विराटनगर। प्रदेश १ को नाम कोशी राखिएको विरोधमा आन्दोलनरत पहिचानवादीहरुले विराटनगरको देवकोटा चोकमा प्रदर्शन जारी राखेका छन्। प्रहरी र प्रदर्शनकारीबीच झडप भएका कारण स्थिति तनावग्रस्त भएको छ । प्रदेश सभा छेउको निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले रोक्न खोजेको थियो। त्यसक्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए। त्यसपछि प्रहरीले भिड तितरवितर पार्न अश्रुग्याँस र पानीको […]
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ६ शिवगन्जस्थित प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गरी नगर अस्पताल बनाउने कार्यका लागि थालिएको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । बहुवर्षे योजना अन्तर्गत निर्माण थालिएको अस्पतालको भौतिक पूर्वाधारको ७५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको जनाइएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट करसहित १० करोड ६६ लाख ९३ […]
शिवसताक्षी । झापाको शिवसताक्षी वडा नं ११ दूधेमा पूर्वपश्चिम राजमार्गसँगै जोडिएको सहायक बाटो मैनाचरी मार्ग दशकौं पुरानो भए तापनि अझै कालोपत्रे गरिएको छैन । पूर्व पश्चिम महेन्द्र राजमार्गको दूधे–झिलझिले खण्डको बीचमा उत्तरतर्फ रहेको सो बाटोलाई कालोपत्रे गर्ने स्थानीय बासिन्दाको अनेकल पहल अझै साकार नभएको हो । वि. सं. २०२४ सालबाट प्रयोगमा आएको मैनाचरी मार्गको लम्बाई […]
झापा । नेपाली कांग्रेस झापाले जिल्ला पदाधिकारी र सदस्य मनोनयन पश्चात विभागीय समिति गठनको पूर्वतयारी सुरु गरेको छ । जिल्ला सभापति देउकुमार थेवेको सभापतित्वमा आज शनिबार जिल्ला पार्टी कार्यालय बिर्तामोडमा सम्पन्न जिल्ला पदाधिकारी, क्षेत्र, प्रदेश सभा क्षेत्र र गाउँ नगर सभापतिहरुको विस्तारित बैठकले आगामी जेठ २५ गते भित्र विभागीय समितिमा मनोनयन गर्नुपर्ने नामहरु टुङ्गो लगाउने […]
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन माओवादीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध युद्ध अपराधको मुद्दा चलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्दै सर्वोच्च अदालतमा निवेदन परेको छ । लेलिन विष्टसमेतले शुक्रबार प्रधानमन्त्री प्रचण्ड, डा. भट्टराईविरुद्ध युद्ध अपराधको मुद्दा चलाएर कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्दै सर्वोच्च अदालतमा […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाले कुष्ठरोगीको पहिचानको लागि शंकास्पदहरुको जाँच कार्यलाई निरन्तर अघि बढाइरहेको जनाइएको छ । सो रोगको उच्च जोखिममा रहेको वडा नम्बर १० मा अभियान नै सञ्चालन गरेर कुष्ठरोगीको खोजपड्ताल भइरहेको हो । बिर्तामोड वडा नं. १० मा १०१ जना शकास्पद विरामी जाँच गर्दा ५ जना नयाँ कुष्ठरोगी थपिएको नगरपालिकाका सिनियर अहेव अधिकृत तथा […]
झापा । लेखक तथा अग्रज सञ्चारकर्मी केदार शर्माले विकासलाई हेर्ने दृष्टिकोण फरक फरक हुने बताएका छन् । विकास पत्रकारिता गर्ने पत्रकारहरुले विषयवस्तुलाई केलाउँदै तथ्य जाँच्नु अत्यन्त जरुरी हुने उनको भनाई छ । नारी सञ्चार गृह झापाको आयोजनामा आज बिर्तामोडमा सम्पन्न कार्यशाला गोष्ठीमा उनले उद्विकास र विकास फरक भएको दृष्टान्त प्रस्तुत गर्दै विकास पत्रकारितामा सामाजिक आर्थिक […]
शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. ९ ले वडाका कृषकहरुलाई अनुदान स्वरुप कुखुरा, बुँगुरको दाना, चल्ला, मौरीको घार वितरण गरेको छ । स्थानीय शिव प्राथमिक विद्यालयमा एक कार्यक्रमको आयोजना गरी १० लाख ५० हजार बराबरको कुखुराको दाना, बाख्रा, गाई भैसीलाई ओछ्याउने म्याट लगायतका सामाग्री वितरण गरेको हो । वडामा मै च्याउ खेती गर्दै आएका […]
भद्रपुर । कोशी प्रदेशमै पहिलोपटक भद्रपुरमा युवा सम्मेलन हुने भएको छ । स्थानीय विकासमा युवा सहभागिता सवल नेतृत्व विकास, प्रविधि र उद्यमशीलता भन्ने उद्देश्य बोकेर भद्रपुरमा प्रथम नगर सम्मेलन हुने भएको हो । भद्रपुर नगर युवा परिषदको आयोजनामा जेठ १८ र १९ गते भद्रपुर प्रथम नगर सम्मेलन हुन लागेको परिषदका सदस्य सचिव योगेन्द्र पौडेलले जानकारी […]
चुलाचुली (इलाम) । पशुपालनका लागि प्रचुर सम्भावना रहेको दक्षिणी इलामको चुलाचुली गाउँपालिकाका कृषकहरु पछिल्लो समय पशुपालन व्यवसायतर्फ आकर्षित हुन थालेका छन् । अन्य विकल्प नभएका कृषकहरु पशुपालनतर्फ आकर्षित भएपछि विभिन्न संस्थाले उनीहरुलाई दक्ष बनाउने गरी तालिम पनि प्रदान गरिरहेको पाइएको छ । सोही क्रममा चुलाचुली ४ स्थित पाथीभरा बचत तथा ऋण सहकारी संस्थाले महिला जागरण […]