काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ताहरु किशोर पौडेल, जगन्नाथ दुलाल र अनुपम भट्टराईले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कानुन मन्त्रालय र संघीय संसद् सचिवालयलाई विपक्षी बनाई सभामुख र उपसभामुखविरुद्ध रिट दायर गरेका हुन् । प्रतिनिधिसभाका लागि हुने अर्को निर्वाचनको उम्मेदवारी दाखिल गर्ने अघिल्लो दिनसम्म मात्र […]
अर्जुनधारा । झापाको बिर्तामोड–४ स्थित शिक्षा बहुद्देश्यीय सहकारी संस्थाको १०औं साधारणसभा अन्तरगत आज शनिश्चरे सेवा केन्द्रबाट इकाईगत साधारणसभा सम्वन्न भएको छ । अर्जुनधारास्थित अर्जुनधारा धामको सभाहलमा आज सम्पन्न इकाइगत साधारणसभा मार्फत माइन्युट प्रमाणिकरणका लागि प्रतिनिधि पनि छनोट गरिएको हो । संस्थाका अध्यक्ष सुव्रत न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका उपप्रमुख खग्गमाया पराजुली रहेकी […]
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले सडक अतिक्रमण गरी पैदल यात्रीलाई हिडडुल गर्न समस्या भएको भन्दै सडक अतिक्रमण हटाउने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै नगर भित्रका सडकहरुमा छाप्रा, टहरा सडक किनारामा राखिएका निर्माण सामाग्रीहरु हटाई दिन आग्रह गरेको हो । शिवसताक्षी नगरपालिकाले सुन्दर नगर निर्माण गर्ने उद्देश्यका साथ पहिलो चरणमा सडक अतिक्रमण हटाउन […]
झापा । पाथीभरा सेन्टर फर एड्भान्स स्टडिज प्रालिको स्वामित्वमा अर्जुनधारा ११ बिर्तामोड नयाँ बसपार्कमा स्थापित पाथीभरा इन्जिनियरिङ कलेज यो वर्षबाट सञ्चालनमा ल्याइने भएको छ । संरचना निर्माण गरेको १२ वर्षपछि बल्ल पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको सो शैक्षिक पतिष्ठानको व्यवस्थापनले आज पत्रकार सम्मेलनको आयोजना गरेर सो विषयमा जानकारी गराएको हो । पाथीभरा सेन्टर फर एड्भान्स […]
काठमाडौं । देशभरि डेंगु अहिले महामारी बन्दै गएको संकेत देखिएका छन्। डेंगुबाट डेढ महिनामा देशभरि ७ जना बालबालिकासहित २० जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडिमियोलजी तथा सरुवा रोग नियन्त्रण महाशाखा ९इडिसिडी० का भेक्टर कन्ट्रोल निरीक्षक उत्तमराज प्याकुरेलका अनुसार हालसम्म मृत्यु हुनेमा १४ वर्षमुनिका ७ जना बालबालिका, २० देखि ४० वर्षका १० जना […]
काठमाडौँ । नेपालले संविधान निर्माणमा विश्वमा प्रयोग भएका तीनवटै अभ्यास अवलम्बन गरिसकेको छ । लामो समय र अर्बौं रुपैयाँ खर्च गरेर संविधानसभाबाट नेपालको सातौँ संविधान जारी भएको सोमबार ७ वर्ष पूरा भएको छ । ३० भदौ २०७२ मा संविधासभाबाट करिब ९१ प्रतिशत बहुमतले संविधान पारित गरेको थियो । सोही संविधानलाई ३ असोज २०७२ मा तत्कालीन […]
दमक । झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले कानुनी रुपले मात्र आत्महत्या न्यूनीकरण नहुने भएकोले आत्महत्या न्यूनीकरणका लागि समाज नै लाग्नुपर्नेे बताएका छन् । आज जिल्ला प्रहरी कार्यालय झापाले दमकका आयोजना गरेको आत्महत्या रोगथाम सचेतना कार्यक्रमको उद्घाटन पछि आफ्नो मन्तव्यका क्रममा रिजालले यस्तो बताएका हुन् । ‘हरेक वर्ष आत्महत्याका घटना बढिरहेका छन्, यसलाई न्यूनीकरण गर्नका […]
झापा। पूर्वी नेपालको झापा र मोरङमा बस्दै आएका आदिवासी सन्थालहरुले आफ्नो समुदायको पहिचानको साझा नाम ‘सन्थाल’ राख्ने सहमति गरेका छन् । यसअघि सन्थाल, सन्ताल वा सान्ताड मध्ये के राख्ने भन्नेमा लामो समयदेखि विवाद थियो । उनीहरुले अब “सतार” शब्द हटाएर वास्तविक थर लेख्ने अभियानमा एकतावद्ध भएर अघि बढ्ने प्रतिवद्धता समेत जनाएका छन् । “सतार” शब्दले […]
झापा । छिमेकी देश भारतबाट आयात हुने मरेका अस्वस्थकर माछाको बिक्री वितरणमा झापा जिल्लाभर पूर्णतया रोक लगाइने भएको छ । कनकाई माई पूर्वका पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतहरुको हालैको भेलाले उक्त निर्णय गरेको हो । बजार अनुगमनका क्रममा बिर्तामोड लगायतका शहरी क्षेत्रमा फर्मालिन हालेर नकुहिने बनाइएको तर धेरै दिनसम्म बिक्री नभएका […]
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्न लागेको हो । बैठकले समानुपातिक तर्फको उम्मेदवारको नामावली टुंग्याउने छ । एमाले प्रचार विभागका प्रमुख पृथ्वी सुब्बा गुरुङले निर्वाचन आयोगको निर्देशिकाअनुसार समानुपातिक उम्मेदवार छनोटका आधारबारे जानकारी गराइएको र अब टुंग्याइने बताए । संघीयतर्फ ११० र प्रदेशतर्फ २२० उम्मेदवार टुंग्याउनुपर्नेछ । ४ मंसिरमा […]