Sajhamanch Archive

अर्थमन्त्रीको राजीनामा माग्दै मोरङका उद्योगी र मजदूर सडकमा

Published: in अर्थतन्त्र, प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार by . Leave a Comment on अर्थमन्त्रीको राजीनामा माग्दै मोरङका उद्योगी र मजदूर सडकमा.

विराटनगर । मोरङका उद्योगी र मजदूरले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेका छन् । स्यानेटरी प्याड, वनस्पति तेल र एमएस वायरमा आधारित स्टील उद्योगको संरक्षणको माग गर्दै बिहीबार प्रदर्शन गरेका उद्योगी र मजदूरहरुले शर्माको राजीनामा माग गरेका हुन् । यसअघि उद्योगीले अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर भन्सार नीति परिवर्तन गर्न आग्रह गरेका थिए । शर्माले आश्वासन […]

एसीसी महिला टी–२० च्याम्पियनसिपः फाइनल प्रवेशका लागि भोलि नेपाल र युएई भिड्दै

Published: (Updated: ) in खेलकुद, मिडियाबाट साभार, मुख्य समाचार, विश्व समाचार by . Leave a Comment on एसीसी महिला टी–२० च्याम्पियनसिपः फाइनल प्रवेशका लागि भोलि नेपाल र युएई भिड्दै.

झापा । एसीसी महिला टी–२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा भोलि नेपालले बलियो टोली संयुक्त अरब इमिरेट्स (युएई) को सामना गर्ने भएको छ । मलेसियाको राजधानी कोलालम्पुर स्थित किनरारा ओभरमा हुने खेल स्थानीय समयअनुसार बिहान साढे १० बजे सुरु हुनेछ । नेपाल युएईलाई पराजित गर्दै फाइनल पुग्ने लक्ष्यमा हुनेछ । रुविना क्षेत्रीको कप्तानीमा रहेको नेपालले त्यसका लागि […]

दमकको मारवाडी महिला सेवा समितिको सभाहलमा दिनहुँ योगाभ्यास गराइँदै

Published: (Updated: ) in मुख्य समाचार, शिक्षा, समाज, स्वास्थ्य, by . Leave a Comment on दमकको मारवाडी महिला सेवा समितिको सभाहलमा दिनहुँ योगाभ्यास गराइँदै.

दमक । पछिल्लो समय योगप्रति आममानिसको आकर्षण बढ्न थालेको छ । योगले मानिसलाई विभिन्न समस्याबाट मुक्ति दिलाउनुका साथै तनाव रहित जीवन जीउन फाइदा पुग्ने भएकोले आममानिसको योगप्रतिको आकर्षण बढ्न थालेको हो । मानिसमा योग गर्ने चाहनाको विकास भएसँगै योग अभ्यास गराउने विभिन्न संस्थाहरु पनि सक्रिय हुन थालेका छन् । यसै क्रममा आठौं अन्तर्राष्ट्रिय योग दिवसको […]

बाल विकास शिक्षक र कर्मचारीले तलब वृद्धिको माग गर्दै कनकाई नगरपालिकामा बुझाए ज्ञापनपत्र

Published: in मुख्य समाचार, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on बाल विकास शिक्षक र कर्मचारीले तलब वृद्धिको माग गर्दै कनकाई नगरपालिकामा बुझाए ज्ञापनपत्र.

कनकाई । कनकाई नगर क्षेत्रका सामुदायिक विद्यालयमा कार्यरत बाल विकास शिक्षक तथा कर्मचारीहरुले आफ्ना विभिन्न माग राख्दै कनकाई नगरपालिकामा नौ बुँदे ज्ञापन पत्र बुझाएका छन् । नेपाल बाल विकास शिक्षक कनकाईका अध्यक्ष टिकामाया गिरी र विद्यालय कर्मचारी परिषदका अध्यक्ष तीर्थराज ढुङ्गानाको संयुक्त हस्ताक्षरमा ज्ञापनपत्र तयार गरी कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल र उपप्रमुख आशा शर्मा […]

बिर्तामोड नगरपालिका अगाडिबाट प्रदर्शनकारीहरु पक्राउ

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोड नगरपालिका अगाडिबाट प्रदर्शनकारीहरु पक्राउ.

बिर्तामोड । बिर्तामोड उधोग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवोकाटी, बरिष्ठ उपाध्यक्ष राजु न्यौपाने सहित ११ जना प्रदर्शनकारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिर्तामोड नगरपालिका अगाडिबाट उनीहरुलाई नियन्त्रणमा लिएको बिर्तामोडका डिएसपी रुगमबहादुर कुवरले पुष्टि गरेका छन् । बिर्तामोड–५ स्थित बुधबारे हटियामा अनाधिकृत रुपमा व्यवसाय सञ्चालन गर्दै आएका व्यापारीलाई मिटर माग गर्दै आन्दोलनरत उनीहरुले नगरपालिकामा हुलहुज्जत गर्दै […]

सहारा नेपाल साकोसबाट चालू आर्थिक वर्षमा ६ करोड रुपैयाँको पशुबीमा

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on सहारा नेपाल साकोसबाट चालू आर्थिक वर्षमा ६ करोड रुपैयाँको पशुबीमा.

झापा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्ना उद्यमी सदस्यहरुले पालेका ३ हजार वटा पशुहरुको पशुधन बीमा गराई दिएको छ । चालू आर्थिक वर्षको जेठ महिनासम्म करिब ६ करोड रुपैयाँ हाराहारीको पशुधन बीमा गरिएको हो । संस्थाले प्रदेश १ को झापा–इलामदेखि उदयपुरसम्मको चुरे क्षेत्रमा बाख्रा पकेट कार्यक्रम सञ्चालन गरेको छ । संस्था अन्तरगत […]

बिर्तामोड नगर कार्यपालिकाको ताजाको निर्णयः बुधबारे हटियाको समस्या समाधानका लागि कार्यदल गठन

Published: in मुख्य समाचार, राजनीति, समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोड नगर कार्यपालिकाको ताजाको निर्णयः बुधबारे हटियाको समस्या समाधानका लागि कार्यदल गठन.

बिर्तामोड । बिर्तामोड नगरपालिकाले वडा नम्बर ५ मा रहेको बुधबारे हटियाका बारेमा केही दिनदेखि भइरहेको दबाव आन्दोलन एवम् मागबारे उत्पन्न समस्या समाधानको लागि कार्यदल गठन गरेको छ । मंगलबार (आज) बसेको कार्यपालिका बैठकले कार्यदल र सल्लाहकार समिति गठन गरेको हो । नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको संयोजकत्वमा गठित कार्यदलमा वडा नम्बर ५ का वडाध्यक्ष रोहित प्रसाई […]

जिल्ला समन्वय समिति झापामा एमालेका सबै उम्मेदवार निर्विराेध निर्वाचित

Published: in मुख्य समाचार, राजनीति, स्थानीय तह by . Leave a Comment on जिल्ला समन्वय समिति झापामा एमालेका सबै उम्मेदवार निर्विराेध निर्वाचित.

झापा । जिल्ला समन्वय समिति झापाका सबै पदहरूमा नेकपा एमालेको तर्फबाट मनोनयन दर्ता गरेका उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका छन् । आज असार ७ गते जिल्ला निर्वाचन कार्यालय भाद्रपुरमा मनाेनयन दर्ताको लागि निर्वाचन तालिका ताेकिएकाे थियाे । जिल्ला समन्वय समितिको प्रमुखमा विश्व बराल दमक र उपप्रमुखमा शान्ता रोक्का बिर्तामोडले नेकपा एमालेकाे तर्फबाट मनाेनयन दर्ता गराए । […]

५३३ जनाको नक्कली लाइसेन्स बनाएको आरोपमा १७ जनाविरुद्ध मुद्दा

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ५३३ जनाको नक्कली लाइसेन्स बनाएको आरोपमा १७ जनाविरुद्ध मुद्दा.

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र, एकान्तकुना, ललितपुरका २ जना तत्कालीन कार्यालय प्रमुखसहित १७ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । विशेष अदालतमा मुद्दा दायर हुनेमा यातायातका १२ जना कर्मचारी र ५ जना विचौलिया रहेको अख्तियारले जनाएको छ । उनीहरुले नवीकरण नभएका तथा स्वतः रद्द भएका सवारी […]

निर्माणाधिन भवनमा कष्ट सहेर पढिरहेका विद्यार्थीले घेरे जिसस झापा

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on निर्माणाधिन भवनमा कष्ट सहेर पढिरहेका विद्यार्थीले घेरे जिसस झापा.

भद्रपुर । जिल्ला समन्वय समिति झापाको चरम लापरवाहीले विद्यालय भवन निर्माणमा अवरोध आएको ठहरसहित भद्रपुर ३ स्थित अरनिको माध्यमिक विद्यालय परिवारले धर्ना दिँदै विरोध सभा सम्पन्न गरेको छ । २०६७ सालबाट तत्कालिन जिविस रहँदै भवन निर्माण प्रकृया थालिएको विद्यालय भवन एक दशक पार गर्दा समेत निर्माण सम्पन्न हुन नसकेपछि अलपत्र भवन मै कष्टकर पठनपाठन पीडा […]