काठमाण्डौ । अष्ट्रेलियासँगको एकदिवसीय क्रिकेट श्रृंखला श्रीलंकाले जितेको छ । पाँच खेलको श्रृंखला श्रीलंकाले एक खेल अगाबै जितेको हो । हिजो भएको चौंथो एकदिवसीय श्रृंखलामा श्रीलंका चार रनले विजयी भएसँगै श्रृंखला ३–१ ले जितेको हो । श्रीलंका घरेलु भूमिमा २० वर्षपछि अष्ट्रेलियासँगको एकदिवसीय श्रृंखला जित्न सफल भएको छ । कोलम्बोमा टस हारेर पहिला ब्याटिङ गरेको […]
काठमाडौं । एसीसी महिला टी–२० च्याम्पियनसिपमा नेपाल हङकङसँग ७ विकेटले पराजित भएको छ । नेपालले दिएको ११० रनको लक्ष्य पछ्याएको हङकङले १५.५ ओभरमा ३ विकेट गुमाउँदै ११२ बनाएर जित हासिल गर्यो । हङकङका लागि ओपनर मेरिको हिलले सर्वाधिक ४५ रन बनाइन् । अर्की ओपनर बोल्ला बो यी सीता राना मगरको हातबाट ९ रनमा एलबीडब्ल्यु आउट […]
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा झापाका पंकजविक्रम नेम्वाङ निर्वाचित भएका छन् । आज सोमबार भएको निर्वाचनमा अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतअन्तरले हराउँदै वरिष्ठ उपाध्यक्ष नेम्वाङ अध्यक्ष चुनिएका हुन् । नेम्वाङले ४५ मत पाउँदा शेर्पाले ३९ मत मात्र पाए । अध्यक्षका अर्का उम्मेदवार राजिव पौडेलले भने एक मत पनि पाएनन् । नेम्वाङ यसअघि […]
झापा । नेपाली राष्ट्रिय महिला क्रिकेट टोली एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा बहराइनलाई ८ विकेटले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । मलेसियाको किनारा ओभलमा वर्षाका कारण ७ ओभरमा घटाइएको खेलमा बहराइनले दिएको १५ रनको लक्ष्य पछ्याएको नेपालले ३ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर्यो । नेपालका […]
झापा । मदन भण्डारी स्पोर्टस एकेडेमीले विभिन्न विधामा राष्ट्रव्यापी खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ । एकेडेमीले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै राष्ट्रव्यापी खेलकुद प्रतियोगिता आयोजना गरिने जनाएको छ । एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले ७१ औं मदन जयन्तीको अवसरमा राष्ट्रिय खेलकुद परिषदको सहकार्यमा विभिन्न विधामा राष्ट्रव्यापी खेलकुद प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी गराए । एकेडेमीले […]
काठमाण्डौ । एसीसी महिला टी–२० च्याम्पियनशिपमा नेपालले आज शनिवार कुवेतसँग खेल्दैछ । खेल मलेसियाको किनरारा मैदानमा नेपाली समयअनुसार दिउँसो पौने १ बजे सुरु हुनेछ । नेपालले हिजो शुक्रवार भएको पहिलो खेलमा भुटानलाई ५० रनले हराएको थियो । तालिकामा नेपालको दुई अङ्क रहेको छ । कुवेत र बहराइनबीचको पहिलो खेल वर्षाले नतिजाविहीन भएको थियो । कुवेतसँग […]
झापा । फिफा विश्वभर फुटबलको अखण्डताको रक्षा गर्न पूर्णरूपमा प्रतिबद्ध संस्था हो। उसले फुटबलमा सट्टेबाजी, जुवा र यस्तै गतिविधिहरूमा विशेष नियम राखेको छ। तर त्यो नियम नेपाली फुटबलमा लागु हुँदैन। किनकी नेपालको मुलुकी अपराध संहिता २०७४ ले सट्टेबाजी र जुवामा प्रतिबन्ध लगाएको छ। नेपालको कानुनअनुसार नेपाली फुटबलमा सट्टेबाजी गर्न्गराउन पाइँदैन। मुलुकी अपराध संहिता २०७४ को […]
बिर्तामोड । झापा गोल्डकपले सहिद स्मारक ‘सी’ डिभिजन लिग च्याम्पियन बनेको झापा फुटबल क्लबका खेलाडी तथा अफिसियललाई नगदसहित सम्मान गरेको छ । बिहीबार बिर्तामोडमा एक कार्यक्रमको आयोजना गरी झापा गोल्ड कपले पुरस्कृत तथा सम्मान गरेको हो । क्लबका खेलाडी तथा अफिसियललाई पुरस्कारस्वरुप जनही ११ हजार रुपैयाँ प्रदान गरिएको थियो । जेठ २० गते सम्पन्न ‘सी’ […]
काठमाडौं । फिफा विश्वकप २०२६ का लागि आयोजक शहर र रंगशालाको घोषणा भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०२६ मा आयोजना हुने फिफा विश्वकप फुटबलको आयोजक शहर र रंगशालाको नाम सार्वजनिक गरेको हो । सन् २०२६ को विश्वकप तीन राष्ट्र अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा आयोजना हुनेछ । जसका लागि १६ […]
झापा । मलेसियामा आजदेखि सुरू एसिसी महिला टी २० च्याम्पियनसिपमा नेपालले विजयी सुरूवात गरेको छ। नेपालले पहिलो खेलमा भुटानमाथि ५० रनको जित निकालेको हो। नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याएको भुटान १७.५ ओभरमा ४४ रनमै अलआउट भयो। भुटानका लागि छिरिङ जाङ्मोले सबैभन्दा बढी १६ रन जोडिन्। उनीबाहेक भुटानका अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्। […]