काठमाडौ । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा) तीन वर्षको सम्झौता गरेका छन्। प्रशिक्षक अलमुताइरीले एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार फुटबल एशोसिएसनका प्रतिनिधिसँगको छलफलपछि आफूले थप तीन वर्षका लागि नयाँ सम्झौता गरेको जानकारी दिएका छन्। प्रशिक्षक अलमुताइरीले सामाजिक सञ्जालबाट आफूले सम्झौता नवीकरण गरेको बताएका हुन्। यसअघि […]
विराटनगर । प्रदेश १ खेलकुद विकास बोर्डले १४ वटै जिल्लाहरुका खेलकुद विकास समितिहरुमा नियुक्त अध्यक्ष र उपाध्यक्षलाई आज सपथ ग्रहण गराएको छ । सामाजिक विकास मन्त्री तथा खेलकुद विकास बोर्डका अध्यक्ष बलबहादुर साम्सोहाङको उपस्थितिमा बोर्ड उपाध्यक्ष बाबा मेन्याङ्वोले नवनियुक्त अध्यक्ष र उपाध्यक्षलाई सपथ गराएका हुन् । खेलकुद विकास बोर्डले बुधबार १४ वटै जिल्लामा अध्यक्ष र […]
काठमाडौं । सरकारले साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुटबल टोलीका खेलाडीहरूलाई जनही पाँच लाख रुपैयाँ दिने भएको छ । आज (सोमबार) बसेको मन्त्रिपरिषद्को बैठकले खेलाडीहरूलाई ५–५ लाख र प्रशिक्षकहरूलाई ३–३ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । शनिबार राति भएको साफ च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग ३–० गोलअन्तरले पराजित भएको थियो । […]
काठमाडौं । टी–२० विश्वकप क्रिकेटमा ओमानले शानदार सुरुवात गरेको छ । आज आइतबार भएको पहिलो खेलमा घरेलु टोली ओमानले पपुवा न्यूगिनीलाई १० विकेटले हराएको हो । ओमान क्रिकेट एकेडेमी ग्राउण्डमा पपुवा न्यूगिनीले दिएको १३० रनको लक्ष्य घरेलु टोलीले मात्र १३ दशमलव ४ ओभरमा विकेट नगुमाई भेट्टायो । उसका लागि जितेन्दर सिंहले अविजित ७३ रन बनाउँदा […]
काठमाडौं । साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपालले आज ९शनिबार० भारतको सामना गर्दैछ । खेल नेपाली समय अनुसार बेलुका पौने ९ बजे माल्दिभ्सको मालेस्थित राष्ट्रिय रङ्गशालामा हुनेछ । आज दुवै टिम उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन् । पाँच राष्ट्र सहभागी राउण्ड रोबिन लिगको आधारमा भएको प्रतियोगिताको शीर्ष स्थानमा रहेर भारतले फाइनल खेल्न लागेको हो […]
काठमाण्डौ । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप २०२१ मा नेपाल फाइनल प्रवेश गरेको छ। बुधबार माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा भएको खेलमा बंगलादेशलाई बराबरीमा रोक्दै नेपाल पहिलो पटक फाइनलमा पुगेको हो। नेपालले बंगलादेशविरूद्ध दोस्रो हाफमा गोल गरेको थियो। नेपालका लागि अन्जन विष्टले ८८ औं मिनेटमा पेनाल्टीमार्फत् गोल गरेका हुन्। बंगलादेशका सुमन रेजाले नेपालविरूद्ध खेलको नवौं मिनेटमा […]
दमक । दमकमा सञ्चालित पाँचौ अन्तर मिडिया कप डबल व्याडमिन्टन प्रतियोगिताको उपाधि दमकको हरप्रहर मिडियाले जितेको छ । दमक ६ स्थित दमक व्याडमिन्टन क्लबको कभर्ड हलमा आइतबार सम्पन्न प्रतियोगिताको उपाधि खेलमा हरप्रहरले बिर्तामोडको आँगन एफएमलाई हराउँदै जीत हासिल गरेको हो । हरप्रहरबाट सुसन राई, कविराज राई र आँगनबाट इन्द्रजित मुखिया र उमाकान्त खनाल सहभागी थिए […]
काठमाडौं । भीम सार्कीको ६३ रन र कमलसिंह ऐरीको चार विकेटमार्फत चितवन टाइगर्स पोखरा राइनोजलाई चार विकेटले हराउँदै एभरेस्ट प्रिमियर लिग ९ईपीएल० ट्वान्टी–२० क्रिकेटको उपाधि जितेको छ । आज (शनिबार) कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको पोखराले १७.५ ओभरमा सबै विकेट गुमाएर १११ रन बनाएको थियो । ११२ रनको लक्ष्य चितवनले १५।५ […]
इलाम । इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा जारी कान्दुक भेट्रान फाइभ ए साइड फुटसल प्रतियोगिता अन्तरगत उपाधिको लागि इलाम भेट्रान्स र दार्जिलिङ भेट्रान्स बीच प्रतिस्पर्धा हुने भएको छ । शुक्रबार भएको सेमीफाइनल खेलमा इलामले सूर्योदय भेट्रान्स र दार्जिलिङले आहाले भेट्रान्सलाई हराउँदै उपाधि भेट पक्का गरेका हुन् । पहिलो सेमीफाइनल खेलमा दार्जिलिङले आहालेलाई ९–४ गोल अन्तरले पराजित […]
बिर्तामोड । बडादसैँको अवसरमा झापाको बिर्तामोडमा ‘अन्तर्राष्ट्रिय भूतपूर्व फौजी च्यालेन्ज कप २०७८’ हुने भएको छ । भारतीय गोर्खा भूतपूर्व सैनिक संघ बिर्तामोडको आयोजनामा बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा यही असोज २३ गतेदेखि पूर्वसैनिक तथा प्रहरीहरु सम्मिलित फुटबल प्रतियोगिता हुने भएको अध्यक्ष डिके गुरुङले जानकारी दिए । नेपाल तथा भारतका छ टिम सहभागी हुने प्रतियोगिताको फाइनल खेल […]