Sajhamanch Archive

कक्षा १२ को नतिजा चाँडै तर परीक्षा बोर्डको बैठक स्थगित

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on कक्षा १२ को नतिजा चाँडै तर परीक्षा बोर्डको बैठक स्थगित.

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको आज मंगलबार बस्ने भनिएको बैठक अचानक स्थगित भएको छ । कक्षा १२ को परीक्षाफल प्रकाशनका विषयमा निर्णय गर्न बोलाइएको बैठक स्थगित भएको हो । बैठक स्थगित भएसँगै कक्षा १२ को नतिजा आज सार्वजनिक भएन । बोर्डका प्रशासन महाशाखा प्रमुख जङ्गबहादुर अर्यालले बोर्ड बैठक स्थगित भएको जानकारी दिएका हुन् । ‘आज […]

बिर्तामोड नगरपालिकामा विशेष नगरसभा : तीनवटा विधेयक पारित

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, लोकप्रिय, स्थानीय तह by . Leave a Comment on बिर्तामोड नगरपालिकामा विशेष नगरसभा : तीनवटा विधेयक पारित.

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकामा आज गरिएको विशेष नगरसभाले तीनवटा विधेयक पास गरेको छ । विशेष नगरसभामामार्फत् आर्थिक ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक २०७९, शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ र नगरको यातायात तथा बसपार्क व्यवस्थापन गर्न बनेको विधेयक २०७९ सर्वसम्मतिले पास गरिएको हो । नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा सम्पन्न विशेष […]

झापामा ८६ हजार ८८८ जना मतदाता थपिए, संघ र प्रदेशका कुन निर्वाचन क्षेत्रमा कति मतदाता ?

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on झापामा ८६ हजार ८८८ जना मतदाता थपिए, संघ र प्रदेशका कुन निर्वाचन क्षेत्रमा कति मतदाता ?.

झापा । झापामा गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा भन्दा ८६ हजार ८८८ जना मतदाता थपिएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दावी विरोध प्रयोजानार्थ निर्वाचन कार्यालय झापाले सार्वजनिक गरेको मतदाता नामावली अनुसार अघिल्लो निर्वाचनमा भन्दा मंसीर ४ को निर्वाचनका लागि झापामा ८६ हजार ८८८ मतदाता थपिएका हुन् । २०७४ सालको संसदीय […]

झापाबाट २७ खेलमा ४४९ खेलाडी छानिए

Published: in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on झापाबाट २७ खेलमा ४४९ खेलाडी छानिए.

भद्रपुर । आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता र प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगितामा जिल्लाबाट प्रतिनिधित्व गर्ने खेलाडी छनोटका लागि झापामा सञ्चालित जिल्लास्तरीय खेलाडी छनोट प्रतियोगिताको आज सोमबार औपचारिक समापन गरिएको छ । मेची रंगशालाको कभर्डहलमा आयोजित एक समारोहका बीच झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले प्रतियोगिताको औपचारिक समापन गरेका हुन् । यसअघि भदौ ४ गते प्रदेश […]

शिवसताक्षी वडा नं. ४ को सय दिनः स्वास्थ्य र शिक्षामा प्राथमिकता

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षी वडा नं. ४ को सय दिनः स्वास्थ्य र शिक्षामा प्राथमिकता.

शिवसताक्षी । शिवसताक्षीका जनप्रतिनिधिले कार्यभार सम्हालेको सय दिन पुरा भएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ४ ले सय दिनमा जनमुखी काम गरेको पाइएको छ । वडाध्यक्षमा निर्वाचित भएपछि वडाध्यक्ष विष्णु प्रसाईले वडा भित्रका विपन्न परिवारलाई निशल्क स्वास्थ्य विमा गरिदिने पहिलो बैठकबाट नै निर्णय गराएका थिए । वडाले हाल वडा भित्र सञ्चालन भएको स्वास्थ्य चौकीमा […]

सामुदायिक विद्यालय कर्मचारीको आन्दोलन, देश भर विद्यालय बन्द

Published: in मुख्य समाचार, शिक्षा, समाज by . Leave a Comment on सामुदायिक विद्यालय कर्मचारीको आन्दोलन, देश भर विद्यालय बन्द.

कमल । देशभरका सामुदायिक विद्यायलयमा कार्यरत कर्मचारीहरुले आज नेपाल सरकार समक्ष विभिन्न भाग राख्दै आन्दोलद स्वरुप विद्यालय बन्द गराएका छन् । आन्दोलनमा उत्रिएका लेखा सहायक र विद्यालय सहयोगी कर्मचारीले आज आफ्ना ११ बुँदे माग राख्दै देशैभरका सामुदायिक विद्यालय बन्द गराएर आन्दोलनमा उत्रिएका हुन् । यसैक्रममा झापाको कमल गाउँपालिकामा रहेको २१ वटै सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीले […]

राष्ट्रपतिबाट फिर्ता नागरिकता विधेयक राष्ट्रिय सभामा पेश

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on राष्ट्रपतिबाट फिर्ता नागरिकता विधेयक राष्ट्रिय सभामा पेश.

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयक राष्ट्रियसभाको आइतवारको बैठकमा पेश भएको छ । राष्ट्रिय सभाको आइतबारको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता  पहिलो संशोधन  विधेयक, २०७९ लाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दैछन् । राष्ट्रिय सभाको आइतबारको दोस्रो बैठकमा गृहमन्त्री खाँणले उक्त प्रस्ताव प्रस्तुत गर्ने राष्ट्रिय […]

बाह्रदशी गाउँपालिकामा नयाँ जनप्रतिनिधिका १०० दिनः स्वास्थ्य र शिक्षामा प्राथमिकता

Published: in मुख्य समाचार, राजनीति, समाज, स्थानीय तह by . Leave a Comment on बाह्रदशी गाउँपालिकामा नयाँ जनप्रतिनिधिका १०० दिनः स्वास्थ्य र शिक्षामा प्राथमिकता.

बाह्रदशी । झापाको बाह्रदशी गाउँपालिकाका जनप्रतिनिधिले सपथ ग्रहण गरेर कार्यभार सम्हालेको आज १०० दिन (हनिमुन अवधि) पूरा भएको छ । गाउँपालिकाका अध्यक्ष देवेन्द्र चम्लागाईले अध्यक्षको जिम्मेवारी पाएपछि जनताको सेवामा क्रियाशील भएको १०० दिनमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरेको जानकारी दिएका छन् । ‘कार्यभार सम्हालेर जनताको बीचमा सय दिन काम गर्दैगर्दा शिक्षा र स्वास्थ्यलाई […]

भदौं २२ भित्र उम्मेद्वार सिफारिस गरिसक्न एमालेको निर्देशन

Published: (Updated: ) in मुख्य समाचार, राजनीति by . Leave a Comment on भदौं २२ भित्र उम्मेद्वार सिफारिस गरिसक्न एमालेको निर्देशन.

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी भदौ २२ गते भित्र सिफारिस गरिसक्न पार्टीको सम्बन्धित निर्वाचन क्षेत्र समन्वय कमिटीलाई निर्देशन दिएको छ । आज (शनिबार) सकिएको पार्टी केन्द्रीय कमिटी बैठकले उम्मेदवारको अन्तिम टुंगो लगाउने जिम्मेवारी केन्द्रिय कमिटीमा रहने गरी सो निर्देशन दिने निणर्य गरेको हो । सम्बन्धित प्रतिनिधिसभा […]

अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमाथि ९ वटा समूहमा छलफल हुने

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमाथि ९ वटा समूहमा छलफल हुने.

काठमाण्डौ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि छलफलका लागि नौ वटा समूह बनाएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज शुक्रबारदेखि सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका थिए । अध्यक्ष ओलीले पेस गरेको प्रतिवेदनको छलफलका लागि बैठकले नौ वटा समूह बनाएको हो […]