Sajhamanch Archive

भद्रपुर झापा गोल्डकपः त्रिभुवन आर्मी फाइनल प्रवेश

Published: in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on भद्रपुर झापा गोल्डकपः त्रिभुवन आर्मी फाइनल प्रवेश.

भद्रपुर । विभागीय टोली त्रिभुवन आर्मी प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । मेची रंगशालामा आज शनिबार भएको खेलमा अर्को ए डिभिजन टोली संकटा क्लबलाई पराजित गर्दै आर्मीले फाइनलको यात्रा तय गरेको हो । फाइनल पुगेसँगै आर्मीले कम्तिमा ७ लाख रुपैयाँ पक्का गरेको छ । निर्धारित ९० मिनेटको समयमा ०–० को बराबरीमा […]

सुवास नेम्बाङ दाउपेचको उम्मेदवार होइन: ओली

Published: in मुख्य समाचार, राजनीति by . Leave a Comment on सुवास नेम्बाङ दाउपेचको उम्मेदवार होइन: ओली.

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनमा आफ्नो दलको उम्मेदवारी दाउपेच नभएको बताएका छन् । राष्ट्रपतिमा सुवासचन्द्र नेम्बाङको उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले आफ्नो दलको उम्मेदवार सर्वत्र स्वीकार्य मात्र नभई स्वागतको विषय बन्ने दाबी गरे । राष्ट्रिय हित, संविधानको रक्षा र सही कार्यान्वयन, प्रणालीको रक्षा र सफल प्रयोग र […]

जसपा केन्द्रीय सदस्य तथा सांसद शहनाज रहमानको हृदयघातका कारण निधन

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on जसपा केन्द्रीय सदस्य तथा सांसद शहनाज रहमानको हृदयघातका कारण निधन.

काठमाडौँ । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका सांसद शहनाज रहमानको हृदयघातका कारण निधन आज दिउँसो भएको छ । भक्तपुरको घ्याम्पेडाँडामा पिकनिक गएका बेला एक्कासि ढलेकी सांसद रहमानको मध्यपुर अस्पतालमा उपचारका क्रममा आज दिउँसो निधन भएको जसपाका प्रवक्ता मनीष सुमनले जानकारी दिएका छन् । पिकनिकमा एक्कासि ढलेपछि तत्काल अस्पताल पुर्‍याइए पनि उनलाई अस्पतालका […]

राष्ट्रपतिका दुवै उम्मेदवार पूर्वसभामुख, दुवैको समानता– मध्यमार्ग र शालीनता

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, विचार/ब्लग, by . Leave a Comment on राष्ट्रपतिका दुवै उम्मेदवार पूर्वसभामुख, दुवैको समानता– मध्यमार्ग र शालीनता.

काठमाडौं । राष्ट्रपतिमा दुई पूर्व सभामुखबीच प्रतिस्पर्धा हुने भएको छ । नेपाली कांग्रेसले वरिष्ठ रामचन्द्र पौडेल र नेकपा एमालेले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । राष्ट्रपतिका दुवै उम्मेदवार पूर्व सभामुख हुन् । रामचन्द्र पौडेल २०५१ साल पुस ३ गतेदेखि २०५५ साल चैत ९ गतेसम्म सभामुख थिए । सुवासचन्द्र नेम्वाङले २०६५ साउन […]

एमालेबाट सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार, चुनावसम्म सरकार नछाड्ने

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on एमालेबाट सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार, चुनावसम्म सरकार नछाड्ने.

काठमाडौं । नेकपा एमालेबाट सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार हुने तय भएको छ । नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेका तर्फबाट सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार बनाउने तय भएको जानकारी दिए । एमालेको उम्मेदवारले चुनाव जित्ने पनि उनको दाबी छ । यसैबीच, नेकपा एमालेले राष्ट्रपति निर्वाचन अगाडि सरकार नछाड्ने भएको छ । राष्ट्रपति निर्वाचनमा एमालेले कांग्रेस बाहेक […]

रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने कांग्रेसको निर्णय.

काठमाडौं । नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बिहान बसेको कार्य सम्पादन समितिको बैठकले पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । नयाँ सहमति अनुसार कांग्रेस–माओवादीसहित ८ दलीय गठबन्धन बनेको छ । जसअनुसार राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय भएको छ । राष्ट्रपतिको निर्वाचनका लागि आज फागुन १३ […]

प्रचण्डको कार्यशैलीप्रति असहमति जनाउदै राप्रपाबाट सरकारबाट बाहिरियो

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रचण्डको कार्यशैलीप्रति असहमति जनाउदै राप्रपाबाट सरकारबाट बाहिरियो.

काठमाडौं । प्रधानमन्त्री प्रचण्डको कार्यशैलीप्रति असहमति जनाउदै राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको छ । पुष १० को सहमति अनुसार राष्ट्रपतिमा एमालेका उम्मेद्वारलाई सघाउनु पर्नेमा सो विपरित काँग्रेस उम्मेद्वारलाई सघाउने निर्णय गरेपछि सरकारबाट बाहिरिने निर्णय गरेको राप्रपाका नेताहरुले जनाएका छन् । आज बिहान बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सरकारबाट बाहिरिने र समर्थनसमेत फिर्ता लिने निर्णय […]

औद्योगिक व्यापार मेलाको जिल्ला प्रशासन कार्यालय झापाद्वारा अनुगमन

Published: in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, समाज by . Leave a Comment on औद्योगिक व्यापार मेलाको जिल्ला प्रशासन कार्यालय झापाद्वारा अनुगमन.

झापा । फागुन ५ गतेदेखि सञ्चालन हुँदै आएको बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाको जिल्ला प्रशासन कार्यालय झापाले आज अनुगमन गरेको छ । जिल्ला प्रशासन कार्यालय अन्तरगत स्थानीय प्रशासन फाँट तथा अनुगमन अधिकृत यदुनन्दन दाहाल नेतृत्वको प्रशासनिक टोलीले मेलास्थलको अनुगमन गरेको हो । महोत्सवले व्यापारी–व्यवसायी र उद्योगीमा आशा जागृत गरेको दाहालले बताए । विगतको तुलनामा उपस्थिति […]

भद्रपुर झापा गोल्डकपः एपिएफ र मछिन्द्र क्लबको भेट पक्का

Published: in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on भद्रपुर झापा गोल्डकपः एपिएफ र मछिन्द्र क्लबको भेट पक्का.

भद्रपुर । विभागीय टोली एपिएफ फुटबल क्लब प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज शुक्रबार भएको खेलमा पाहुना टोली काउवार्न बजार प्रगति संघ, ढाका बंगलादेशलाई सडनडेथमा पराजित गर्दै एपिएफले सेमिफाइनलको यात्रा तय गरेको हो । निर्धारित ९० मिनेटको समयमा १–१ को बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि निर्णय […]

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता.

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । यी दुई बीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भइरहेको छ । भेटमा राष्ट्रपति चयनका बारेमा कुराकानी हुँदै छ । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच निर्णायक वार्ता सुरु भएको हो। प्रधानमन्त्रीलाई भेट्न अध्यक्ष ओली केहीबेर अघि बालुवाटार पुगेको जनाइएको […]