बिर्तामोड । दैवी तथा प्राकृतिक विपत्ती जहिले पनि जसलाई पनि पर्न सक्दछ । यसले धनी गरिब छुट्याउँदैन । शुक्रबार साँझ आएको असिना सहितको वर्षात् र हावाहुरीले पनि झापाका धेरै परिवारको बिचल्ली बनाएको छ । असिनाले मकैका बोट, सागसब्जी लगायत पुरानो टिनको छानो छिया छिया बनाई दिएको छ । आँधी हुरीसहित आएको वर्षातका कारण स्टिल इण्डष्ट्रिजमा […]
बिर्तामोड । मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले यो वर्षको अन्तिम सदस्य शिक्षा एवम् वित्तीय साक्षरता कार्यक्रम शनिबार बिर्तामोडमा सम्पन्न गरेको छ । बिर्तामोड सेवा केन्द्र अन्तरगतका सदस्यहरुलाई सेवा केन्द्र कार्यालयमा आमन्त्रण गरी संस्थाले शनिवार सदस्य शिक्षा तथा वित्तीय साक्षरता प्रदान गरेको हो । उक्त कार्यक्रममा संस्थाका अध्यक्ष नागरायणप्रसाद भट्टराई र प्रमुख कार्यकारी अधिकृत खोमप्रसाद बगालेले […]
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नं. ६ मा रहेको तक्षशीला एजुकेशन फाउन्डेसनले आगामी शैक्षिक सत्र २०८० देखि क्याम्ब्रिजको अंग्रेजी कोर्सको अध्यापन गराउने भएको छ । शनिबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा तक्षशीलाका प्रिन्सिपल रोहित ढुंगेलले आगामी शैक्षिक सत्रदेखि विद्यालयमा कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीलाई क्याम्ब्रिजको अंग्रेजी कोर्स अध्यापन गराइने जानकारी दिएका हुन् । […]
झापा । कोशी प्रदेश नामकरणको विरोध जनाउँदै आन्दोलनमा उत्रिएका पहिचानवादीहरुले शुक्रबार झापाको कमल गाउँपालिका, मेचीनगर नगरपालिका, बिर्तामोड नगरपालिका कार्यालय तथा केही वडाहरुमा तालाबन्दी गरेका छन् । प्रदेश १ को पुनः नामाङ्कन संयुक्त संघर्ष समितिको आव्हानमा उनीहरुले घोषित आन्दोलनको कार्यक्रम अनुसार पालिकाको कार्यालयमा तालावन्दी गर्नुका साथै कोशी लेखिएका कार्यालयका कागजातहरु जलाएका छन् । विभिन्न ठाउँबाट सहभागी […]
हल्दिबारी । हल्दिबारी गाउँपालिका वडा नं. ३ की सामाजिक अभियन्ता ईश्वरा तिवारी र खड्ग तिवारीले १० लाख रुपैयाँ मूल्यको एक कठ्ठा जग्गा बाल संस्कार केन्द्र सञ्चालनका लागि दान गरेका छन् । तिवारी दम्पत्तिले सो जग्गा जनकल्याण प्रतिष्ठान एकल विद्यालय अभियान नेपाललाई दान गरेका हुन् । जग्गादाता तिवारी दम्पत्तिलाई प्रतिष्ठानले शुक्रबार एक कार्यक्रमबीच हल्दिबारीको पाराखोपीमा सम्मान […]
मेचीनगर । भानु साहित्यिक प्रतिष्ठान मेचीनगरले आफूले चर्चेको जग्गा आफ्नो नाममा दर्ता गराउन नगरपालिकालाई सिफारिस माग गर्ने निर्णय गरेको छ । प्रतिष्ठानको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले प्रतिष्ठानले भोगचलन गरेको जग्गाको प्रमाणपत्रहरु जुटाई मेचीनगर नगरपालिकाबाट सिफारिस लिई राष्ट्रिय आवास कम्पनीसँग जग्गा दर्ता गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद उप्रेतीको अध्यक्षतामा […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । १० पुसमा प्रधानमन्त्री भएका उनले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी लगायतका दललाई समेटेर आज शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले कांग्रेसको सिफारिसमा चार सांसदलाई मन्त्री नियुक्त गरेका छन् । उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री भएका छन् भने डा. प्रकाशशरण […]
काठमाडौँ । सत्ता गठनबन्धनमा दलहरूले पाउने मन्त्रालयहरूको भागबन्डा टुंगिएको छ । नेपाली कांग्रेसले ८ मन्त्रालय‚ नेकपा माओवादी केन्द्रले ५ मन्त्रालय‚ एकीकृत समाजवादी पार्टीले २ मन्त्रालय पाउने भएको बैठकमा सहभागी एक नेताले बताएका छन् । गठबन्धनको ठूलो दल कांग्रेसले अर्थ, परराष्ट्र, रक्षा‚ सहरी विकास‚ भूमि व्यवस्था‚ सामान्य प्रशासन‚ स्वास्थ्य र कानुन मन्त्रालय मन्त्रालय पाउने भएको छ […]
काठमाडौं। पछिल्लो २४ घण्टामा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हाल देशभर १२३ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ३०० जनाको पीसीआर परीक्षण गर्दा ३७ जना र ६१५ जनाको एन्टीजेन परीक्षणमा ५ जना गरी ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बिहीबार मात्रै १७ जना कोरोनाबाट संक्रमणमुक्त […]
काठमाडौं । अर्थशास्त्री स्वर्णिम वाग्लेले नेपाली कांग्रेस छाडेको घोषणा गरेका छन् । बिहीबार अपरान्ह उनले फेसबुकमार्फत ५० वर्षदेखि आफ्नो पारिवारिक विरासत गाँसिएको कांग्रेसबाट अलग भएको घोषणा गरेका हुन् । स्वर्णिमले अब वैकल्पिक लोकतान्त्रिक शक्ति निर्माणमा लाग्नुपर्ने भन्दै २०८० सालको सुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा देखिने बताएका छन् । ‘अब कांग्रेस–कम्युनिष्टका असल मानिसहरु, दलमा आवद्ध नभएका स्वतन्त्रता […]