एजेन्सी – विश्व नम्बर एक टेनिस खेलाडी तथा सर्बियाली नागरिक नोभाक जोकोभिच अस्ट्रेलियाबाट देशनिकाला गरिएका छन् । ३४ वर्षीय जोकोभिचको भिसा रद्द गर्ने सरकारको फैसलालाई संघीय अदालतले सदर गरेपछि उनलाई अस्ट्रेलियाबाट देशनिकाला गरिएको हो । सर्बियाली नागरिक जोकोभिचको भिसा रद्द गर्ने सरकारको निर्णयलाई अदालतले कानुनसम्मत भनेको छ । अदालतका तीन न्यायाधीशहरूले सर्वसम्मतिले उनको भिसा रद्द […]
काठमाडौं– सहिद स्मारक ए डिभिजन लिगको ६१ औं खेलमा मछिन्द्र फुटबल क्लबले ब्रिगेड व्याइज क्लबमाथि ४–० गोलको जीत निकालेको छ। दशरथ रंगशालामा आइतबार दिउँसो सम्पन्न खेलमा मछिन्द्र क्लबले सहज जीत निकालेको हो। पहिको हाफ गोलरहित बराबरी भए पनि दोस्रो हाफमा मछिन्द्रले ४ गोल गर्यो। मछिन्द्रलाई जीत दिलाउन विमल घर्ती मगरले दुई गोल र एक एसिस्ट […]
काठमाडौं। शहीद स्मारक ए डिभिजन लिग क्लब च्यासल युथ क्लबका १९ जना खेलाडीमा कोरोना संक्रमण भएको छ। आइतबार क्लबका १९ जना खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको हो। ए डिभिजन लिगका निर्देशक सञ्जिव मिश्रका अनुसार च्यासलका खेलाडीमा कोरोना देखिएपछि आज हुने तय भएको नेपाल पुलिस क्लबसँगको खेल रद्द भएको छ। आज दिनको दोस्रो खेलमा च्यासल र […]
काठमाडौं । खेलाडीमा कोरोना संक्रमणको शंका भएपछि प्रधानमन्त्री कपअन्तरगत आजका लागि तय भएको नेपाल पुलिस क्लब र प्रदेश–१ बीचको खेल स्थागित भएको छ । त्रिवि क्रिकेट मैदानमा जारी प्रतियोगितअन्तरगत स्थगित भएको आजको खेल कहिले हुने भन्ने तोकिएको छैन् । खेलाडीको कोरोना परीक्षणपछि मात्रै खेलको नयाँ मिति तोकिने क्यानले जनाएको छ । आजको दोस्रो खेल भने […]
भरतपुर, गौतम बुद्ध क्रिकेट रङ्गशाला निर्माणका लागि सहयोग गरेकी ९१ वर्षीय हरिमाया सिलवाललाई एउटै चिन्ता छ, “रङ्गशाला बन्छ वा बन्दैन रु” मुटु र मधुमेहको समस्याबाट ग्रसित भरतपुर–२, आँपटारी निवासी हरिमायाले औषधिका लागि जोहो गरेर राखेको रकममध्ये २३ हजार रुपियाँ रङ्गशाला निर्माण गर्न दिएकी थिइन् । उनको आम्दानी भनेकै सरकारले उपलब्ध गराउने गरेको वृद्ध भत्ता हो […]
काठमाडौं– प्रधानमन्त्री कप पुरुष राष्ट्रिय टी २० क्रिकेट प्रतियोगितामा बिहीबार गण्डकी प्रदेशलाई हराउँदै विभागीय टिम एपीएफ सेमिफाइनल नजिक पुगेको छ। काठमाडौंको मूलपानी क्रिकेट मैदानमा दिउँसो सम्पन्न खेलमा एपीएफले लगातार तेस्रो जित निकालेपछि सेमिफाइनल नजिक पुगेको हो। बिहीबारको जितपछि उसले समूह बीमा ६ अंक बनाएको छ। दोस्रो स्थानको बागमती प्रदेशको दुई अंक मात्र छ। समूह चरणका […]
काठमाडौ, ब्याडमिन्टनमा इतिहास रचेर नेपालका प्रिन्स दाहाल विश्व ब्याडमिन्टनको जुनियरतर्फको वरीयतामा शीर्ष स्थानमा उक्लेका छन्। विश्व ब्याडमिन्टन महासङ्घले जारी गरेको पुरुष जुनियरतर्फको वरीयताअनुसार १९ वर्षीय दाहाल पहिलोपटक शीर्ष स्थानमा पुगेका हुन्। उनको १० हजार ५ सय अङ्क छ। महासङ्घले जारी गरेको वरीयताअनुसार जुनियरतर्फ दोस्रो वरीयतामा मलेसियाका जस्टिन होह हुन्। उनको ९ हजार ५ सय ९० […]
एजेन्सी, युभेन्टसमाथि २-१ को रोमाञ्चक जीत हात पार्दै घरेलु टोली इन्टर मिलानले इटालियन सुपर कपको उपाधि हात पारेको छ । सान सिरोमा आज बिहान सम्पन्न फाइनलमा सुरुवाती अग्रता जोगाउन नसक्दा युभेन्टस स्तब्ध बन्यो । खेलको २५ औं मिनेटमा वेस्टन म्याकेनीको गोलबाट युभेन्ट्सले खेलमा सुरुवाती अग्रता लिएको थियो । म्याकेनीले अल्भारो मोराटाले उपलब्ध गराएको बललाई पोस्टको […]
चरीकोट, दोलखाको कालिञ्चोक कुरीमा कुरी स्की एड्भेन्चर सेन्टरु निर्माण हुन लागेको छ । संस्कृित, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानले गुरुयोजना तयार पारिसकेकाले डीपीआर तयार गरी यो सेन्टर निर्माण गर्ने तयारी भइरहेको प्रतिष्ठानका निर्देशक उत्तम भट्टराईले जानकारी दिए । उनका अनुसार नेपाल सरकारको करिब पाँच लाख रुपियाँ लागतमा गुरुयोजना तयार भइसकेको […]
बिर्तामोड । यहाँस्थित मनकामना कलेजमा सञ्चालित सप्ताहब्यापी खेलकुद प्रतियोगिता अन्तरगत भलिबल र फुटसलको फाइनल खेल सम्पन्न गरी नगद पुरस्कार, ट्रफी तथा पदक वितरण गरिएको छ । मनकामना कलेजको मातृसंस्था कौटिल्य एजुकेशन फाउन्डेसनका अध्यक्ष कुमार बस्नेतको प्रमुख आतिथ्यमा भलिबल र फुटसल प्रतियोगिताका फाइनलिष्टहरुलाई नगद पुरस्कार तथा ट्रफी प्रदान गरिएको हो । खेलकुद प्रतियोगिताका संयोजक कुमार थपलियाका […]