Sajhamanch Archive

के हामी आफ्नो यौन जीवनबाट सन्तुष्ट छौं ?

Published: in टिप्स/जानकारी by . Leave a Comment on के हामी आफ्नो यौन जीवनबाट सन्तुष्ट छौं ?.

दाम्पत्य जीवनमा यौनको खास भूमिका रहन्छ । श्रीमान र श्रीमतीबीच जति प्रगाढ र विश्वसनिय सम्बन्ध छ, उत्तिनै उनीहरुको यौन जीवन पनि आनन्दायक हुन्छ । तर, दम्पतीबीच गुनासो, अविश्वास, आशंका, असहयोगको स्थिति छ भने उनीहरुले यौन जीवनबाट भरपुर आनन्द लिन सक्दैनन् । यद्यपि कतिपय अवस्थामा हामीले चाहेर पनि आफ्नो यौन जीवनलाई आनन्ददायक बनाउन सक्दैनौं । यसमा […]

आन्तरिक सुन्दरताको खोजी

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on आन्तरिक सुन्दरताको खोजी.

हामी किन सुन्दर देखिन चाहन्छौं ? हरेकभित्र यो मनोविज्ञान यसरी विकास भएको हुन्छ कि सबैलाई आकर्षित गर्न सकियोस् । आफ्नो रुपरंग, आवरणबाट अरुलाई प्रभावित बनाउन सकियोस् । यो स्वभाविक मोह हो । हामी चाहन्छौं, सबैले आफुलाई रुचाएको । सबैजना आफुबाट प्रभावित भएको । यही कारण हामी मेकअप गर्न, राम्रो लुगा लगाउन, गरगहना लगाउन प्रेरित हुन्छौं […]

स्मार्टफोनमा लिप्त बालबच्चा मानसिक समस्याको जोखिममा

Published: in टिप्स/जानकारी, स्वास्थ्य by . Leave a Comment on स्मार्टफोनमा लिप्त बालबच्चा मानसिक समस्याको जोखिममा.

एक अध्ययन अनुसार १० वर्षभन्दा ठूला ५० देखि ६० प्रतिशत बच्चाहरुले आफ्नो दिनको १५ देखि २५ प्रतिशत समय स्क्रिनको अगाडि बिताउने गरेका पाइन्छ । यस हिसाबले पहिलेको तुलनामा अहिलेका बच्चामा डिजिटल कुराहरु बुझ्ने क्षमता धेरै छिटो र तिव्र रुपमा विकसित भइरहेको छ । यसैले बच्चा कम उमेरमा नै गेम खेल्न, म्युजिक बजाउन, भिडियोहरु हेर्न र […]

नपुसंकता : कारण र उपचार

Published: in टिप्स/जानकारी by . Leave a Comment on नपुसंकता : कारण र उपचार.

कुनै पनि व्यक्तिमा हुने प्रजनन् क्षमताको ह्रासलाई नै नपुंसकता भन्ने गरिन्छ । विभिन्न कारणले पुरुष या महिलामा समेत नपुंसकता हुने गर्छ । पुरुषमा नपुंसकता हुन्छ भने महिलालाई यही प्रकृतिलाई बाँझोपनाको नामले चिन्ने गरिन्छ । नपुंसकताको प्रकार र त्यसको कारण निम्नानुसारको छन् । नपुंसकता दुई किसिमको हुन्छ १. प्राथमिक नपुंसक यो किसिमको नपुंसकता त्यस्ता पुरुषहरूमा हुन्छ […]

डिप्रेसनसँग हार्ने होइन, हराउनुहोस्

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on डिप्रेसनसँग हार्ने होइन, हराउनुहोस्.

व्यक्ति कहिलेकाहीँ डिप्रेसनको पासोमा आउँछ । त्यसले मान्छेमा उदासीनताको बिउ पनि जगाउने गर्छ । त्यही उदासीनता कहिलेकाहीँ यति धेरै प्रभावशाली हुन्छ कि उसले आफ्नै अस्तित्व शून्य देख्न थाल्छ । यही शून्यताले मान्छेलाई मृत्युको मुखमा पु¥याउँछ । आफूलाई अस्तित्वविहीन देखेपछि मान्छेले मृत्युको बाटो समेत अपनाउन सक्छ । भनिन्छ, विश्वका दुई तिहाइ मान्छे तनावको चक्रमा छन् । […]

सम्भोगका सीमा र सर्तहरु

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on सम्भोगका सीमा र सर्तहरु.

यौन सम्पर्क जिन्दगीको एउटा महत्वपूर्ण रमाइलो क्षण हो । यसलाई लिएर सबैको मनमा कैयौं किसिमका जिज्ञासाहरू समेत व्यक्त गर्ने गर्छन् । यससँग जोडिएका कैयौं जटिल विषयहरु हुन्छन् जसको बारेमा आजसम्म जवाफ पाउन मुस्किल छ । यो सवालको जवाफ खोज्नको लागि ती मान्छेहरु किताब या इन्टरनेटको सहारा लिने गर्छन् । तर कैयौं किताब र लेख पढ्दा […]

मान्छे जन्मजात खराब हुन्छ वा परिवन्धले ?

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on मान्छे जन्मजात खराब हुन्छ वा परिवन्धले ?.

संसारमा मान्छेका लागि जेल (अहिले सुधारगृह भनिन्छ) बनेका छन् । मान्छेका लागि विभिन्न किसिमको सजायको व्यवस्था गरिएको छ । मान्छेका लागि कानुन र नियमहरु बनाइएका छन् । किन ? कुनै जीवजन्तुको लागि न जेल छ, न कुनै कानुन–नियम । जबकी विवेकशिल भनिएका मान्छेका लागि किन जेल बनाउनु परेको ? किन कानुन बनाउनु परेको ? किनभने […]

यौन सम्पर्कका बेला यी कुराले चिन्तित हुन्छन् पुरुष

Published: in टिप्स/जानकारी by . Leave a Comment on यौन सम्पर्कका बेला यी कुराले चिन्तित हुन्छन् पुरुष.

आम रुपमा यौन सम्बन्धलाई लिएर महिलाको मनमा डर र संशय रहेको हुन्छ भन्ने बुझिन्छ । जस्तो, उनीहरु आफ्नो फिगर, लुक्स र व्यक्तित्वलाई लिएर धेरै सोच्छन् । पुरुषको मनमा अन्तरङ्ग सम्बन्धलाई लिएर खासै चिन्ता हुँदैन र उनीहरुको एउटै उद्देश्य आफ्नो महिला पार्टनरलाई सन्तुष्टि महसुस गराउन केन्द्रीत रहन्छ भनिन्छ । तर, पुरुषहरु पनि शारिरीक सम्बन्धका दौरान चिन्तित […]

पूर्व किशोरावस्था : ख्याल राख्नुपर्ने केही कुरा

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on पूर्व किशोरावस्था : ख्याल राख्नुपर्ने केही कुरा.

वाल्यअवस्था पार गरिसकेपछि र किशोरावस्थामा प्रवेश गर्नुअघिको उमेर–चरण हो निकै संवेदनशिल मानिन्छ । शारीरिक, मानसिक हिसाबले तीब्र विकास र परिवर्तनको चरण हो यो । त्यसैले यतिबेला उनीहरु भावनात्मक रुपले अस्थिर हुन्छन् । ९ देखि १२ बर्षबीचको उमेर चरण, जसलाई पूर्व किशोरावस्था भनिन्छ । यो यस्तो अवस्था हो, जुन अवस्थामा न उनीहरु बुवाआमाको पूर्ण निगरानी रुचाउँछन्, […]

सम्भोगको लत के हो ?

Published: in टिप्स/जानकारी by . Leave a Comment on सम्भोगको लत के हो ?.

सम्भोग आममानिस वा पशुपन्छीको लागि अत्यावश्यक कुरा हो । सम्भोगको तीव्र इच्छालाई दमन गर्ने हो भने यसले यौन गतिविधिमा नै सोच सीमित गर्न पुग्दा यसको सिधा असर अरु काममा समेत पर्न सक्छ । जसको यौन जीवन सामान्य हुन्छ, उनीहरुमा समेत यस्तो समस्या हुन सक्छ । यस्ता व्यक्ति यौन गतिविधि र कल्पनाहरुबाटै उत्तेजना महसुस गर्ने गर्छन् […]