Sajhamanch Archive

सन्दीप लामिछाने क्रिकेट सङ्घबाट निलम्बित

Published: (Updated: ) in खेलकुद, मिडियाबाट साभार, मुख्य समाचार, समाज by . Leave a Comment on सन्दीप लामिछाने क्रिकेट सङ्घबाट निलम्बित.

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दिप लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गरेको छ । सो सङ्घका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लद्वारा आज जारी विज्ञप्तिमा सङ्घको कार्यसम्पादन समितिको निर्णयअनुसार लामिछाने उपर करणी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भएको अवस्थामा सङ्घबाट निलम्बन गरिएको जनाइएको छ । लामिछाने विरुद्ध महानगरीय प्रहरीवृत्त गौशालामा जाहेरी परेको […]

चुनावमा होमियो कांग्रसः ‘जनतासँग कांग्रेस अभियान’ अर्जुनधारामा

Published: in मुख्य समाचार, राजनीति, स्थानीय तह by . Leave a Comment on चुनावमा होमियो कांग्रसः ‘जनतासँग कांग्रेस अभियान’ अर्जुनधारामा.

अर्जुनधारा । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जनतासँग पुगेर जनताका गुनासो, सुझाव र स्थानीय आवश्यकताको पहिचान गर्दै संगठन विस्तारको नीति अघि सारेको कांग्रेसले अर्जुनधारामा ‘जनतासँग कांग्रेस अभियान’ सम्पन्न गरेको छ । नेपाली कांग्रेस प्रदेश क्षेत्रीय समिति क्षेत्र नं. २ (ख) झापाको आयोजनामा अर्जुनधारा नगर समितिको कार्यालयमा आयोजित कार्यक्रममा […]

जयेन्द्र प्रसाई साहित्य सेवा कोषद्वारा कृति र प्रतिभा पुरस्कारको राशीमा बृद्धि

Published: in मुख्य समाचार, समाज, साहित्य by . Leave a Comment on जयेन्द्र प्रसाई साहित्य सेवा कोषद्वारा कृति र प्रतिभा पुरस्कारको राशीमा बृद्धि.

बिर्तामोड । जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले यो वर्ष पुरस्कृत गरिने कृति तथा विभिन्न पुरस्कारका लागि प्रतिभा छनौट समिति बनाएको छ । कोषका अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षतामा आज बसेको कार्यसमिति बैठकले कृति तथा व्यक्ति छनौटका लागि समिति गठन गरेको हो । बैठकले विगतदेखि नै प्रदान गरिँदै आएको तीनवटै विधाको पुरस्कारको राशीसमेत बृद्धि गरेको छ । […]

प्रदेशको नाम बेनाम भयो

Published: in मिडियाबाट साभार, मुख्य समाचार by . Leave a Comment on प्रदेशको नाम बेनाम भयो.

विराटनगर । मुलुक सङ्घीय शासन व्यवस्थामा गइसकेपछि यहाँका सात प्रदेशमध्ये प्रदेश नं १ बेनाम हुँदै प्रदेशसभा अन्त्य भएको छ । आन्तरिक विवाद तथा राजनीतिक खिचातानीका कारण यो प्रदेशले आफ्नो नाम अहिलेसम्म पनि जुराउन सकेको छैन । प्रदेशसभाको अर्को निर्वाचन आउन लाग्दासम्म पनि प्रदेशले आफ्नो नाम राख्न नसक्दा प्रदेश सरकारको आलोचना भइरहेको छ र यसलाई स्वाभाविक […]

क्यालेण्डरका नबोल्ने बा र मेरो मानस

Published: (Updated: ) in मुख्य समाचार, विचार/ब्लग, समाज, by . Leave a Comment on क्यालेण्डरका नबोल्ने बा र मेरो मानस.

हरेक बिहानी मेरो एउटा रुटिन छ, घरबाट एकाबिहानै उठेर मनकामना कलेज जाने र त्यहाँ २ घण्टी पढाएर त्यो बिहानीलाई आनन्द साथ पूरा गर्ने । कलेज पुग्दा साढे ६ बजे काटिसकेको हुन्छ । मेरो घण्टी ७ बजे सुरु हुन्छ । गेटको छेउमा क्यान्टिन छ, त्यहीँ एक कप चिया पिएपछि मात्र मनकामना पुगेको मलाई अनुभूति हुन्छ । जब घण्टी लाग्नै आँटेको […]

यी हुन् झापा कांग्रेसका उम्मेदवारहरु

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on यी हुन् झापा कांग्रेसका उम्मेदवारहरु.

बिर्तामोड । नेपाली कांग्रेस झापाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक तर्फका आकांक्षी उम्मेद्वारको नाम सोमबार प्रदेश नं. १ र केन्द्रीय समितिमा सिफारिस गरेको छ । गत भदौ १८ गतेको निर्णयानुसार नेपाली कांग्रेसको प्रदेशसभा क्षेत्र र क्षेत्रीय समितिबाट सिफारिस भइआएका प्रतिनिधिसभा प्रत्यक्ष र समानुपातिक एवं प्रदेशसभा प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेद्वारहरुको नामावली […]

नेकपा एमाले झापा क्षेत्र नं. ४ मा एलपी साँँवासहित पाँच जनाको नाम सिफारिस

Published: (Updated: ) in मुख्य समाचार by . Leave a Comment on नेकपा एमाले झापा क्षेत्र नं. ४ मा एलपी साँँवासहित पाँच जनाको नाम सिफारिस.

शिवसताक्षी । झापा क्षेत्र नं. ४ मा प्रतिनिधि सभा सदस्यका लागि पाँच जनाको नाम सिफारिस गरिएको छ । नेकपा एमालेको आज सुरुङ्गामा बसेको पार्टीको झापा क्षेत्र नम्बर ४ को क्षेत्रिय समन्वय कमिटीको बैठकले एलपी साँवा लिम्बू सहित पाँच जनाको नाम सिफारिस गरेको हो । जसमा प्रदेशसभा सांसद तथा पुर्व कृषि मन्त्री हिरा थापा, शिवसताक्षी नगरपालिकाका […]

नेकपा एमालेले झापा ३ बाट दुर्गा प्रसाईसहित ५ जना र ४ बाट एलपी सावाँसहित पाँच जनाको नाम सिफारिस

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेकपा एमालेले झापा ३ बाट दुर्गा प्रसाईसहित ५ जना र ४ बाट एलपी सावाँसहित पाँच जनाको नाम सिफारिस.

भद्रपुर । झापा निर्वाचन क्षेत्र नं. ३ बाट प्रतक्ष्यतर्फ प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउन नेकपा एमालेले केन्द्रीय सदस्य दुर्गा प्रसाईसहित ५ जनाको नाम सिफरिस गरेको छ । नेकपा एमाले ३ नम्बर क्षेत्रीय समन्वय कमिटीको आज सोमबार सम्पन्न बैठकले प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउन केन्द्रीय सदस्य प्रसाईं, प्रदेश कमिटी सदस्य मोहनचन्द्र रेग्मी, जिल्ला कमिटी सदस्य हरि घिमिरे, जिल्ला […]

यी हुन् झापा २ बाट समानुपातिक तर्फ नेकपा एमालेका आकांक्षीहरु

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on यी हुन् झापा २ बाट समानुपातिक तर्फ नेकपा एमालेका आकांक्षीहरु.

बिर्तामोड । नेकपा एमालेबाट झापा क्षेत्र नं. २ मा प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिक तर्फका आकांक्षीहरुले आज क्षेत्रीय समन्वय कमिटीको बैठकमा आफ्नो उम्मेदवारी दर्ज गरेका छन् । बिर्तामोडस्थित जिल्ला पार्टी कार्यालयमा भएको २ नं. क्षेत्रीय समन्वय कमिटीको बैठकमा समानुपातिकतर्फ उम्मेदवार बनाउन सिफरिसका लागि नाम संकलन गरिएको थियो । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्न ४ जनाले आकांक्षा राखेका छन् […]

झापा ५ बाट ओली र १ बाट कोइराला प्रतिनिधिसभा सदस्यका लागि सर्वसम्मत सिफरिस, २ बाट ४ जना आकांक्षी

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on झापा ५ बाट ओली र १ बाट कोइराला प्रतिनिधिसभा सदस्यका लागि सर्वसम्मत सिफरिस, २ बाट ४ जना आकांक्षी.

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट प्रतिनिधि सभा उम्मेदवारमा सिफारिस भएका छन् । क्षेत्रीय समितिको बैठकले ओलीको नाम सर्वसम्मत सिफारिस गरेको झाप ५ का एमाले इन्चार्ज होम थापाले बताए । नेकपा एमालेले भावी प्रधानमन्त्रीको रुपमा अघि सारेका अध्यक्ष केपी शर्मा ओलीलाई आगामी निर्वाचनको संघीय सांसदका लागि झापाको क्षेत्र नं ५ बाट […]