Sajhamanch Archive

हैदरावादलाई पराजित गर्दै मुम्बई आईपीएलको शीर्ष स्थानमा

Published: in खेलकुद, मिडियाबाट साभार, by . Leave a Comment on हैदरावादलाई पराजित गर्दै मुम्बई आईपीएलको शीर्ष स्थानमा.

काठमाडौं । साविक विजेता मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग आईपीएलमा लगातार दोस्रो जित हात पार्दै शीर्ष स्थानमा उक्लेको छ । पहिलो खेलमै पराजित भएको मुम्बईले त्यसयता लगातार दोस्रो खेल जित्ने क्रममा शनिबार राति सनराईजर्स हैदरावादलाई १३ रनले पराजित गरेको हो । जितपछि रोएल च्यालेन्जर्स समान ४ अंक जोडेको मुम्बई रनरेटका आधारमा अगाडि छ । मुम्बईले […]

कनकाई भेट्रान कपमा आयोजकको विजयी सुरुवात

Published: (Updated: ) in खेलकुद, विविधा by . Leave a Comment on कनकाई भेट्रान कपमा आयोजकको विजयी सुरुवात.

सुरुङ्गा । झापाको सुरुङ्गामा आयोजित कनकाई भेट्रान कप फुटबल प्रतियोगितामा आयोजक कनकाई भेट्रान क्लबले विजयी सुरुवात गरेको छ । जीतसँगै आयोजक सेमिफाइनलमा प्रवेश गरेको छ । कनकाई माविको खेलमैदानमा शनिबारदेखि सुरु प्रतियोगितामा आयोजकले ३–० गोलअन्तरले भद्रपुर भेट्रान क्लबलाई पराजित गरेको हो । आयोजकका लागि तीन वटै गोल दोस्रो हाफमा सम्भव भएको थियो । प्रतिस्पर्धात्मक खेलमा […]

झापा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

Published: in खेलकुद, विविधा by . Leave a Comment on झापा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु.

चन्द्रगढी । झापामा जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता बाह्रौँ संस्करण उद्घाटनसँगै खेल सुरु भएको छ । भद्रपुरस्थित मेची रंगशालामा शुक्रबार सुरु भएको प्रतियोगिताको एक समारोहका बीच १ नम्बर प्रदेशसभा सदस्य वसन्त बानियाँले उद्घाटन गरे । जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलको अध्यक्षतामा आयोजित समारोहमा प्रमुख अतिथि बानियाँले विद्यालय तहदेखि नै खेलकुदमा सहभागी गराई खेलकुदमा सक्षम […]

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा खोटाङका ८४ खेलाडी

Published: in खेलकुद, मिडियाबाट साभार, by . Leave a Comment on राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा खोटाङका ८४ खेलाडी.

खोटाङ । खोटाङमा १२ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताअन्तर्गत शुक्रबारदेखि जिल्लास्तरीय प्रतियोगिता शुरु भएको छ । जिल्लाका स्थानीय तहबाट छनोट भएर आएका खेलाडीबीच प्रतिस्पर्धा गराएर प्रदेशस्तरीय प्रतियोगिताका लागि ८४ जना खेलाडी पठाउने उद्देश्यले प्रतियोगिता शुरु गरिएको हो । दिक्तेलस्थित माटीकोरे खेलमैदानमा तीनदिनसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका पाँच स्थानीय तहमा सञ्चालित माध्यमिक तहमा अध्ययनरत खेलाडी सहभागी […]

विराटनगरमा दोस्रो ऋचा स्मृति टी–ट्वान्टी क्रिकेट हुने

Published: in खेलकुद, by . Leave a Comment on विराटनगरमा दोस्रो ऋचा स्मृति टी–ट्वान्टी क्रिकेट हुने.

काठमाडौं । दोस्रो सिजनको ऋचा स्मृति टी–ट्वान्टी क्रिकेट प्रतियोगिता मोरङको विराटनगरमा हुने भएको छ । पूर्वाञ्चल क्रिकेट एकेडेमीको आयोजनामा यही वैशाख १५ देखि २२ गतेसम्म प्रतियोगिता हुन लागेको हो । बैजनाथपुर क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगितामा देशभरका १२ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले नगद एक लाख, उपविजेताले ५० हजार रुपैयाँ पाउनेछ […]

आईपीएलमा दिल्लीलाई पराजित गर्दै राजस्थान विजयी

Published: in खेलकुद, by . Leave a Comment on आईपीएलमा दिल्लीलाई पराजित गर्दै राजस्थान विजयी.

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएलमा दिल्ली क्यापिटल्सलाई पराजित गर्दै राजस्थान रोयल्स विजयी भएको छ । बिहीबार राति भएको खेलमा राजस्थानले क्यापिटल्सलाई ३ विकेटले पराजित गरेको हो । सुरुमा ब्याटिङ गरेको क्यापिटल्सले पूरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १४८ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य राजस्थानले १९।४ ओभरमै ७ विकेट गुमाएर पूरा गरेको […]

विराट गोल्डकपः विराटनगरलाई हराउँदै एपीएफ फाइनलमा

Published: in खेलकुद, प्रदेश तह, विविधा by . Leave a Comment on विराट गोल्डकपः विराटनगरलाई हराउँदै एपीएफ फाइनलमा.

विराटनगर। विराटनगरमा जारी छैठौं विराट गोल्डकपमा बिभागीय टिम सशस्त्र प्रहरी (एपीएफ) काठमाण्डौं फाइनलमा प्रवेश गरेको छ । सहिद मैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा घरेलु टिम विराटनगर ११ लाई ३–२ गोलले हराउँदै एपीएफ फाइनलमा प्रवेश गरेको हो । जितसँगै एपीएफले छैठौं संस्करणको उपाधि जित्नको लागि संकटा व्वाइज स्पोटिङ्ग क्बल काठमाण्डौं र भारतको पंजाव पुलिस क्लबको […]

कमल गाउँपालिकामा सञ्चालित तेह्रौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि वण्डरल्याण्डकोे पोल्टामा

Published: in खेलकुद, स्थानीय तह by . Leave a Comment on कमल गाउँपालिकामा सञ्चालित तेह्रौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि वण्डरल्याण्डकोे पोल्टामा.

कमल । कमल गाउँपालिकामा सञ्चालित तेह्रौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि वण्डरल्याण्ड अग्रेजी वोर्डिङ्ग स्कुलको पोल्टामा परेको छ । वण्डरल्याण्डले स्वर्ण १६, रजत २,कास्य ६ गरी जम्मा २४ पदक जितेर प्रथम भएको हो । त्यस्तै प्रतियोगितामा स्वर्ण ४, रजत ८, कास्य ५ गरी जम्मा १७ पदक जितेर शहिद धर्मभक्त माध्यमिक विद्यालयले द्वितीय स्थान ओगटेको हो […]

आईपीएल क्रिकेटमा पञ्जाबले राजस्थानलाई चार रनले हरायो

Published: in खेलकुद, मिडियाबाट साभार, by . Leave a Comment on आईपीएल क्रिकेटमा पञ्जाबले राजस्थानलाई चार रनले हरायो.

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा पञ्जाब किङ्ग्सले राजस्थान रोयल्सलाई चार रनले हराएको छ । जितका लागि २ सय २२ रनको लक्ष्य पाएको राजस्थानले २० ओभरमा ७ विकेट गुमाएर २ सय १७ रन मात्रै बनाउन सक्यो । राजस्थानका कप्तान सञ्जु सामसनले १ सय १९ रन बनाए पनि हार टार्न भने सकेनन् । पञ्जाबका अर्शदीप […]

झापामा राष्ट्रपति रनिङ शिल्डको तयारी अन्तिम चरणमा

Published: (Updated: ) in खेलकुद, विविधा by . Leave a Comment on झापामा राष्ट्रपति रनिङ शिल्डको तयारी अन्तिम चरणमा.

बिर्तामोड । १२ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितको जिल्लास्तरीय छनोटको तयारी झापामा अन्तिम चरणमा पुगेको छ । झापा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख टहलदास मैनालीका अनुसार झापामा यही बैशाख ३, ४ र ५ गते मेची रंगशालामा छनोट खेल हुनेछन् । झापाका ८ वटा नगरपालिका र ७ वटा गाउँपालिकाबाट छानिएर आएका खेलाडीले जिल्लाको छनोट प्रतियोगितामा […]