहिले केहिबेरमा कुवेतको सामना गर्दैछ । प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले कुवेतसँग खेल्ने नेपाली टिम सार्वजनिक गरेका छन् । कुवेतविरुद्ध कप्तान किरणकुमार लिम्बु, अनन्त तामाङ, रोहित चन्द, विमल पाण्डे, सनिश श्रेष्ठ, एरिक विष्ट, पुजन उपर्कोटी, लाकेन लिम्बु, अन्जन विष्ट, नवयुग श्रेष्ठ र मनिष डाँगी पहिलो रोजाईमा खेल्नेछन् । […]

अमेरिकाले नेपाललाई दियो २०८ रनको लक्ष्य

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on अमेरिकाले नेपाललाई दियो २०८ रनको लक्ष्य.

काठमाडौं । विश्वकप छनोट क्रिकेटमा अमेरिकाले नेपाललाई २०८ रनको लक्ष्य दिएको छ । नेपालले अबको केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । जिम्बाव्वेको हरारेमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको अमेरिकाले ४९ ओभरमा सबै विकेट गुमाएर २०७ रन बनायो । उसका सयन जंहागीर १०० रनमा अविजित रहे । अमेरिकाको सुरुवात निकै खराब थियो । पावर प्लेमा करण […]

अमेरिकाविरुद्ध नेपालको राम्रो सुरूवात, करणले लिए चार विकेट

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on अमेरिकाविरुद्ध नेपालको राम्रो सुरूवात, करणले लिए चार विकेट.

काठमाडौं । आईसीसी विश्वकप छनोट खेलमा टस जितेर फिल्डिङ रोजेको नेपालले अमेरिका विरुद्ध राम्रो शुरुवात गरेको छ । पावर प्ले नसकिदै नेपालले अमेरिकाको चार विकेट लिएको छ । चारै विकेट करण केसीले लिएका हुन् । करणले दोस्रो ओभरको पाँचौं र छैटौं बलमा लगातार विकेट लिएका छन् । ओपनर स्टेभेन टेलरलाई एलबीडब्लू गरेका करणले सैतेजा मुक्कामल्लालाई […]

आईसीसी विश्वकप छनोट : जित्नै पर्ने दबाबका बीच अमेरिकाको सामना गर्दै नेपाल

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, विश्व समाचार by . Leave a Comment on आईसीसी विश्वकप छनोट : जित्नै पर्ने दबाबका बीच अमेरिकाको सामना गर्दै नेपाल.

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको दोस्रो खेलमा नेपालले आज पौने १ बजेदेखि अमेरिकासँग खेल्दै छ। पहिलो खेलमा जिम्बावेसँग पराजित भएको नेपाललाई सुपर सिक्समा पुग्न अमेरिकासँगको खेल जित्नै पर्ने दबाब छ। नेपाल र अमेरिकाबीचको खेल जिम्बावेको राजधानी हरारेमा रहेको टागासिंगा स्पोर्टस् क्लबको मैदानमा हुनेछ। खेल नेपाली समयानुसार मध्याह्न १२ः४५ बजेदेखि सुरु हुनेछ। पहिलो खेलमा […]

काभा पुरुष भलिबलः नेपाल र इरान भिड्दै

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on काभा पुरुष भलिबलः नेपाल र इरान भिड्दै.

काठमाडौँ । किर्गिस्तानमा जारी सेन्ट्रल एशियन भलिबल एशोसिएशन (काभा) पुरुष भलिबल नेसन्स लिगको तेस्रो खेलमा नेपालले आज मंगलवार इरानसँग प्रतिस्पर्धा गर्दैछ। बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा नेपालले इरानको सामना गर्न लागेको हो। नेपाल र इरानबीचको खेल ३ः४५ बजे शुरु हुनेछ। नेपालले यसअघिका दुई खेलमा हार व्यहोरोको छ।

टेष्ट ‘सपना’ पछ्याइरहेका शक्ति

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on टेष्ट ‘सपना’ पछ्याइरहेका शक्ति.

काठमाडौं । शान्त स्वभाव र हँसिलो मुस्कान । झण्डै १९ वर्षको सिनियर करिअरमा नेपालीको मुहारमा यस्तै मुस्कान ल्याउन भूमिका खेलेका शक्ति गौचनले बाउण्ड्रीबाट बिदा भएको पनि पाँच वर्ष भयो । २०७५ साउनमा नेदरल्याण्ड्ससँग भएको ऐतिहासिक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेसँगै उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए । त्यही वर्ष मंसिरमा भएको एभरेष्ट प्रिमियर लिग ९ईपीएल० खेलेर घरेलु […]

नेपालले जिम्बाव्वेलाई दियो २९१ रनको लक्ष्य

Published: in खेलकुद, मिडियाबाट साभार, लोकप्रिय by . Leave a Comment on नेपालले जिम्बाव्वेलाई दियो २९१ रनको लक्ष्य.

काठमाडौं । विश्वकप क्रिकेट छनोटमा नेपालले जितका लागि जिम्बाव्वेलाई २९१ रनको लक्ष्य दिएको छ । हरारेमा टस जितेर पहिला ब्याटिङ्ग गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै ‍‍ २९० रन बनाएको हो । नेपालले एक दिवसीय क्रिकेटमा बनाएको यो तेस्रो ठूलो योगफल हो । यसअघि नेपालले कीर्तिपुरमा ओमान विरूद्ध ३१० र पपुवा न्युगिनी विरुद्ध २९७ […]

जिम्बाव्वेविरुद्ध आसिफको अर्धशतक

Published: in खेलकुद, मिडियाबाट साभार, लोकप्रिय by . Leave a Comment on जिम्बाव्वेविरुद्ध आसिफको अर्धशतक.

काठमाडौं । नेपालका आसिफ शेखले क्रिकेट विश्वकप छनोटमा जिम्बाव्वे विरुद्ध अर्धशतक प्रहार गरेका छन् । आसिफले २८औं ओभरको पाँचौ बलमा टेन्डाई चटारालाई चौका प्रहार गर्दै आफ्नो अर्धशतक पूरा गरेका हुन् । उनले ८२ बलमा ५ चौका मद्दतमा ५१ रन बनाए । एक दिवसीय क्रिकेटमा यो उनको नवौं अर्धशतक हो ।