काठमाडौं । नेपाल आयल निगमले आन्दोलनरत पेट्रोलियम ढुवानी व्यवसायीलाई कारबाही गर्ने चेतावनी दिएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै निगमले आन्दोलनका सबै कार्यक्रम तत्काल रोक्न र नरोके कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएको हो । व्यवसायीको आन्दोलनका कारण देशभरका विमानस्थलमा हवाई इन्धन अभाव भएको निगमले जनाएको छ । चाडपर्वको मुखैमा नयाँ उडान थप गर्न र […]
झापा । नेकपा एमाले झापा जिल्ला कमिटी अन्तरगत स्वास्थ्य तथा जनसंख्या विभागले देशभर डेंगु रोगको प्रकोप बढिरहेको वर्तमान अवस्थामा सरकारले यसको रोकथाम र नियन्त्रणका लागि उचित कदम नचालेको दावी गरेको छ । आज सम्पन्न बैठक पछि विभागीय प्रमुख प्रोमिश गिरीले प्रेसनोट जारी गर्दै नेपाल सरकारले डेंगु रोगको प्रकोप नियन्त्रणमा सन्तोषजनक काम गर्न नसकेको उल्लेख गरेका […]
बिर्तामोड । बिर्तामोडस्थित नेपाल ट्रेड कन्सर्नद्वारा ठगिएका अटो पीडितहरुले क्षतिपूर्तिको माग गरेका छन । आफूहरुलाई झुक्याएर गुणस्तरहीन अटो बिक्री गरी ठगी गरेको भन्दै उनीहरुले पत्रकार सम्मेलन गरी क्षतिपूर्तिको माग गरेका हुन् । २०७५ सालमा बिर्तामोडको भद्रपुर बस स्टेण्डस्थित नेपाल ट्रेड कन्सर्नले टुकटुक ब्राण्डको अटोलाई अन्य ब्राण्डहरु भन्दा गुणस्तरीय रहेको भनेर बिक्री गरेको तर, खरिद गरेकै […]
काठमाडौं । राष्ट्रिय सहकारी महासंघले २०७९ मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा पार्टीहरुको घोषणापत्रमा सहकारीका मुद्दालाई समेट्न ध्यानाकर्षण गरेको छ । आज मंगलबार महासंघका अध्यक्ष मिनराज कडेल र वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले नेकपा ९एमाले०का महासविच शंकर पोखरेल र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई घोषणापत्रमा सहकारीका मुद्दा समेट्न आग्रह गर्दै ध्यानाकर्षणसहित सुझाव पत्र […]
काठमाडौं । आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गर्ने सैद्धान्तिक सहमतिसँगै २० साउनदेखि सिट बाँडफाँडको गृहकार्यमा जुटेका पाँच दल ३९ दिन बित्दा पनि निष्कर्षविहीन छन् । यसबीचमा कार्यदल र शीर्ष नेताको गरेर २२ बैठक बसेका छन् । कार्यदलमा सहमति नभएपछि राजनीतिक निर्णयमार्फत टुंग्याउन शीर्ष नेताले जिम्मा पाएका छन् । निर्वाचन आयोगको २–३ असोजमा समानुपातिकतर्फको बन्दसूची पेस गर्ने तथा […]
झापा । ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ को पाँचौ संस्करण अमेरिकाको डेनभर कोलोराडोमा सन् २०२२ अक्टोबर १३, १४ र १५ तारिखमा आयोजना हुने भएको छ । ‘आफ्नै नाम, आफ्नै शान, आफ्नै पहिचान, गाउँदेखि विश्वसम्म’ भन्ने नारासहित सन् २०१६ बाट सुरु भएको हो । कोरोना महामारीका कारण सन् २०२० र २०२१ मा अवार्ड आयोजना हुन सकेको थिएन […]
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ११ को मैचाचरी मार्गमा सडक बत्ती जडान गरिएको छ । स्थानीय युवाहरुको सक्रियताले मैनाचरी मार्गमा २५ ओटा सडक बत्ती जडान भएको हो । गाउँले आ–आफ्नो घर अगाडी एउटा बत्ती आफै जडान गरेका हुन् । स्थानीय युवाहरु अस्विन धिताल, विद्यानाथ अधिकारी, कमन काफ्ले र होम धितालले आफ्नो गाउँको विकास […]
शिवसताक्षी । झापा जिल्ला सहकारी संघले आज शिवसताक्षीमा पालिका सहकारी समन्वय समिति गठन गरेको छ । शिवसताक्षी नगरपालिकाका प्रमुख मेघाहाङ थोप्रा (रोशन)को प्रमुख आतिथ्यमा नगरपालिकाको सभाकक्षमा आयोजित सहकारीकर्मीहरुको भेलाले ९ सदस्यीय पालिका सहकारी समन्वय समिति गठन गरेको हो । पाँचगाछी साना किसान कृषि सहकारी संस्थाका राजनारायण राजवंशीको संयोजकत्वमा ९ सदस्यीय शिवसताक्षी नगरपालिका सहकारी समन्वय समिति […]
झापा । नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघको नवौं झापा जिल्ला सम्मेलनले १३ बुँदे विशेष प्रस्तावहरु पारित गरेको छ । नवनिर्वाचित अध्यक्ष पवित्रा पाठकसहितका नेतृहरुले आज जिल्ला पार्टी कार्यालयमा विशेष पत्रकार भेटघाटको आयोजना गरी सो जानकारी गराएका हुन् । १५१ सदस्यीय जिल्ला कमिटी गठन गर्दा सम्भव भएसम्म सबै क्षेत्र, वर्ग र तप्काको उचित […]
शिवसताक्षी । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले धार्मिक पर्यटकीय क्षेत्र सताक्षीधाम–कनकाई–दोमुखा क्षेत्रको विकासका लागि लगानी भित्र्याउन पहल गर्ने आश्वासन दिएका छन् । शिवसताक्षी नगरपालिका वडा नं ९ र १० को संयुक्त आयोजनामा सम्पन्न जनतासँग कांग्रेस अभियान अन्तर्गत कार्यक्रममा नेता थेवेले सो आश्वासन दिएका हुन् । कनकाई धाम, कन्काइ नदीमा तटबन्ध निर्माण, सताक्षीधाम, कोटीहोम, दोमुखा […]