Sajhamanch Archive

आदिवासी रंगशाला निर्माणका लागि छुट्टिएको बजेट कार्यान्वयन हुन्छ : मुख्यमन्त्री कार्की

Published: in प्रदेश तह, मुख्य समाचार, लोकप्रिय, स्थानीय तह by . Leave a Comment on आदिवासी रंगशाला निर्माणका लागि छुट्टिएको बजेट कार्यान्वयन हुन्छ : मुख्यमन्त्री कार्की.

कमल । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले झापाको कमल गाउँपालिका वडा नं. ५ स्थित आदिवासी रङ्गशाला निर्माणका लागि छिटो प्रक्रिया अगाडि बढाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने बताएका छन् । रङ्गशाला निर्माणका लागि प्रदेश सरकारबाट विनियोजन भएको एक करोड रुपैयाँले पहिलो चरणमा रङ्गशालाको डिपिआर बनाएर प्रवेशद्वार र घेराबारा गर्न निर्देशन दिने मुख्यमन्त्री कार्कीको भनाई छ । […]

बिर्तामोडका सबै वडामा जग्गा वर्गीकरण सम्पन्न

Published: in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोडका सबै वडामा जग्गा वर्गीकरण सम्पन्न.

बिर्तामोड । बिर्तामोड नगरपालिकाले १० वटै वडाको जग्गा वर्गीकरण कार्य सम्पन्न गरेको छ । नगरप्रमुख एवं स्थानीय भू–उपयोग परिषद् अध्यक्ष पवित्रा महतारा प्रसाईको अध्यक्षतामा मंगलबार बसेको बैठकले बाँकी रहेको वडा नम्बर ६ को पनि वर्गाीकरण कार्य सम्पन्न गरेको हो । बैठकले वडा नम्बर ६ मा रहेको गिरीवन्धु टी–स्टेटको नाममा दर्ता श्रेस्ता कायम रहेको जग्गा सट्टापट्टाका […]

हिमपहिरोमा परेर सिक्किममा ३ जना नेपालीको मृत्यु

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, विश्व समाचार, समाज by . Leave a Comment on हिमपहिरोमा परेर सिक्किममा ३ जना नेपालीको मृत्यु.

काठमाडौं । सिक्किमको गान्तोक–नाथुला सडक खण्डमा हिमपहिरोमा परी तीन नेपालीसहित सात जनाको मृत्यु भएको छ । करिब एक दर्जन घाइते भएका छन् । मृत्यु हुने नेपालीहरुमा चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल तथा रुपन्देहीकी मुना शाह श्रेष्ठ रहेको गान्तोकका अधिकारीहरुले जनाएका छन् । अन्य मृतकहरु भारतको उत्तरप्रदेश, पश्चिम बंगाल र कोलकाताका छन् । स्थानीय समय […]

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, विश्व समाचार by . Leave a Comment on अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ.

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । उनलाई औपचारिक रुपमा गिरफ्तार गरिएको र प्रहरी हिरासतमा राखिएको बीबीसीले जनाएको छ । उनीमाथि ३४ आरोप लागेका छन् । आपराधिक आरोपको सामना गर्ने ट्रम्प अमेरिकाको पहिलो राष्ट्रपति हुन् । यद्यपि उनले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन् । उनले म्यानहटन अदालतमा आत्मसमर्पण गरेर आफूले […]

सहारा नेपालको स्थापना दिवसमा हाफ म्याराथन प्रतियोगिता, सञ्जय श्रेष्ठ र पुष्पा भण्डारी बने चम्पियन, ५३४ जनाको सहभागिता

Published: in खेलकुद, मुख्य समाचार, लोकप्रिय, समाज, सहकारी by . Leave a Comment on सहारा नेपालको स्थापना दिवसमा हाफ म्याराथन प्रतियोगिता, सञ्जय श्रेष्ठ र पुष्पा भण्डारी बने चम्पियन, ५३४ जनाको सहभागिता.

बिर्तामोड । सहारा हाफ म्याराथनको उपाधि सञ्जय श्रेष्ठ र पुष्पा भण्डारीले जितेका छन् । चारपानेमा आज बिहान सम्पन्न हाफ म्याराथनमा नेपाल आर्मीका श्रेष्ठले निर्धारित दूरी १ घन्टा ६ मिनेट २२ सेकेन्डमा पूरा गर्दै पुरुषतर्फ च्याम्पियन बनेका हुन् । त्यस्तै, सशस्त्र प्रहरी बल नेपालकी भण्डारीले १ घण्टा २१ मिनेट १७ सेकेन्डमा निर्धारित दूरी पार गर्दै महिलातर्फ च्याम्पियन […]

स्थापना दिवसमा जिल्ला सहकारी संघले गर्यो दर्जनौं पुरस्कृत व्यक्ति र संस्थाको घोषणा

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, शिक्षा, समाज, सहकारी by . Leave a Comment on स्थापना दिवसमा जिल्ला सहकारी संघले गर्यो दर्जनौं पुरस्कृत व्यक्ति र संस्थाको घोषणा.

झापा । चैत २० गते राष्ट्रिय सहकारी दिवसको दिन आज झापाका एक हजार हाराहारी सहकारीकर्मीलाई बिर्तामोडमा उत्प्रेरणात्मक सहजीकरण गरिएको छ । देशभर आर्थिक मन्दीले ब्यापार व्यवसाय चौपट्ट भएको कारण सहकारीमा पनि तरलता संकट उत्पन्न हुँदा सहकारीकर्मीहरु चिन्तित बनेका कारण सो को न्यूनीकरणका लागि मनोवैज्ञानिक उपचारस्वरुप उत्प्रेरणात्मक तालिम दिइएको हो । झापा जिल्ला सहकारी संघले ६६औं […]

घट्यो पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on घट्यो पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य.

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्यमा भारी कटौती गरेको छ । सोमबार बसेको निगम सञ्चालक समिति बैठकले डिजेल, मटीतेल र हवाई इन्धनको मूल्य लिटरमा १०–१० रुपैयाँले र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाउने निर्णय भएको निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले जानकारी दिएका छन् । सोमबार बसेको बोर्ड बैठकले डिजेल, मट्टीतेल र दुवै प्रकारका हवाई […]

एनएमसी र विकूबीच भगिनी सम्बन्ध स्थापनाः पश्चिमका सहकारीमा एनएमसीको अवलोकन

Published: in मुख्य समाचार, लोकप्रिय, शिक्षा, समाज, सहकारी, by . Leave a Comment on एनएमसी र विकूबीच भगिनी सम्बन्ध स्थापनाः पश्चिमका सहकारीमा एनएमसीको अवलोकन.

झापा । देशकै अग्रणी सहकारी संस्थाको रूपमा परिचित झापाको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) का अधिकृत कर्मचारीहरुले पश्चिममा रहेका सहकारी संस्थाहरूको अवलोकन भ्रमण गरेको छ । चैत १३ देखि १८ गतेसम्म संस्थाको कर्पाेरेट व्यवस्थापन समूहको टोलीले अध्ययन अवलोकन भ्रमण सम्पन्न गरेको थियो । संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीको नेतृत्वमा संस्थाका कर्पाेरेट विभागीय प्रमुख, […]

प्रविधिमैत्री सहकारी कारोबार

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, सहकारी, by . Leave a Comment on प्रविधिमैत्री सहकारी कारोबार.

नेपाली मुद्राको छपाईमा बर्सेनी अर्बौं रुपैयाँ खर्चंदै आएको नेपाल राष्ट्र बैंकले ‘गो क्यासलेस’को नारा दिएर बैंक तथा वित्तीय संस्थाहरुलाई ‘डिजिटल्ली’ वित्तीय कारोबार गर्न सुझाएको छ । यही नारालाई सार्थकता प्रदान गर्दै बैंकहरुले डिजिटल कारोबार गर्न थालेका हुन् । पछिल्ला केही वर्षदेखि नेपालका सहकारी संस्थाहरुले पनि अत्याधुनिक प्रविधि अंगालेका कारण पैसाको कारोबार गर्न अझ सजिलो बनाएका […]

कस्ता सहकारी बनाउने, कस्तो सदस्य बन्ने ?

Published: in मुख्य समाचार, लोकप्रिय, विचार/ब्लग, शिक्षा, समाज, सहकारी, by . Leave a Comment on कस्ता सहकारी बनाउने, कस्तो सदस्य बन्ने ?.

कुनै पनि व्यक्ति वा संस्थाको जीवनमा समस्या देखिनु कुनै अनौठो र कहिल्यै कसैलाई नभएको कुरा होइन । सामान्यतया प्रगति गर्दै अगाडि बढिरहेका व्यक्ति, परिवार वा संघसंस्थामा समस्या आइरहन्छन् । साधारण भाषामा भन्दा यस्ता समस्याहरुको कुशलतापूर्वक समाधान गर्दै जाँदा नै विकास हुन्छ । अहिले सहकारी संस्थाहरुमा देखिएको समस्या पहिला पनि थियो र पछि पनि यस्ता समस्या […]