काठमाडौँ । नागरिकता विधेयक फिर्ता गरेपछि सत्तारुढ दलका नेताहरूले राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आपत्ति जनाएको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले प्रतिनिधिसभाको आज मंगलबार को बैठकमा नागरिकता विधेयक फिर्ता गरेको विषयलाई तत्कालीन केपी शर्मा ओली सरकारले ल्याएको अध्यादेश जारी गरेकोसँग नजोड्न आग्रह गरेका हुन् । राष्ट्रपति भण्डारीलाई […]
विराटनगर । प्रदेश नं. १ का प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभा, प्रदेश १ को बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएको “प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७९” लाई प्रमाणीकरण गरेका छन् । प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान स्टाफ कलेजको स्वरूपमा झापाको चन्द्रगढीस्थित कलवलगुढीमा केन्द्रीय कार्यालय रहने गरी सञ्चालन गरिनेछ […]
काठमाडौ । पछिल्लो २४ घण्टामा ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ७३७ परीक्षणमा ८८८ जनामा संक्रमण पुष्टि भएको हो । तीन हजार १५५ पीसीआर परीक्षणमा ४२७ जना र दुई हजार ५८२ एन्टिजेन परीक्षणमा ४६१ जना गरी ८८८ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा […]
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय सदनका दुवै संसदबाट पारित विवादित नागरिकता विधेयक फिर्तासहित १५ बुँदे सन्देश पठाएकी छन् । आइतबार राष्ट्रपति भण्डारीले विधेयक पुनर्विचार गर्न भन्दै १५ बुँदे सन्देशसहित फिर्ता पठाएकी हुन् । विधेयक प्रतिनिधिसभाका सभामुखबाट पारित भइ साउन १५ गते प्रमाणीकरणका लागि राष्ट्रपति भण्डारीसमक्ष पेश गरिएको थियो । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका […]
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेकी छन् । आइतबार साँझ उक्त विधेयक फिर्ता गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिएका हुन् । संवैधानिक व्यवस्थाअनुसार सोमबारसम्ममा राष्ट्रपति भण्डारीबाट प्रमाणीकरण वा फिर्ता गर्ने समय थियो । ‘राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष प्रतिनिधिसभाका सम्माननीय सभामुखज्यूबाट प्रमाणित भई नेपालको संविधानको धारा ११३ को उपधारा (२) […]
बिर्तामोड । बिर्तामोड नगर क्षेत्रभित्र उत्सर्जन हुने फोहोर तत्कालका लागि वडा नम्बर ८ स्थित हर्चनामा रहेको सुरेन्द्र नेपालको नीजि जग्गामा व्यवस्थापन गरिने भएको छ । बिर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आज बसेको सर्वदलीय बैठकले नेपालको निजी जग्गामा व्यवस्थितरुपमा खाल्डो खनेर फोहोर व्यवस्थापन गर्ने निर्णय गरेको हो । बैठकले उक्त जग्गामा फोहोर व्यवस्थापनका लागि […]
काठमाडौं । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ। ३०२ जना संक्रमणबाट मुक्त हुँदा दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आइतबार जनाएको छ। मन्त्रालयका अनुसार आज थप ४५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। देशभरबाट ४ हजार ८२९ नमूना परीक्षण गर्दा ४५५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा […]
जनकपुरधाम । प्रहरी समायोजनको मुद्दा लिएर मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतसहित मन्त्रीहरू आइतबारदेखि धर्नामा बसेका छन्। प्रहरी प्रशासन प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्ने मागसहित मधेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरू जनकपुरस्थित प्रदेश प्रमुखको कार्यालय परिसर मै धर्नामा बसेका हुन्। संघ सरकार विरुद्ध एक सातासम्म धर्ना यथावत् रहने मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद शाहले बताएका छन्। संघीय सरकारसँग […]
कनकाई । कनकाई नगरपालिका वडा नं. ६ को बजेट सार्वजनिक सुनवाई गरेर सार्वजनिक गरिएको छ । वडा अध्यक्ष दीर्घबहादुर थापाले आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक सुनवाईमार्फत् सार्वजनिक गरेका हुन् । वडाले पाएको बजेटको सिलिङ ८९ लाख २९ हजार रुपैयाँको बजेट सार्वजनिक गर्दै वडाध्यक्ष थापाले बजेटमा भौतिक विकासतर्फ ४७ लाख ५० हजार, सामाजिक विकासतर्फ १६ […]
बिर्तामोड । प्रतिबन्धित लागुऔषध ब्रउन सुगरजस्तो लिसाइलो वस्तुसहित अटोचालक र एकजना महिला बिर्तामोडमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरिक्षक बसन्त पाठकले इमेलमार्फत् पठाएको जानकारी अनुसार हिजो दिउँसो साढे २ बजे प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले बिर्तामोड ४ पुरानो बिजुली अफिस छेउ भित्री सडकखण्डमा उनीहरुलाई नियन्त्रणमा लिएको हो । […]