Sajhamanch Archive

रवि लामिछानेद्वारा नयाँ पार्टीको घोषणा

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on रवि लामिछानेद्वारा नयाँ पार्टीको घोषणा.

काठमाडौं । सञ्चारकर्मी रवि लामिछानेले नयाँ पार्टीको घोषणा गर्दै पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका छन् । लामिछानेले मंगलबार राजधानीमा आयोजित कार्यक्रममार्फत राष्ट्रिय स्वतन्त्र पार्टी गठनको घोषणा गरेका हुन् । लामिछानेले आज राजनीति यात्राको पहिलो पाइला भएको जिकिर गरेका छन् । आफ्नो पार्टी पुराना पार्टीभन्दा फरक रहेको दाबी समेत गरेका छन् । उनले आजै निर्वाचन आयोगमा सो […]

नेपालमा पेट्रोलको मूल्य दक्षिण एसियामै सबैभन्दा महँगो

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, समाज by . Leave a Comment on नेपालमा पेट्रोलको मूल्य दक्षिण एसियामै सबैभन्दा महँगो.

झापा । नेपालमा पेट्रोलियम पदार्थको मूल्य दक्षिण एसियामै महँगो भएको छ । नेपाल आयल निगमले सोमबारदेखि पेट्रोलको मूल्य प्रतिलिटर १ सय ९९ रुपैयाँ ९१.५९ डलर र डिजेल प्रतिलिटर १ सय ९२ रुपैयाँ ९१.५३ डलर पुर्‍याएको छ । पेट्रोलियम महँगो बेच्नेमा नेपाल एसियामा २८ औँ र विश्वमा ८२ औँ स्थानमा छ । दक्षिण एसियामा नेपालपछि भुटानमा पेट्रोलियम महँगो छ । […]

सार्वजनिक सम्पत्ती तोडफोड गर्ने व्यवसायी न्यौपानेलाई कारबाही गर्न एमाले विर्तामोडको माग

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on सार्वजनिक सम्पत्ती तोडफोड गर्ने व्यवसायी न्यौपानेलाई कारबाही गर्न एमाले विर्तामोडको माग.

बिर्तामोड । बिर्तामोड नगरपालिकाका नगरप्रमुखको कार्यकक्षमा आज असार ६ गते बिहान बिर्तामोड उद्योग वाणिज्य संघको नामबाट सिमित मानिसहरुको अगुवाईमा भएको हुल हुज्जत एवम् सार्वजनिक सम्पत्ती तोडफोडप्रति नेकपा एमाले बिर्तामोड नगरकमिटीले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । बिर्तामोड नगर कमिटीका अध्यक्ष सुवास भट्टराई र सचिव शेखर कडेलको संयुक्त हस्ताक्षरमा अहिले साँझ जारी भएको प्रेस विज्ञप्तीमा उक्त […]

जिससका लागि एमाले झापाका उम्मेदवार तय

Published: in मुख्य समाचार, राजनीति, स्थानीय तह by . Leave a Comment on जिससका लागि एमाले झापाका उम्मेदवार तय.

झापा । नेकपा एमालेले झापा जिल्ला समन्वय समितिका लागि आफ्ना उम्मेदवार तय गरेकाे छ । आज जिल्ला पार्टी कार्यालयकाे बैठकले ७ जना समन्वय समिति सदस्य तय गरेकाे हाे । समन्वय समिति प्रमुखमा दमकका विश्व बराल र उपप्रमुखमा बिर्तामोडका शान्ता राेक्काकाे नाम यस अघि नै टुङ्गाे लागिसकेकाे थियाे । समन्वय समितिकाे सदस्यहरूमा क्षेत्र नं १ बाट […]

राष्ट्रियसभाः मंगलबार सात मन्त्रालयको बजेटमाथि छलफल हुने

Published: in अर्थतन्त्र, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on राष्ट्रियसभाः मंगलबार सात मन्त्रालयको बजेटमाथि छलफल हुने.

काठमाडौं ।  राष्ट्रियसभाको बैठक मंगलबार दिउँसो १ बजे बस्ने भएको छ। बैठकमा विनियोजन विधेयक (बजेट), २०७९ अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, परराष्ट्र मन्त्रालय, खानेपानी मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकहरुमाथि छलफल हुनेछ। सोमबारको बैठकमा विनियोजन विधेयक […]

मूल्यवृद्धि पछि पनि आयल निगम मासिक ४ अर्ब ७० करोड घाटामा

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार by . Leave a Comment on मूल्यवृद्धि पछि पनि आयल निगम मासिक ४ अर्ब ७० करोड घाटामा.

झापा । गए राति १२ बजेदेखि इन्धनको मूल्यमा भारी वृद्धि गरेको नेपाल आयल निगमले अझै पनि ठुलो घाटा रहेको जनाएको छ । बढेको मूल्यअनुसार पनि निगमले आउँदो एक महिनामा कुल ४ अर्ब ७० करोड नोक्सानी रहने अनुमान गरेको छ । योमध्ये खाना पकाउने एलपी ग्यासबाट सबैभन्दा धेरै २ अर्ब २८ करोड नोक्सानी पर्ने निगमले विज्ञप्तिमार्फत […]

झापाको रतुवा खोलामा बाढी, २५ घर डुबान हुँदा १३ परिवार विस्थापित

Published: in मुख्य समाचार, समाज by . Leave a Comment on झापाको रतुवा खोलामा बाढी, २५ घर डुबान हुँदा १३ परिवार विस्थापित.

झापा । लगातार वर्षाका कारण रतुवा खोलामा आएको बाढीले १३ परिवार विस्थापित भएका छन् । गएराति ९ः५५ बजेको समयमा अविरल वर्षाको कारण रतुवा खोलामा आएको बाढीले दमक वडा नं.७ रेडक्रस भवन पछाडि खोला किनार नजिक रहेको बस्तीमा कटान गरेको हो । कटानमा परी दमक ७ बस्ने खड्ग लिम्बू, विष्णु लिम्बू , सुवास लिम्बू, रामकुमारी लावती […]

फोहोरबाट ग्यास उत्पादनको सफल परीक्षण दमकमा

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on फोहोरबाट ग्यास उत्पादनको सफल परीक्षण दमकमा.

दमक । फोहोरबाट ऊर्जा (ग्यास)को परीक्षण उत्पादन दमकमा सुरु भएको छ । पहिलोपटक उत्पादित ग्यासको सफल परीक्षण समेत गरिएको छ। दमकको फोहोर व्यवस्थापनसहित ग्यास उत्पादनको जिम्मा पाएको नेक्स्ट इरा इनर्जी प्रालिका प्रबन्ध निर्देशक विमल खतिवडाका अनुसार शुक्रबार साँझ यहाँ उत्पादन भएको ग्यास बालेर पहिलो परीक्षण गरिएको हो । दमकबाट नियमित निस्कने फोहोरबाट ग्यास र प्राङ्गारिक […]

झापा गाउँपालिका स्तरीय चेम्बर अफ कमर्श गठन

Published: in अर्थतन्त्र, मुख्य समाचार, समाज, स्थानीय तह by . Leave a Comment on झापा गाउँपालिका स्तरीय चेम्बर अफ कमर्श गठन.

शरणामति । झापा गाउँपालिकाका व्यवसायीयहरुको अग्रसरतामा चेम्बर अफ कमर्श झापा गाउँपालिका समिति गठन भएको छ । झापा गाउँपालिकाको झापा बजारमा शनिबार भएको व्यवसायीहरुको आम भेलाबाट समिति गठन गरिएको हो । अग्रज व्यवसायी राजेन्द्रप्रसाद अग्रवाल (राजु)को अध्यक्षतामा झापा गाउँपालिका स्तरीय चेम्बर अफ कमर्श सर्वसम्मत रुपमा समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा लक्ष्मी गणेश र सचित्र […]

लामखुट्टेको लार्भा नष्ट गर्दै बिर्तामोड नगरपालिका

Published: (Updated: ) in मुख्य समाचार, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on लामखुट्टेको लार्भा नष्ट गर्दै बिर्तामोड नगरपालिका.

बिर्तामोड । बिर्तामोड नगरपालिका क्षेत्रमा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु भएको छ । डेंगुलगायत किटजन्य रोगहरुको नियन्त्रणका लागि लामखुट्टे बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियान सुरु भएको हो । वडा नम्बर १ को कार्यालयमा शनिबार विहान आयोजित एक कार्यक्रमका बीच अभियानको सुरुवात गरिएको हो । कार्यक्रममा बोल्दै नगरप्रमुख पवित्रा महतारा प्रसाईले विषादी छर्किने […]