Sajhamanch Archive

मेची रङ्गशालामा फागुन अन्तिम साताबाट ‘भद्रपुर झापा गोल्डकप’ हुने

Published: in खेलकुद by . Leave a Comment on मेची रङ्गशालामा फागुन अन्तिम साताबाट ‘भद्रपुर झापा गोल्डकप’ हुने.

भद्रपुर । भद्रपुर झापा गोल्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता यही फागुन अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघ ९एन्फा० सँगको छलफलपछि मिति तय हुने आज भद्रपुरमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको छ । आयोजक समितिका अध्यक्ष दिपेश ढकालका अनुसार प्रतियोगिताका विजेताले नगद १३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ […]

भद्रपुर झापा गोल्डकप हुने भएपछि तयारी सुरु

Published: (Updated: ) in खेलकुद, विविधा by . Leave a Comment on भद्रपुर झापा गोल्डकप हुने भएपछि तयारी सुरु.

बिर्तामोड । झापाको सदरमुकाम चन्द्रगढीमा करिब दुई दशकपछि भद्रपुर झापा गोल्डकप हुने भएपछि तयारी सुरु गरिएको छ । एक साताअघि नगरपालिकामा भएको सर्वदलीय भेलाबाट स्थानीय उद्योगी दिपेश ढकालको अध्यक्षतामा आयोजक समिति बनाइएको थियो । महासचिव जीवनकुमार श्रेष्ठको नेतृत्वमा आजबाट सचिवालय सञ्चालनमा आएको छ । आयोजक समितिले फुटबल प्रतियोगिता हुने मेची रंगशालाको मर्मत सुरु गरेको छ […]

विश्वकप फुटबल : सर्वियाविरुद्ध क्यामरुनको रोमाञ्चक बराबरी

Published: in खेलकुद, विश्व समाचार by . Leave a Comment on विश्वकप फुटबल : सर्वियाविरुद्ध क्यामरुनको रोमाञ्चक बराबरी.

दोहा । कतार विश्वकपमा क्यामरुन र सर्बियाबीचको खेल बराबरीमा टुङ्गिएको छ । समूह ‘जी’ अन्तर्गत सोमबारको खेलमा दुई टोलीले ३–३ को बराबरी खेलेका हुन् । दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेपछि क्यामरुनले फिफा विश्वकप अन्तर्गतसमूह ‘जी’ को खेलमा सोमबार सर्बियासँग ३–३ को रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेको छ । खेलमा अग्रता भने क्यामरुनले नै लिएको थियो […]

विश्वकप फुटबल २०२२ इरानमाथि इंग्ल्यान्डको सहज जीत

Published: in खेलकुद, लोकप्रिय, विश्व समाचार by . Leave a Comment on विश्वकप फुटबल २०२२ इरानमाथि इंग्ल्यान्डको सहज जीत.

दोहा । उपाधिको बलियो प्रत्यासी रहेको इंग्ल्यान्डले सोमबार विश्वकप २०२२ को समूह ‘बी’ मा सजिलो जीत निकालेको छ । उसले इरानमाथि ६–२ को एकपक्षीय जीत निकालेको हो र यससँगै तीन बहुमूल्य अंक बटुल्न पनि सफल रह्यो । यो जीतसँगै इंग्ल्यान्डले समूहको शीर्ष स्थान ओगटेको छ । इंग्ल्यान्ड पहिलो हाफमै तीन गोलले अगाडि रहेको थियो । […]

आजदेखि फुटबल महाउत्सव

Published: in खेलकुद, मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on आजदेखि फुटबल महाउत्सव.

दोहा । हमाद विमानस्थलबाट बाहिर निस्कने बित्तिकै सडकको दायाँतिर विश्वकप फुटबलमा सहभागी ३२ देशका राष्ट्रिय झन्डाको रङमा कंक्रिटका ठुल्ठूला फुटबल सजाइएका छन् । बत्तीको खम्बामा फिफा विश्वकप र कतार विश्वकप लेखिएका झन्डा फहराइएका छन् । सडकमा गुडेका सार्वजनिक बस र हालै सञ्चालनमा ल्याइएका मेट्रोरेल विश्वकपकै लोगो र फुटबलसम्बन्धी तस्बिरले रंग्याइएको छ । दोहाका मुख्य स्थानहरूमा दर्शकलाई रंगशाला बाहिरै […]

कतार विश्वकप कस्तो हुनेछ एसियाली चुनौती 

Published: (Updated: ) in खेलकुद, मिडियाबाट साभार, मुख्य समाचार, विश्व समाचार, by . Leave a Comment on कतार विश्वकप कस्तो हुनेछ एसियाली चुनौती .

दोहा । कतार विश्वकपमा एसियाबाट कीर्तिमान ६ टिमको प्रतिनिधित्व हुनेछ । फेरि एकपल्ट विश्वकप एसियामै हुँदैछ । त्यसैले एसियाली फुटबल समर्थकको कामना हुनेछ, कुनै टिमले सन् २००२ मा दक्षिण कोरियाले जस्तै सेमिफाइनल वा त्यसभन्दा माथिको यात्रा तय गरोस् । दक्षिण कोरियाको त्यस ऐतिहासिक प्रदर्शनको २० वर्षयता कुनै पनि एसियाली टिमले त्यस छेउछाउको प्रदर्शन गर्न सकेका थिएनन् । त्यतिबेला गुस […]

शानदार ब्याटिङसँगै घरेलु मैदानमा नेपाललाई पहिलो शृंखला

Published: in खेलकुद, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on शानदार ब्याटिङसँगै घरेलु मैदानमा नेपाललाई पहिलो शृंखला.

काठमाडौं । निर्णायक खेलमा आशिफ शेख र ज्ञानेन्द्र मल्लको शानदार अर्धशतकसँगै नेपालले युएईसँगको एक दिवशीय अन्तर्राष्ट्रिय शृंखलामा जीत हासिल गरेको छ । नेपालले युएईलाई ६ विकेटले पराजित गरेको हो । त्रिवि क्रिकेट मैदानमा गत सोमबार सम्पन्न शृंखलाको पहिलो खेलमा ८४ रनले पराजित भएको नेपालले बुधबार भएको दोस्रो खेल ३ विकेटले दिएको थियो । घरेलु मैदानमा […]

क्रिकेट मैदानबाटै आज बिहान समातिए केही सट्टेबाज

Published: in खेलकुद, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on क्रिकेट मैदानबाटै आज बिहान समातिए केही सट्टेबाज.

काठमाडौं । सट्टेबाजी गरेको आरोपमा प्रहरीले काठमाडौंस्थित त्रिवि क्रिकेट मैदानबाट आज केहीलाई पक्राउ गरेको छ । नेपाल र युएईबीचको खेलमा बल टु बल सट्टेबाजी गरेको आरोपमा पक्राउ गरिएको र यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले उनीहरुलाई पक्रेको हो । क्रिक इन्फो र टेलिभिजन प्रत्यक्ष प्रसारणमा कम्तिमा पनि ३ […]

अन्जनको गोलमा पाकिस्तानमाथि नेपालको जित

Published: in खेलकुद by . Leave a Comment on अन्जनको गोलमा पाकिस्तानमाथि नेपालको जित.

काठमाडौ । अन्जन विष्टको गोलमा नेपाली राष्ट्रिय फुटबल टिमले पाकिस्तानविरुद्ध मैत्रीपूर्ण खेलमा जित निकालेको छ । बुधबार भएको खेलमा नेपालले पाकिस्तानलाई १(० गोल अन्तरले हराएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालका लागि अन्जनले गोल गर्दै टिमलाई जित दिलाएका हुन् । अन्जनले खेलको ८२ औं मिनेटमा गोल गर्दै नेपाललाई १(० को जित दिलाए । अन्जनले नेपालका […]

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट : नेपाललाई २६४ रनको लक्ष्य

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट : नेपाललाई २६४ रनको लक्ष्य.

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सू भएको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा युएईले घरेलु टोली नेपाललाई जितका लागि २६४ रनको लक्ष्य दिएको छ । नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको युएईले ५० ओभरमा ७ विकेट गुमाएर २६३ रन बनाएको हो । युएईका लागि रोहन मुस्ताफाले अर्धशतक प्रहार गरे । मुस्ताफाले ७३ बल खेल्दै ७ […]