Sajhamanch Archive

प्रदेश स्तरीय महिला गोल्डकपको उपाधि सप्तरीको नमोबुद्धलाई

Published: in खेलकुद, प्रदेश तह, मुख्य समाचार, लोकप्रिय by . Leave a Comment on प्रदेश स्तरीय महिला गोल्डकपको उपाधि सप्तरीको नमोबुद्धलाई.

बिर्तामोड । झापाको बिर्तामोडमा सम्पन्न प्रदेश स्तरीय महिला गोल्डकप फुटबलको उपाधि नमोबुद्ध युवा क्लब सप्तरीले जितेको छ । बिर्तामोड–१० सैनिकबजार स्थित महेन्द्र ज्योति माविको मैदानमा शनिबार भएको फाइनल खेलमा आयोजक ‘अल इन वान’ क्लबलाई टाईब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै नमोबुद्ध सप्तरीले उपाधि कब्जा गरेको हो । निर्धारित ६० मिनेटमा एक–एक गोलको बराबरीमा खेल सकिएपछि […]

अर्थोडक्स चिया १ केजीको १० हजार रुपैयाँमा बिक्री

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, by . Leave a Comment on अर्थोडक्स चिया १ केजीको १० हजार रुपैयाँमा बिक्री.

इलाम । नेपालमा पहिलो पटक लिलामीमार्फत चिया बिक्री भएको छ । शनिबार इलामको कन्याममा ‘डेमो अक्सन’मार्फत प्रतिकेजी १० हजार रुपैयाँमा चिया बिक्री भएको हो । एकजना अमेरिकीले प्रतिकेजी १० हजारका दरले ‘अर्थोडक्स ब्ल्याक टी’ खरिद गरेका हुन् । अमेरिकी नागरिक जेनीले लिलाम बढाबढमा ५ केजी अर्थोडक्स चिया ५० हजार रुपैयाँमा खरिद गरेकी हुन् । सूर्योदय […]

मेची रंगशालामा खेलाडी छनोटको खेल हुँदै

Published: in खेलकुद, मुख्य समाचार, लोकप्रिय, शिक्षा, स्थानीय तह by . Leave a Comment on मेची रंगशालामा खेलाडी छनोटको खेल हुँदै.

भद्रपुर । भद्रपुर झापा गोल्डकपको आयोजनामा आज मेची रंगशालामा भद्रपुर नगरपालिका भित्रका १४ देखि १६ वर्ष उमेर समूहका खेलाडीको सहभागितामा छनोट खेलहरू भएको छ । फागुनमा सम्पन्न प्रथम भद्रपुर झापा गोल्डकपको सफलतापछि भद्रपुरमा ‘भद्रपुर झापा गोल्डकप युवा फुटबल प्रशिक्षण परियोजना’लाई सार्थकता प्रदान गर्नेक्रममा मेची रंगशालामा छनोटका खेलहरु भएका हुन् । खेलमा भद्रपुरका सबै वडाबाट आएका […]

बालकल्याणका विद्यार्थीलाई एकसाथ दोहोरो खुसी

Published: in मुख्य समाचार, लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on बालकल्याणका विद्यार्थीलाई एकसाथ दोहोरो खुसी.

शिवसताक्षी । झापाको मध्य दक्षिण भूगोलमा रहेको शिवसताक्षी ५ भेलामुनीस्थित बालकल्याण आधारभूत विद्यालयका विद्यार्थीहरु सधैंभन्दा हिजो शुक्रबार बेग्लै खुसीमा रमाए । ग्रामीण भेगका अत्यन्त विपन्न समुदायका बालबालिका अध्ययन गर्ने सो विद्यालयका १५१ जना विद्यार्थीलाई वडा नं. ५ ले स्कूल ब्याग, जुत्ता, मोजा, टाई र बेल्ट प्रदान गरेर अभिभावकलाई समेत खुसी तूल्याएको थियो । यतिमात्र होइन, […]

‘कोशी’ नाम खारेज हुन्न, दुई तिहाइ ल्याएर संशोधन गर : एमाले अध्यक्ष ओली

Published: in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on ‘कोशी’ नाम खारेज हुन्न, दुई तिहाइ ल्याएर संशोधन गर : एमाले अध्यक्ष ओली.

पाँचथर । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सडकमा उफ्रेकै भरमा ‘कोशी’ नाम फिर्ता नहुने बताएका छन् । तीन दिनदेखि पाँचथरमा रहेका ओलीले शनिबार सदरमुकाम फिदिममा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । ‘दुई चार जना केटा सडकमा उफ्रँदैमा प्रदेशको नामकरण हुँदैन, सक्छौ भने जनताको मन जितेर दुई […]

भारतमा उपचाररत कांग्रेस नेता भण्डारी आइतबार स्वदेश फर्कने

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्वास्थ्य by . Leave a Comment on भारतमा उपचाररत कांग्रेस नेता भण्डारी आइतबार स्वदेश फर्कने.

फाइल तस्वीर झापा । गत फागुन ३ गते राति आफ्नै निवास बुद्धनगरमा ‘ग्यास लिक’ भएर आगालागीबाट गम्भीर घाइते भई उपचाररत नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्रकान्त भण्डारी भोलि आइतबार स्वदेश फर्कने भएका छन् । आगालागीबाट गम्भीर घाइते भएका डा. भण्डारी स्वास्थ्य उपचारपछि स्वदेश फर्कन लागेका हुन् । भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत […]

बिर्तामोड १ का वडाबासीलाई अब निःशुल्क रगत

Published: in मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on बिर्तामोड १ का वडाबासीलाई अब निःशुल्क रगत.

झापा । बिर्तामोड नगरपालिका वडा नम्बर १ ले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका बिरामीहरुको लागि निःशुल्क रगतको व्यवस्था गरेको छ । बिरामी भएर रगत आवश्यक परेको अवस्थामा वडाले निःशुल्क रगत उपलव्ध गराउने भएको हो । त्यसका लागि वडा कार्यालय र नेपाल रेडक्रस सोसाइटी झापाबीच शुक्रबार द्विपक्षिय सम्झौतामा हस्ताक्षर भएको छ । बिर्तामोड वडा नम्बर […]

गोलधापमा कर्णाली साकोसको स्वास्थ्य शिविर

Published: in मुख्य समाचार, लोकप्रिय, समाज, सहकारी, स्वास्थ्य by . Leave a Comment on गोलधापमा कर्णाली साकोसको स्वास्थ्य शिविर.

हल्दिबारी । कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोडको आयोजनामा आज हल्दिबारी गाउँपालिकाको गोलधाप स्वास्थ्य चौकीमा स्तन क्यान्सर तथा पाठेघरको मुखको क्यान्सर जाँच सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । विराट मेडिकल कलेज बिराटनगरको प्राविधिक सहयोगमा क्यान्सर रोग सम्बन्धी वरिष्ठ विशेषज्ञ अस्मिता रायमाझीले स्वास्थ्य परीक्षणका लागि शिविरमा आएका महिलाहरुको चेकजाँच तथा परामर्श दिएकी […]

शिवसताक्षीमा फिलुङ्गेको नलले छोपेको अवस्थामा महिलाको सव फेला

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on शिवसताक्षीमा फिलुङ्गेको नलले छोपेको अवस्थामा महिलाको सव फेला.

शिवसताक्षी । झापा शिवसताक्षी न.पा. ६ निपत्रियामा एक महिलाको सव फेला परेको छ । स्थानीय एकल महिला ६३ वर्षीय शान्तिमाया प्रधानको सव विहीबार बेलुका उनकै घर नजिकै फिलुङ्गेको नलले छोपेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । छिमेकी परालको तान्न जाँदा गन्ध आएको र माच छेउमा चप्पल देखेपछि इलाका प्रहरी कार्यालय झिलझिलेलाई […]

आयोजक ‘अल इन वान’सँग नमोबुद्धको फाइनल भेट पक्का, शनिबार भिड्दै

Published: in खेलकुद, प्रदेश तह, मुख्य समाचार, लोकप्रिय by . Leave a Comment on आयोजक ‘अल इन वान’सँग नमोबुद्धको फाइनल भेट पक्का, शनिबार भिड्दै.

झापा । नमोबुद्ध युवा क्लब सप्तरी झापामा जारी प्रदेश स्तरीय महिला गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोड–१० सैनिक बजारस्थित महेन्द्रज्योति माविको मैदानमा आज भएको दोस्रो सेमिफाइनल खेलमा गाईघाट फुटबल क्बल उदयपुरलाई २–० गोल अन्तरले पराजित गर्दै सप्तरी फाइनलमा प्रवेश गरेको हो । सप्तरीलाई फाइनल प्रवेश गराउन खेलको १५औं मिनेटमा राष्ट्रिय टिमकी खेलाडीसमेत रहेकी […]