Sajhamanch Archive

कोशी प्रदेश : अर्को सरकार नबन्दासम्म वर्तमान मन्त्रिपरिषद्लाई काम गर्ने जिम्मेवारी

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on कोशी प्रदेश : अर्को सरकार नबन्दासम्म वर्तमान मन्त्रिपरिषद्लाई काम गर्ने जिम्मेवारी.

विराटनगर । कोशी प्रदेश प्रमुख परशुराम खापुङ्गले अर्को मन्त्रिपरिषद् गठन नहुँदासम्म वर्तमान प्रदेश मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्नेगरी जिम्मेवारी तोकेका छन् । प्रदेश प्रमुख खापुङ्गले नेपालको संविधानको धारा १६९ को उपधारा ९३० बमोजिम सो जिम्मेवारी तोकेका हुन् । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठद्वारा आज जारी विज्ञप्तिमा तत्कालका लागि वर्तमान मन्त्रिपरिषद्लाई जिम्मेवारी तोकिएको उल्लेख छ । […]

खेतमा नै धान र च्यूरा पढाउँदै स्मारिका सामुदायिक बोर्डिङ स्कूल

Published: in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, शिक्षा, समाज, by . Leave a Comment on खेतमा नै धान र च्यूरा पढाउँदै स्मारिका सामुदायिक बोर्डिङ स्कूल.

दमक । आज असार १५ अर्थात धान दिवस । यो दिवस खेतमा धान रोपाईं गर्दै दही च्यूरा खाएर देशैभर मनाइएको छ । दही र च्यूरा खाएर धान रोप्दै गरेका विद्यार्थीलाई शिक्षकले भनिरहेका छन्, ‘यो रोपिएको बोटबाट ४ महिना पछि धान फल्छ र धानबाट नै च्यूरा बनाइन्छ ।’ विद्यार्थीले व्यवहारिक शिक्षा कम पाएकाले आफ्नै अगाडि खेतमा […]

शिवसताक्षीमा २० औं राष्ट्रिय धान दिवस मनाइयो

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षीमा २० औं राष्ट्रिय धान दिवस मनाइयो.

शिवसताक्षी । झापाको शिवसताक्षीमा २० औं राष्ट्रिय धान दिवस मनाइएको छ । आज शिवसताक्षी नगरपालिका वडा नं. ५ स्थित कटुवाल चौकमा जनप्रतिनिधि र स्थानीय बासीले धान सामुहिक धान रोपेर धान दिवस मनाएका हुन् । शिवसताक्षी नगरपालका कृषि शाखाद्वारा आयोजित धान दिवसमा संघीय सांसद एलपी साँवा लिम्बु, शिवसताक्षी नगरपालिका नगरप्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्की, प्रमुख […]

कोशीमा एमाले नेतृत्वको सरकार ढल्यो, कार्कीले पाएनन् विश्वासको मत

Published: in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, राजनीति by . Leave a Comment on कोशीमा एमाले नेतृत्वको सरकार ढल्यो, कार्कीले पाएनन् विश्वासको मत.

विराटनगर । नेकपा एमाले नेतृत्वको कोशी प्रदेश सरकार ढलेको छ । विश्वासको मत लिने मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रस्ताव प्रदेशसभाले अस्वीकृत गरेपछि उनको हो । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्थ्यो । तर कार्कीको पक्षमा जम्मा ४६ मत खस्यो । एमालेका ४० र राप्रपाका ६ प्रदेशसभा सदस्यले मत दिए । उनको विपक्षमा ४३ मत […]

सिम्रिक साकोसद्वारा चालू आर्थिक वर्षमा सदस्य राहत सुविधामा सवा करोड खर्च

Published: in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, समाज, सहकारी by . Leave a Comment on सिम्रिक साकोसद्वारा चालू आर्थिक वर्षमा सदस्य राहत सुविधामा सवा करोड खर्च.

झापा । चालू आर्थिक वर्षको असार १४ गतेसम्ममा सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले राहत कोषमा आबद्ध भएका सदस्य परिवारमा एक करोड २० लाख रुपैयाँभन्दा बढीको सुविधा प्रदान गरेको छ । यो आर्थिक वर्षमा यस्तो सुविधा एक हजार १३५ जना शेयर सदस्यले लिएका हुन् । संस्थाका शेयर सदस्यहरु राहत कोषमा पनि आवद्ध भएर योगदान गरेको […]

छुपुछुपु धान रोप्दै एमाले अध्यक्ष ओली

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, लोकप्रिय, समाज by . Leave a Comment on छुपुछुपु धान रोप्दै एमाले अध्यक्ष ओली.

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले चितवनमा छन्। आज परेको राष्ट्रिय धान दिवस मनाउन उनी पत्नी राधिकासहित बिहिबारै चितवन पुगेका हुन्। धान दिवसका अवसरमा आज भरतपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कुनै पनि उत्पादन ठूलो मात्रामा गर्नुपर्ने उल्लेख गरे। अध्यक्ष ओलीले अहिले परिवार सानो हुने, भएकाहरू पनि विदेश पलायन हुने र कृषि […]

कमल गाउँपालिकामा पनि असार १६ गते रोजगार मेला

Published: in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on कमल गाउँपालिकामा पनि असार १६ गते रोजगार मेला.

कमल । झापाको कमल गाउँपालिकाको केर्खामा असार १६ गते वृत्ति परामर्श तथा रोजगार मेला सञ्चालन हुने भएको छ । दमकमा यस्तो मेला सम्पन्न भएको एक साता नपुग्दै कमलमा पनि सञ्चालन गर्ने तयारी भएको हो । नेपाल सरकार र स्वीजरलैण्ड सरकारबीचको सम्झौता अनुसार सञ्चालनमा रहेको दिगो तथा सम्मानित रोजगारीको लागि सीप परियोजना अन्तर्गत रोजगारदाता र रोजगारको […]

आज राष्ट्रिय धान दिवस साथै दहीच्यूरा खाने दिन मनाइँदै

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on आज राष्ट्रिय धान दिवस साथै दहीच्यूरा खाने दिन मनाइँदै.

काठमाडौँ । ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि स् धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ आज २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हुँदै छ । आज असारे भाकामा लोकदोहोरी गाउँदै, हिलो छ्यापाछ्याप गर्दै महोत्सवसको रुपमा धान रोप्ने चलन छ । नेपालमा वि।सं २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार विसं २०६२ असार १५ गतेदेखि राष्ट्रिय […]

व्यापार सहजीकरण सम्बन्धी अभिमुखीकरण झापामा सुरु

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on व्यापार सहजीकरण सम्बन्धी अभिमुखीकरण झापामा सुरु.

झापा । आयात–निर्यात व्यापारमा संलग्न उद्योगी–व्यवसायीहरुका लागि झापामा व्यापार सहजीकरण सम्बन्धी दुई दिने अभिमुखीकरण तालिम सञ्चालन गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको आयोजना एवम् झापा उद्योग वाणिज्य संघको सहकार्यमा झापाको बिर्तामोडमा बिहीबारदेखि तालिम सञ्चालन भएको हो । झापा उद्योग वाणिज्य संघका विशिष्ट सदस्य खड्कबहादुर लिम्बूको अध्यक्षतामा आयोजित […]

कोशीमा माओवादीले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने, सरकारको नेतृत्व लिन पहल गर्ने

Published: in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, लोकप्रिय by . Leave a Comment on कोशीमा माओवादीले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने, सरकारको नेतृत्व लिन पहल गर्ने.

विराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत नदिने भएको छ । बिहीबार विहान बसेको माओवादी केन्द्रको कोशी प्रदेशसभा संसदीय दलको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेको संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए । ‘मुख्यमन्त्रीले विश्वासको मत पाउनुहुन्न, उहाँ पदमुक्त हुनुहुन्छ, त्यसपछि […]