Sajhamanch Archive

एपीएफलाई पहिलोपटक आहा रारा गोल्डकपको उपाधि

Published: in खेलकुद, by . Leave a Comment on एपीएफलाई पहिलोपटक आहा रारा गोल्डकपको उपाधि.

पोखरा, आहा रारा गोल्डकपको २०औं संस्करणको उपाधि सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लवले जितेको छ। शनिबार पोखरा रंगशालामा भएको फाइनल खेलमा पेनाल्टीमार्फत् मनाङ मर्स्याड्दी क्लवलाई ५-३ गोलले पराजित गर्दै एपीएफले उपाधि जितेको हो। निर्धारित ९० मिनेट र थप ३० मिनेटको खेलमा दुवै टोलीले दुई-दुई गोलको बराबरी खेलेपछि पेनाल्टी सुटआउटबाट विजेता छनोट गरिएको हो। एपीएफले पहिलोपटक आहारा […]

आहा रारा गोल्डकपको उपाधि भिडन्तमा एपीएफ र मनाङ

Published: in खेलकुद, by . Leave a Comment on आहा रारा गोल्डकपको उपाधि भिडन्तमा एपीएफ र मनाङ.

पोखरा, आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार नेपाल एपीएफ फुटबल क्लब र मनाङ मर्स्याङ्दी क्लब भिड्दै छन्। शनिबार हुने फाइनल खेलसहित मनाङले १२ औँ पटक आहा राराको उपाधि भिडन्त गर्न लागेको हो। उता १४ वर्षपछि फाइनलमा पुगेको एपीएफ पहिलो उपाधिको खोजीमा मैदान उत्रिनेछ। मनाङ सातौँ पटक उपाधि जित्ने लक्ष्यसहित उत्रिने मुख्य प्रशिक्षक प्रशिक्षक […]

क्यानले फिर्ता लियो ज्ञानेन्द्रसहित चार खेलाडीलाई गरेको कारबाही, सोमपाल पुन: ग्रेड ‘ए’ मा

Published: in खेलकुद, by . Leave a Comment on क्यानले फिर्ता लियो ज्ञानेन्द्रसहित चार खेलाडीलाई गरेको कारबाही, सोमपाल पुन: ग्रेड ‘ए’ मा.

काठमाडौं- नेपाल क्रिकेट संघ ९क्यान०ले निवर्तमान कप्तान ज्ञानेन्द्र मल्लसहित चार जना खेलाडीलाई गरेको अनुशासन सम्बन्धित कारबाही फिर्ता लिएको छ। बिहीबार भैरहवामा बसेको क्यानको कार्यसमिति बैठकले मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमल ऐरीलाई गरेको कारबाही फिर्ता लिने निर्णय गरेको हो। क्यानले गत मंसिर २९ गते अनुशासन उल्लघंन गरेको भन्दै नियमित कप्तान मल्ल र उपकप्तान […]

इरान बन्यो एसियाबाट विश्वकपमा छनोट हुने पहिलो देश

Published: in खेलकुद, by . Leave a Comment on इरान बन्यो एसियाबाट विश्वकपमा छनोट हुने पहिलो देश.

एजेन्सी, विश्वकपको एसियाली छनोटको माध्यमबाट यही वर्ष कतारमा हुने फिफा विश्वकपमा छनोट हुने इरान पहिलो देश बनेको छ। बुधबार रातिको खेलमा इराकलाई १-० गोलले हराउँदै विश्वकपमा स्थान सुरक्षित गरेको हो। त्यसो त आयोजक देश कतार यसअघि नै विश्पकप खेल्न छनोट भइसकेको छ। तर, कतार आयोजक देशका हिसाबले छनोट भएको हो। तर, एसियाबाट छनोटको माध्यम हुँदै […]

आर्मीलाई टाइब्रेकरमा हराउँदै मनाङ आहा रारा गोल्डकपको फाइनलमा

Published: (Updated: ) in खेलकुद, by . Leave a Comment on आर्मीलाई टाइब्रेकरमा हराउँदै मनाङ आहा रारा गोल्डकपको फाइनलमा.

पोखरा, त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा हराउँदै मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी २०औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा आर्मीलाई टाइब्रेकरमा ४-३ गोल अन्तरले हराउँदै मनाङ फाइनल पुगेको हो। खेलको निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेलको छिनोफानो टाइब्रेकरबाट गरिएको थियो। […]

पावेलको शतकाले इंग्ल्यान्डविरुद्ध वेस्ट इन्डिजलाई अग्रता

Published: in खेलकुद, by . Leave a Comment on पावेलको शतकाले इंग्ल्यान्डविरुद्ध वेस्ट इन्डिजलाई अग्रता.

एजेन्सी, दक्षिण अफ्रिकामा जारी पाँच खेलको ट्वान्टी २० सिरिजको तेस्रो खेलमा जीत निकाल्दै आयोजक वेस्ट इन्डिजले इग्ल्यान्डविरुद्ध २-१ को अग्रता बनाएको छ। बुधबार राति सम्पन्न टी २० सिरिजको तेस्रो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले २० रनको जीत निकालेको हो। वेस्ट इन्डिजलाई जीत दिलाउन रोवमन पावेलले ५३ बलदमा १०७ रन प्रहार गरे। उनको […]

आहा रारा गोल्डकपमा फाइनल पुग्न मनाङ र आर्मी भिड्दै

Published: in खेलकुद, by . Leave a Comment on आहा रारा गोल्डकपमा फाइनल पुग्न मनाङ र आर्मी भिड्दै.

पोखरा, पोखरामा जारी २०औं संस्करणको आहा रारा गोल्डकपको दोस्रो सेमिफाइनल खेल आज हुँदैछ। पोखरा रंगशालामा दिउँसो साढे दुई बजे सुरु हुने खेलमा फाइनल प्रवेशका लागि मनाङ मर्स्याङ्दी क्लबले विभागीय त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ। आर्मीले यसअघि पाँच पटकको विजेता टिम थ्रीस्टार क्लबलाई हराएर फाइनल प्रवेश गरेको हो। उक्त खेल आर्मीले १-० गोलअन्तरले जितेको थियो। यता […]

आहा रारा गोल्डकप : लिगलिडर मछिन्द्र पराजित, एपीएफ फाइनलमा

Published: in खेलकुद, by . Leave a Comment on आहा रारा गोल्डकप : लिगलिडर मछिन्द्र पराजित, एपीएफ फाइनलमा.

काठमाडौं– पोखरामा जारी आहा रारा गोल्डकपको २० औं संस्करणको सेमिफाइनल खेलमा हार बेहोर्दै सहिद स्माकर ए डिभिजन लिगको लिगलिडर मछिन्द्र फुटबल क्लब बाहिरिएको छ। पोखरा रंगशालामा सम्पन्न पहिलो सेमिफाइनल खेलमा विभागीय टिम एपीएफले मछिन्द्रलाई ३–१ गोलले हराएर फाइनल पुगेसँगै मछिन्द्र बाहिरिएको हो। एपीएफलाई जित दिलाउन प्रदीप लामा, शनिस श्रेष्ठ र नवीन लामाले गोल गरे। खेलको […]

भारतविरुद्धको एकदिवसीय सिरिजमा दक्षिण अफ्रिकाको कब्जामा

Published: in खेलकुद, by . Leave a Comment on भारतविरुद्धको एकदिवसीय सिरिजमा दक्षिण अफ्रिकाको कब्जामा.

एजेन्सी,भारतविरुद्धको एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिकाले ‘क्लिन स्वीप’ गरेको छ। आइतबार भएको तेस्रो एकदिवसीयमा ४ रनको रोमाञ्चक जित हात पार्दै ‘क्लिन स्वीप’ गरेको हो। आइतबार भएको खेलमा दक्षिण अफ्रिकाले जितको लागि २८८ रनको लक्ष्य दिएको थियो। पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४९ ओभर ५ बल खेल्दै सबै विकेट गुमाएर २८७ रन बनाएको थियो। दक्षिण अफ्रिकाका लागि […]

कोपा डेल रेः रियल मड्रिडको जीत, अर्को खेलमा बार्सिलोना पराजित

Published: (Updated: ) in खेलकुद, by . Leave a Comment on कोपा डेल रेः रियल मड्रिडको जीत, अर्को खेलमा बार्सिलोना पराजित.

एजेन्सी, स्पेनिस कोपा डेल रे अन्तर्गत बिहीबार राति सम्पन्न खेलमा रियल मड्रिड र एथलेटिक्स क्लबले जीत निकालेका छन्। अन्तिम १६ को खेलअन्तर्गत बिहीबार राति यी दुई क्लबले जित निकाल्दा एल्चे र बार्सिलोनाले भने हार बेहोरेका हुन्। म्यानुएल मार्टिनेज वलेरोमा सम्पन्न खेलमा रियलका मार्सेल्लो वेराले खेलको १०२औं मिनेटमा रातो कार्डको सजाय पाएका थिए। यससँगै रियल १० […]