काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दिप लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गरेको छ । सो सङ्घका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लद्वारा आज जारी विज्ञप्तिमा सङ्घको कार्यसम्पादन समितिको निर्णयअनुसार लामिछाने उपर करणी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भएको अवस्थामा सङ्घबाट निलम्बन गरिएको जनाइएको छ । लामिछाने विरुद्ध महानगरीय प्रहरीवृत्त गौशालामा जाहेरी परेको […]
काठमाडौं । छैटौं संस्करणको महिला साफ च्याम्पियनसीपको पहिलो खेलमा नेपालले भुटानलाई शानदार रुपमा पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको उद्घाटन खेलमा नेपाल ४–० गोलले विजयी भएको हो । नेपालका लागि सावित्रा भण्डारीले १२ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाइन् । सावित्रा ६३ औं मिनेटमा दोस्रो गोल गरेकी थिइन् । त्यस्तै अनिता बस्नेतले ७२ […]
काठमाडौँ । केन्यालाई ६ विकेटले हराउँदै नेपालले तीन वान डेको श्रृंखला क्लिन स्विप गरेको छ । केन्याको नैरोबीमा भएको अन्तिम खेलमा नेपालले १७ बल बाँकी तेस्रो खेल जितेको छ । केन्याले प्रस्तुत गरेको २ सय ५६ रनको लक्ष्य नेपालले ४ विकेट गुमाउँदै प्राप्त गरेको छ । नेपालले ४७.१ ओभरमा ४ विकेटको क्षतिमा २५८ रन बनाएको […]
काठमाडौँ । केन्यालाई १७ रनले हराउँदै नेपालले ‘वान डे’ श्रृंखला जितेको छ । २३१ रनको लक्ष्य पछ्याएको केन्याले २१३ रन मात्रै बनाउन सक्यो । केन्याको राजधानी नैरोबीमा शनिबार भएको खेलमा टस जितेर ब्याटिङ रोजेको नेपालले अन्तिम ओभरमा अल आउट हुनुअघि २३० रन बनाएको थियो । प्रतिउत्तरमा ब्याटिङ गरेको केन्या ४६ ओभर ३ बलमा अलआउट भयो […]
काठमाडौं । नेपालले केन्याविरुद्धको पहिलो एक दिवसीय खेल ७ विकेटले जितेको छ । आसिफ शेखले ११० रनको शतकीय पारी खेलेपछि नेपालले ४७.।२ ओभरमा ३ विकेटको क्षतिमा केन्याले दिएको लक्ष्य पूरा गर्यो । आसिफले १२० बलमा १०८ रन बनाए । त्यस्तै अर्जुन साउद ९८ बलमा ६१ रन बनाए । ज्ञानेन्द्र मल्ल २४ रनमा आउट हुँदा दीपेन्द्र […]
काठमाडौं । पाँचौ तथा निर्णायक खेलमा केन्यालाई ३१ रनले पराजित गरी नेपालले पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज ३–२ ले जितेको छ । १७६ रनको लक्ष्य पछ्याएको केन्याले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४४ रनमात्र बनाउन सक्यो । उसका लागि नेहेमी ओढियाम्बोले २२ बलमा ३७ तथा कप्तान शेम गोचेले १८ बलमा ३३ रन जोडे पनि […]
भद्रपुर । आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता र प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगितामा जिल्लाबाट प्रतिनिधित्व गर्ने खेलाडी छनोटका लागि झापामा सञ्चालित जिल्लास्तरीय खेलाडी छनोट प्रतियोगिताको आज सोमबार औपचारिक समापन गरिएको छ । मेची रंगशालाको कभर्डहलमा आयोजित एक समारोहका बीच झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले प्रतियोगिताको औपचारिक समापन गरेका हुन् । यसअघि भदौ ४ गते प्रदेश […]
काठमाडौं । केन्यासँगको टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल विजयी भएको छ । केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपालले केन्यालाई ४ विकेटले हराएको हो । टस जितेर ब्याटिङ गरेको केन्याले निर्धारित ओभरको खेलमा २ विकेट गुमाउँदै १५६ रन बनाएको थियो। केन्याका लागि राकेप पटेलले अविजित ७३ र इरफान खानले अविजित ५५ रन बनाएका […]
भद्रपुर । आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता र प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगितामा जिल्लाबाट प्रतिनिधित्व गर्ने खेलाडी छनोटका लागि झापामा जारी प्रतियोगिताबाट बिहीबार विभिन्न खेलहरुका खेलाडी छनोट भएका छन् । आयोजक जिल्ला खेलकुद विकास समितिका अनुसार बिहीबारसम्ममा थप खेलका खेलाडी छनोट भएका हुन् । फुटबलतर्फ पुरुष टिममा देवान भुजेल र विकल्प पौडेल गोलकिप्परका रुपमा छनोट भएका […]
भद्रपुर । आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता र प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगितामा झापाबाट प्रतिनिधित्व गर्ने खेलाडी छनोटका लागि झापामा जारी प्रतियोगिताबाट विभिन्न खेलहरुका खेलाडी छनोट भएका छन् । आयोजक जिल्ला खेलकुद विकास समितिका अनुसार बुधबारसम्ममा एथलेटिक्स, भलिबल, हक्की र भारत्तोलनका खेलाडी छनोट भइसकेका छन् । खो–खो र कबड्डीका खेलाडी पनि लगभग छनोट भइसककेको बताइएको छ […]