दमक । नेकपा एमाले दमक नगर कमिटीले मिसन ग्रासरुट अभियान अन्तर्गतका कार्यक्रमलाई तीब्रता दिने निर्णय गरेको छ । पार्टी संगठन सुदृढिकरण तथा विस्तारको यो अभियानलाई वडा र टोलसम्म कार्यकर्तालाई क्रियाशिल गराउने निर्णय गरेको हो । एमाले दमक नगर कमिटीको बैठकले कार्ययोजना पारित गरेसँगै काम अघि बढेको हो । पार्टीका केन्द्रीय सदस्यहरु रोमनाथ ओली, गीता अधिकारी, […]
भद्रपुर । प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको छ । आज मंगलबार भएको फाइनल खेलमा मछिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो । जितसँगै आर्मीले नगद १३ लाख पाएको छ । उपविजेता बनेको मछिन्द्रले ७ लाखमा चित्त बुझाएको छ । टाइब्रेकरमा मछिन्द्रका रेजिन धिमाल […]
काठमाडौं । निर्वाचन आयोगले २५ फागुनमा हुने राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि १७ फागुनदेखि आचारसंहिता लागू गर्ने भएको छ । संघीय संसदका ३३२ र प्रदेशसभााका ५५० जना गरी ८८२ मतदाता रहने निर्वाचनका लागि १७ फागुनदेखि ५ चैतसम्म आचारसंहिता लागू हुने आयोगले मंगलबार एक सूचना प्रकाशित गरी जानकारी दिएको छ । आचारसंहिता […]
बिर्तामोड । नेपाल पत्रकार महासंघ झापाद्वारा स्थापित मोती पत्रकारिता पुरस्कार अक्षयकोषका लागि झापाका पूर्व सभापति केशव आचार्यले एक लाख रुपैयाँ प्रदान गरेका छन् । मंगलबार बिर्तामोडमा एक कार्यक्रमका बीच आचार्यले उक्त रकमको चेक महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई हस्तान्तरण गरेका हुन् । २०५३ सालमा आचार्य महासंघको सभापति हुँदा स्थापित पुरस्कारको अक्षयकोषमा एक लाख रुपैयाँ मात्र […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाले ५ वर्षे आवधिक योजना अनुमोदन गरेको छ । आज दोश्रो नगरसभाको दोश्रो अधिवेशनले योजना अनुमोदन गरेको हो । अधिवेशनका सभाध्यक्ष नगरप्रमुख पवित्रा महतारा प्रसाईले अधिवेशन प्रारम्भ भएको घोषणा गरेसँगै नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले प्रस्तुत गरेका प्रस्तावहरु माथि छलफल गर्दै नगरका विभिन्न योजना, ऐन तथा प्रस्तावहरु पारित भएका हुन् । अधिवेशनले संगठन […]
काठमाडौं । नेकपा (एमाले) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सचिवालयको सोमबार बिहान बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने निर्णय गरेको हो । बैठकपछि एमाले उपाध्यक्ष विष्णु पौडेलले राष्ट्रपति निर्वाचनमा कुरा नमिले पनि सरकारलाई दिएको समर्थन कायमै राखिरहने कोसिस गरेको तर प्रधानमन्त्री फरक ढंगबाट जान खोजेपछि सरकारबाट हट्ने निर्णय गरेको […]
भद्रपुर । मानव तस्करी तथा लागू पदार्थ ओसार–पसार न्यूनीकरण गर्ने उद्देश्यले नेपाल–भारत सिमावर्ती भद्रपुर–गलगलिया क्षेत्रमा अन्तरक्रिया सम्पन्न गरिएको छ । एबिसी नेपाल, साना हातहरु, विश्व सेवा, शसस्त्र प्रहरी सीमा सुरक्षा बल भद्रपुर, नेपाल प्रहरी र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संयुक्त पहलमा कार्यक्रम सम्पन्न भएको हो । छलफलमा खुल्ला सिमानाका कारण मानव तस्करी तथा दुव्र्यसन […]
झापा । इन्डियन आयल कर्पोरेसन (आइओसी)को सिलगडी डिपोबाट झापाका लागि चारवटा ट्याङ्करमा ल्याइएको डिजेलमा मिसावट भएको पाइएको छ । फागुन १० गते सिलगडी डिपोबाट ४ वटा ट्याङ्करमा २० हजार लिटरका दरले डिजेल लिएर चारआलीस्थित नेपाल आयल निगम लिमिटेडको शाखामा आएको हो । नवदुर्गा आयल स्टोर्सको नाममा रहेको प्र–१–०१–००१ ख ३५००, माता पाथीभरा आयल स्टोर्सको नाममा […]
काठमाडौं । राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन बदलेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएको छ । साथसाथै, उसले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । प्रतिनिधिसभामा १४ सदस्य रहेको राप्रपाले समर्थन फिर्ता लिएकै कारण प्रधानमन्त्री प्रचण्ड गणितीय रुपमा अल्पमतमा त परेका छैनन् । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा २६८ सांसदको मत पाएका थिए […]
बिर्तामोड । बिर्तामोडमा सञ्चालन भइरहेको ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक महोत्सव’मा सहभागीले स्थानीय उत्पादनलाई बढी रुचाएको पाइएको छ । महोत्सवमा सहभागीमध्ये अधिकांशले कृषिजन्य नेपाली उत्पादन मन परेको बताएका छन् । महोत्सव अवलोकनका लागि आएकी बिर्तामोड ५ निवासी अजिशा लिम्बूले घरेलु मदिरा (लोकल वाइन र रक्सी) तथा हस्तकलाका सामग्री बढी मन परेको बताइन् । महोत्सवस्थलमा भेटिएकी अजिशाले भनिन्– […]