Sajhamanch Archive

जिम्बावे ‘ए’विरुद्ध नेपाल टस जितेर फिल्डिङ गर्दै

Published: in खेलकुद, मिडियाबाट साभार, समाज by . Leave a Comment on जिम्बावे ‘ए’विरुद्ध नेपाल टस जितेर फिल्डिङ गर्दै.

काठमाडौं । जिम्बावे ए विरुद्धको दोस्रो टी–२० क्रिकेटमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोज्दै जिम्बावेलाई ब्याटिङको निम्तो दिएको हो । नेपाली टिममा एक परपवर्तन गरिएको छ । आरिफ शेखको स्थानमा भीम सार्की पहिलो एघारमा खेल्दैछन् । पहिलो टी–२० खेलमा नेपाल जिम्बावे ए टीमसँग ६ विकेटले […]

एनएसएलका लागि एन्फाले दियो नयाँ मितिएनएसएलका लागि एन्फाले दियो नयाँ मिति

Published: in खेलकुद by . Leave a Comment on एनएसएलका लागि एन्फाले दियो नयाँ मितिएनएसएलका लागि एन्फाले दियो नयाँ मिति.

काठमाडौं । नेपाल स्पोर्टस म्यानेजमेन्टकाले आयोजना गर्ने नेपाल सुपर लिग (एनएसएल) का लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले नयाँ मिति दिएको छ । एन्फाले एनएसएल आयोजनाका लागि भदौ १५ असोज २५ सम्मको समय दिएको नेपाल स्पोर्ट्स म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत सुदिप शर्माले रातोपाटीलाई जानकारी दिए । एनएसएलले यसअघि भदौ २५ बाट कार्तिक ५ गतेको […]

अल्मुताइरीले १४ जना नयाँ खेलाडीलाई प्रशिक्षणमा बोलाए

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on अल्मुताइरीले १४ जना नयाँ खेलाडीलाई प्रशिक्षणमा बोलाए.

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले थप १४ जना नयाँ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको खुलेको छ । खेलाडीसँगको विवादपछि १२ जना खेलाडीले क्याम्प नै छोडेर गएपछि अल्मुताइरीले नयाँ १४ खेलाडी बोलाएका हुन् । नेपालले एएफसी एसियन कप छनोट लागि तयारी गरिरहेको छ । सोही बन्द प्रशिक्षणमा प्रशिक्षकसँग खटपट हुँदा १२ जना […]

प्रशिक्षक अलमुताइरीको व्यवहारप्रति कप्तान किरण असन्तुष्ट

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on प्रशिक्षक अलमुताइरीको व्यवहारप्रति कप्तान किरण असन्तुष्ट.

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेमजोङले प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले खेलाडीप्रति देखाएको व्यवहारमा असन्तुष्टि जनाएका छन्। हाल माल्दिभ्समा रहेका किरणले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो असन्तुष्टि जनाउँदै खेलाडीको पक्षमा रहेको बताएका हुन्। ‘राष्ट्रिय टोलीको प्रशिक्षणमा खेलाडीप्रति प्रशिक्षकबाट गरिएको व्यवहारप्रति मेरो असन्तुष्टि छ। राष्ट्रिय टोलीको क्याम्पमा जायज विषय उठाउँदा खेलाडीलाई क्याम्प नै छोड्न लगाउनु पक्कै […]

एसियन गेम्सः बास्केटबल छनोट वैशाख तेस्रो साता

Published: (Updated: ) in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on एसियन गेम्सः बास्केटबल छनोट वैशाख तेस्रो साता.

काठमाडौं । १९ औं एसियन गेम्स (एसियाड) का लागि नेपाल बास्केटबल संघले महिला बास्केटबल (थ्री बाई थ्री) राष्ट्रिय टिमको प्रारम्भिक छनोट गर्ने भएको छ । बुधबार संघका कार्यबाहक अध्यक्ष भीमसिंह गुरुङले वैशाख १७ र १८ गते राखेप सेमिइन्डोर कभर्डहलमा खेलाडी छनोट कार्यक्रम रहेको जनाए । ‘हामी यु–२३ को लङ नेम छनोट गर्न गइरहेको छौं,’ उनले […]

गुजरातलाई शीर्ष स्थानमा उक्लने मौका

Published: in खेलकुद by . Leave a Comment on गुजरातलाई शीर्ष स्थानमा उक्लने मौका.

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत आज (बुधबार) गुजरात टाइटान्सले सनराइजर्स हैदरावादसँग प्रतिस्पर्धा गर्दैछ । मुम्बईमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ७ः ४५ बजे सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै गुजरात शीर्ष स्थानमा उक्लने योजनामा छ । लिगमा ७ खेल खेलेको गुजरात १२ अंक जोडेर तालिकाको दोस्रो स्थानमा […]

फुटबल खेलाडी संघको अध्यक्षमा विक्रम लामा

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on फुटबल खेलाडी संघको अध्यक्षमा विक्रम लामा.

काठमाडौं । विक्रम लामाको अध्यक्षतामा फुटबल खेलाडी संघको नयाँ कार्यसमिति चयन भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को असार ६ गते हुने केन्द्रीय निर्वाचनका र प्रतिनिधि छनोट तथा नयाँ कार्यसमिति छनोटका लागि आइतबार भएको बैठकले राष्ट्रिय खेलाडी लामालाई चयन गरेको हो । एन्फाको चुनावमा फुटबल खेलाडी संघको एक जनाले मतदान अधिकार पाउने छ […]

राष्ट्रिय खेलकुदमा ३६ खेल समावेश, एसियाली खेलकुदमा २३ खेलमा सहभागिता

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on राष्ट्रिय खेलकुदमा ३६ खेल समावेश, एसियाली खेलकुदमा २३ खेलमा सहभागिता.

बिर्तामोड । सरकारले नवौँ राष्ट्रिय खेलकुदमा ३६ खेल समावेश गर्ने र एसियाली खेलकुदमा नेपालले २३ खेलमा सहभागिता जनाउने निर्णय गरेको छ । शुक्रबार बसेको राष्ट्रिय खेलकुद परिषद -राखेप_ बोर्ड बैठकले नवौँ राष्ट्रिय खेलकुदको खेल संख्या र चीनको होङझोउमा हुने १९औँ संस्करणको एसियाडका लागि सहभागी खेल संख्या निर्धारण गरेको हो । सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा […]

सिंहदरबारमा राखेपको बोर्ड बैठक

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on सिंहदरबारमा राखेपको बोर्ड बैठक.

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठक सुरु भएको छ । सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा अहिले बैठक जारी छ । राखेपको बोर्ड बैठक तीन वर्षदेखि बस्न नसकेको अवस्थामा आज पहिलो पटक बैठक बसेको हो । राखेप सदस्य सचिव टंकलाल घिसिङको प्रस्तावमा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले राखेपको बोर्ड बैठक शुक्रबारका लागि बोलाएका […]

जिम्बाब्वे ए सँगको शृङ्खलाका लागि नेपाली क्रिकेट टोलीको घोषणा

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on जिम्बाब्वे ए सँगको शृङ्खलाका लागि नेपाली क्रिकेट टोलीको घोषणा.

काठमाण्डौ । त्रिवि क्रिकेट मैदानमा हुने जिम्बाब्वे ए सँगको एकदिवसीय र टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले जिम्बाब्वे ए सँगको शृङ्खलाका लागि आज शुक्रवार २३ सदस्यीय नेपाली टोली घोषणा गरेको हो । सन्दीप लामिछाने कप्तान रहेको टोलीमा दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, रोहित […]