दमक । दमक उद्योग वाणिज्य संघले असार १४ गते दमकमा आयोजना गरेको रोजगार मेलाको तयारी तीव्ररुपमा भइरहेको जनाएको छ । संघले आज पत्रकार सम्मेलन गरी वृत्ती परामर्श तथा रोजगार मेलाको तयारीको विषयमा जानकारी दिएको हो । मेलामा तालिम प्रदायक संस्था, पर्यटन, चिया बगान, बैकिङ, होटल ब्यवसाय लगायतका २१ वटा संस्था, कम्पनी, उद्योगको स्टल रहने जनाइएको […]
फिदिम । मेची राजमार्गको फिदिम खण्डमा पर्ने हेवाखोलाको पूल असार २ गतेको बाढीले बगाएपछि ठप्प रहेको पहाडी यातायात आवागमन आजदेखि अस्थायीरुपमा सञ्चालन गरिएको छ । खोलामा ह्युमपाइप राखेर डाइभर्सन निर्माण गरेपछि आज मंगलबार अपरान्हदेखि यातायातका साधन आवतजावत गर्न थालेका हुन् । मेची राजमार्ग अन्तर्गत फिदिम ४ र हिलिहाङ ७ लाई जोड्ने हेवाखोलाको पूल असार २ […]
विराटनगर । नेपाल पत्रकार महासंघ मोरङले विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि सञ्चार क्षेत्रसँगं सम्वन्धित व्यवसायमा बृद्धि गरेको कर संशोधन गर्न माग गरेको छ । असार १० गते प्रस्तुत गरिएको आर्थिक वर्ष २०८०/०८१ को नीति, कार्यक्रम र बजेटमा सञ्चार क्षेत्रसँग सम्बन्धित पेशा एवं व्यवसायमा लागू गर्न खोजिएको अव्यवहारिक करको दरप्रति नेपाल पत्रकार महासंघ मोरङले महानगरपालिकाका […]
काठमाडौं । माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन) ले कक्षा १२ को उत्तरपुस्तिका जाँच स्थगित गरेको छ । १८ बुँदे माग राख्दै आन्दोलनरत हिस्टुनले मंगलबार (आज)देखि असार १९ गतेसम्म कक्षा १२ को उत्तरपुस्तिका परीक्षण स्थगित गरेको जनाएको छ । हिस्टुनका महासचिव शंकर तिवारीले भने, ‘हामीले बोर्डसँगको समन्वयमा देशभरका परीक्षण केन्द्रमा आजदेखि एक हप्ता कक्षा १२ को […]
काठमाडौँ । सहकारीका बचतकर्ताको करोडौँ रकम हिनामिनाको आरोप लागेपछि फरार हुँदै आएका भक्तपुरको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले भारतको लखनउबाट उनलाई पक्राउ गरी काठमाडौँ ल्याएको छ । सिआइवीका प्रहरी उपरीक्षक नवराज अधिकारीले उनलाई पश्चिम नेपालबाट पक्राउ गरेको पुष्टि गर्दै आजै घटना विवरण सार्वजनिक गर्ने […]
भद्रपुर । उद्योग–व्यवसाय क्षेत्रको विकास र उद्योगी–व्यवसायीको सुरक्षा तथा हकहितको माग गर्दै झापा उद्योग वाणिज्य संघले भद्रपुर नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । संघका अध्यक्ष प्रज्वल राईको नेतृत्वमा आज सोमबार नगरपालिका पुगेको संघका पदाधिकारी–सदस्यहरुको टोलीले नगरप्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की र प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीलाई संयुक्त रुपमा ज्ञापनपत्र बुझाएको हो । खुला सीमाका कारण […]
झापा । संविधानको प्रावधान अनुसार असार १० गते देशका सबैजसो पालिकाहरुले आगामी आर्थिक वर्षका लागि बजेट, नीति तथा कार्यक्रमहरु सार्वजनिक गरेका छन् । सोही अनुसार झापाका पालिकाहरु पनि आइतबार पालिका सभामा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भएका छन् । पालिका प्रमुखहरुले प्रस्तुत गरेको उक्त कार्यक्रमहरुमा समावेश गरिएका केही विशेष कार्यक्रमहरु यस्ता छन् । बिर्तामोडः […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि १ अर्ब ४० करोड ९५ लाख ५० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको दोस्रो नगरसभाको तेश्रो नगर अधिवेसन अन्तर्गतको प्रथम बैठकमा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले उक्त आकारको बजेट प्रस्तुत गरेका हुन् । उक्त बजेटमध्ये आयतर्फ संघीय समानीकरण अनुदानबाट २० करोड ३६ लाख, संघीय सरकार […]
भद्रपुर । नेपाली काँग्रेस भद्रपुर नगरसमितिले भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालको नवनिर्मित भवन गुणस्तरहीन बनाउने कार्यमा संलग्न माथि कारवाहीको माग गरेको छ । काँग्रेसले आज प्रेस विज्ञप्ति जारी गर्दै साविकको पूर्वी नेपालका गरिव जनता स्वास्थ्य उपचार गर्न आउने अस्पतालको भवन निर्माण गर्दा गुणस्तरहीन काम गराउन भूमिका खेल्नेमाथि छाविन गरी कारवाहीको माग गरेको हो । नगर सभापति […]
झापा । बिर्तामोडको इतिहासको खोजमा आधारित ‘बिर्तामोडः उद्भव र विकास’ नामक पुस्तक प्रकाशन हुने भएको छ । किताबले बिर्तामोडको आधा शताब्दीको इतिहास झल्काउने प्रयास गरेको लेखक तीर्थ सिग्देलको विश्वास छ । मिडिया रिसर्च सेन्टरद्वारा प्रकाशित यो पुस्तकले बिर्तामोडको आधा शताब्दीको इतिहास बोकेको लेखकले दावी गरेका छन् । उनले बिर्तामोड त्यही परिवेशमा उदाएको सहर भएकाले त्यही […]