Sajhamanch Archive

गणेश खनालको ८२ औं जन्मोत्सवमा पत्रकार उपचार कोषलाई ११११११ रुपैयाँ प्रदान

Published: in मुख्य समाचार, शिक्षा, समाज by . Leave a Comment on गणेश खनालको ८२ औं जन्मोत्सवमा पत्रकार उपचार कोषलाई ११११११ रुपैयाँ प्रदान.

बिर्तामोड । शिक्षासेवी गणेशप्रसाद खनालले आफ्नो ८२औं जन्मोत्सवको अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखालाई एक लाख ११ हजार १११ रुपैयाँ प्रदान गरेका छन् । खनाल दम्पत्तिले गत फागुन २४ गते आफ्नो विवाहको ६०औं वर्षगाँठका अवसरमा पत्रकार सहारा उपचार कोषलाई उक्त सहयोगको घोषणा गरेका थिए । शनिबार आफ्नै निवासमा आयोजित संक्षिप्त कार्यक्रममा शिक्षासेवी खनाल र उनकी […]

प्रदेश १, मधेस र बाग्मतीका केही ठाउँमा वर्षाः गण्डकी र कर्णालीमा मौसम बदली

Published: in मुख्य समाचार, समाज by . Leave a Comment on प्रदेश १, मधेस र बाग्मतीका केही ठाउँमा वर्षाः गण्डकी र कर्णालीमा मौसम बदली.

झापा । मनसुन सक्रिय रहेको प्रदेश १, मधेस र बाग्मती प्रदेशका केही ठाउँमा अहिले पानी परिरहेको छ । मौसम आंशिकदेखि पूर्णरूपमा बदली भइ केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मुख्यगरी तराई क्षेत्र र पहाडी क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए। […]

नेपालको कानूनविपरीत फुटबलमा सट्टेबाजी भित्र्याउँदै एन्फा

Published: in खेलकुद, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on नेपालको कानूनविपरीत फुटबलमा सट्टेबाजी भित्र्याउँदै एन्फा.

झापा । फिफा विश्वभर फुटबलको अखण्डताको रक्षा गर्न पूर्णरूपमा प्रतिबद्ध संस्था हो। उसले फुटबलमा सट्टेबाजी, जुवा र यस्तै गतिविधिहरूमा विशेष नियम राखेको छ। तर त्यो नियम नेपाली फुटबलमा लागु हुँदैन। किनकी नेपालको मुलुकी अपराध संहिता २०७४ ले सट्टेबाजी र जुवामा प्रतिबन्ध लगाएको छ। नेपालको कानुनअनुसार नेपाली फुटबलमा सट्टेबाजी गर्न्गराउन पाइँदैन। मुलुकी अपराध संहिता २०७४ को […]

आइसिए महासभामा भाग लिन सहकारी अभियन्ताहरु स्पेनतिर

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, विश्व समाचार, समाज, सहकारी by . Leave a Comment on आइसिए महासभामा भाग लिन सहकारी अभियन्ताहरु स्पेनतिर.

झापा । हरेक २–२ वर्षमा हुँदै आएको अन्तर्राष्ट्रिय सहकारी महासंघको महासभामा भाग लिन नेपालबाट दर्जनौं सहकारी अभियन्ताहरु स्पेन गएका छन् । स्पेनको सेभिल्लेमा यही जुन २० तारिख (असार ६) देखि महासंघको महासभा आयोजना गरिएको छ । स्पेनिश कन्फेडरेशन अफ वर्कर कोअपरेटिभको आतिथ्यमा सञ्चालन हुने महासभामा भाग लिन नेपालबाट राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलको नेतृत्वमा […]

‘एसपीपीमा संलग्न नहुने औपचारिक जानकारी अमेरिकालाई देउ’

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on ‘एसपीपीमा संलग्न नहुने औपचारिक जानकारी अमेरिकालाई देउ’.

काठमाडौँ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा संलग्न नहुनेबारे औपचारिक रूपमा अमेरिकी सरकारलाई जानकारी दिन सरकारलाई निर्देशन दिएको छ । समितिले परराष्ट्रमन्त्री नारायण खड्का, प्रधानसेनापति प्रभुराम शर्मा, परराष्ट्र र रक्षा सचिवहरूसँगको छलफलपछि शुक्रबार उक्त निर्देशन दिएको हो । एसपीपी अमेरिकी सैन्य रणनीतिको हिस्सा रहेको तथ्यहरूले देखाएको भन्दै संसदीय समितिले उक्त कार्यक्रममा नेपाल […]

झापा एफसीका खेलाडी र अफिसियललाई नगदसहित सम्मान

Published: in खेलकुद, मिडियाबाट साभार, मुख्य समाचार, समाज by . Leave a Comment on झापा एफसीका खेलाडी र अफिसियललाई नगदसहित सम्मान.

बिर्तामोड । झापा गोल्डकपले सहिद स्मारक ‘सी’ डिभिजन लिग च्याम्पियन बनेको झापा फुटबल क्लबका खेलाडी तथा अफिसियललाई नगदसहित सम्मान गरेको छ । बिहीबार बिर्तामोडमा एक कार्यक्रमको आयोजना गरी झापा गोल्ड कपले पुरस्कृत तथा सम्मान गरेको हो । क्लबका खेलाडी तथा अफिसियललाई पुरस्कारस्वरुप जनही ११ हजार रुपैयाँ प्रदान गरिएको थियो । जेठ २० गते सम्पन्न ‘सी’ […]

एमाले जनप्रतिनिधिको संकल्प : निष्पक्षता र योग्यताका आधारमा नियुक्ति

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on एमाले जनप्रतिनिधिको संकल्प : निष्पक्षता र योग्यताका आधारमा नियुक्ति.

काठमाडौं । नेकपा एमालेका जनप्रतिनिधिहरुले नियुक्ति, सरुवा–बढुवा र सेवा प्रवाहमा निष्पक्षता र योग्यतालाई आधार बनाउने संकल्प गरेका छन् । एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको काठमाडौंमा भएको दुई दिने भेलाबाट जारी काठमाडौं संकल्प पत्रमा परिवार, आफन्तजन र स्वार्थ जोडिएका व्यक्तिको पक्षपोषण नगर्ने उल्लेख छ । २० बुँदे संकल्पपत्रमा लेखिएको छ, ‘आफूले कुनै भ्रष्टाचार गर्नेछैनौं र कडाइका साथ भ्रष्टाचार […]

फिफा विश्वकप २०२६ को शहर र रंगशालाको घोषणा

Published: in खेलकुद, मिडियाबाट साभार, मुख्य समाचार by . Leave a Comment on फिफा विश्वकप २०२६ को शहर र रंगशालाको घोषणा.

काठमाडौं । फिफा विश्वकप २०२६ का लागि आयोजक शहर र रंगशालाको घोषणा भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०२६ मा आयोजना हुने फिफा विश्वकप फुटबलको आयोजक शहर र रंगशालाको नाम सार्वजनिक गरेको हो । सन् २०२६ को विश्वकप तीन राष्ट्र अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा आयोजना हुनेछ । जसका लागि १६ […]

कम्युनिष्ट पार्टीहरुलाई एकजुट बनाउने अभियानमा लाग्छु : वामदेव गौतम

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on कम्युनिष्ट पार्टीहरुलाई एकजुट बनाउने अभियानमा लाग्छु : वामदेव गौतम.

काठमाडौं । राष्ट्रियसभाका सांसद बामदेव गौतमले आफू फेरि कम्युनिष्ट पार्टीहरुलाई एकजुट बनाउने अभियानमा लागिपर्ने बताएका छन् । केही समयदेखि आफू कुनै पनि पार्टीमा संलग्न नभएको जिकिर गर्दै सांसद गौतमले त्यसलाई फेरि एकीकृत गर्ने अभियानमा लाग्ने विचार गरेको र केही समयपछि त्यसको घोषणा गर्ने योजना पनि सुनाए । शुक्रबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै तत्कालीन […]

भारतीय अवरोधले झापाको एउटा सिङ्गो बस्ती बाढीको उच्च जोखिममा

Published: in मुख्य समाचार, समाज by . Leave a Comment on भारतीय अवरोधले झापाको एउटा सिङ्गो बस्ती बाढीको उच्च जोखिममा.

झापा । झापाको दक्षिणी सीमावर्ती गाउँपालिका गौरीगञ्ज गाउँपालिकास्थित वडा नम्बर–४ मा रहेको एउटा सिङ्गो बस्ती नै नदी कटानको जोखिममा परेको छ । भारतसँग सीमा जोडिएको उक्त क्षेत्रमा सिमानाका रूपमा गेउरिया खोला रहेको छ । उक्त खोलाले धार परिवर्तन गर्दा नेपाल तर्फको जमिन कटान गरिरहेको स्थानीय जयराम ऋषिदेवले बताए । उनी भन्छन्, “खोलामा सामान्य तटबन्धन मात्रै […]