झापा । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले देशको अर्थतन्त्र संकटमा पर्दै गएकोमा आफू चिन्तित रहेको बताएका छन् । आफूले सभामुखको तर्फबाट संसदमा आर्थिक अवस्था सुधारका लागि भूमिका निर्वाह गर्ने पनि उनले आश्वासन दिएका छन् । झापाको बिर्तामोडमा अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको समुद्घाटन गर्दै उनले यस्तो धारणा राखेका हुन् । दुई सयभन्दा बढी व्यापारिक स्टलहरु रहेको […]
बिर्तामोड । झापाको बिर्तामोडमा ब्रिज इन्टरनेशनल एजुकेशनल कन्सल्टेन्सीको शाखा आजदेखि सञ्चालनमा ल्याइएको छ । बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईंले एजुकेशनल कन्सल्टेन्सीको प्रवेशद्वारा टाँगिएको रिवन काटेर तथा दिप प्रज्वलन गरेर समुद्घाटन गरेकी हुन् । ब्रिज इन्टरनेशनल एजुकेशनल कन्सल्टेन्सीका एक्जुकेटिभ चेयरमेन भुवन गिरीको अध्यक्षतामा विभिन्न एजुकेशनल कन्सल्टेन्सी, व्यवसायिक प्रतिष्ठानहरु एवम् अभिभावकको बाक्लो उपस्थितिमा शाखाको शुभारम्भ गरिएको […]
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले बिहीबार पत्रकार सम्मेलनमार्फत स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक गरेका हुन् । कार्यतालिकाअनुसार समानुपातिक र प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता फागुन २७ गतेलाई तोकिएको छ । विगत १४ वर्षदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन त्रिवि कार्यकारी […]
काठमाडौं । नेकपा एमालेको अगुवा जनसंगठन अनेरास्ववियुको केन्द्रीय अध्यक्षमा समिक बडाल विजयी भएका छन् । २३औं राष्ट्रिय महाधिवेशन अन्तर्गत गए राति भएको निर्वाचनबाट निवर्तमान महासचिव बडाल अध्यक्षमा विजयी भएका हुन् । सहमतिमा नेतृत्व चयनको प्रयास असफल भएपछि गए राति विद्युतीय मेसिन मार्फत् मतदान भएको थियो । निर्वाचनमा १ हजार ५१७ मत खसेको थियो । निर्वाचन […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाको संयोजनमा आज प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना मगरलाई बिर्तामोडमा दर्जनौं व्यक्ति तथा संस्थाहरुद्वारा सम्मान अभिनन्दन गरिएको छ । नगरपालिका कार्यालयको प्राङ्गणमा आयोजित विशेष समारोहका बीच सभामुख घिमिरे र उपसभामुख मगरलाई सम्मान गरिएको हो । नगरपालिकाका तर्फबाट नगरप्रमुख पवित्रा महतारा प्रसाईं, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला र प्रमुख प्रशासकीय अधिकृत […]
शिवसताक्षी । १३ औं राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता शिवसताक्षीमा बालनिकुञ्ज माध्यमिक विद्यालय प्रथम भएको छ । बालनिकुञ्ज माध्यमिक विद्यालयले ७ स्वर्ण, ६ रजत र ६ कास्य गरी १९ पदक प्राप्त गर्दै प्रथम स्थान हासिल गरेको हो । त्यस्तैगरी भगवती माध्यमिक विद्यालयले दोस्रो स्थान हासिल गरेको छ । दोस्रो स्थान हासिल गरेसँगै भगवती माविले ७ स्वर्ण, […]
काठमाडौं । ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएका नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीलाई भारतको मुम्बई लगिने भएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार भण्डारीलाई मुम्बईमा रहेको नेशनल बर्नस् सेन्टरमा लगेर उपचार गर्नुपर्ने भएको हो । कीर्तिपुर बर्न अस्पतालका मेडिकल डाइरेक्टर डा. नजिना ताम्राकारका अनुसार भण्डारीको उपचार नेपालमा सम्भव नहुने भएपछि भारत रिफर गर्नुपरेको हो […]
काठमाडौं । सरकारले नेपाल प्रज्ञा प्रतिष्ठानमा कुलपतिसहित पदाधिकारी नियुक्त गरेको छ । हालैको मन्त्रिपरिषद बैठकले प्रतिष्ठानको कुलपतिमा भुपाल राई, उपकुलपतिमा विमल निभा (विमलकृष्ण श्रेष्ठ)लाई नियुक्त गरेको हो । त्यस्तै प्रतिष्ठानको परिषद सदस्यमा मधुसुदन गिरी, डा. कृष्णराज अधिकारी, राजन मुकारुङ, बाबा बस्नेत, डा. कौशिला रिसाल, हंसावती कुर्मी, अमर न्यौपाने, त्रैलोक्यमान बनेपाली नियुक्त भएका छन् । सचिवमा […]
काठमाडौं । ग्यास सिलिण्डर बिस्फोट हुँदा नेपाली कांग्रेसका नेता एवम् सांसद चन्द्र भण्डारी र उनकी ८६ वर्षीया आमा घाइते भएका छन् । उनीहरु दुवैको कीर्तिपुरस्थित अस्पतालमा अहिले उपचार भइरहेको छ । काठमाडौंको बुद्धनगरस्थित भण्डारीको निवासमा गए राति ग्यास सिलिण्डर विस्फोट भएको थियो । राति खाना खाइवरी सुतेको बेला सिलिण्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा […]
भद्रपुर । भद्रपुर नगरपालिकाले भद्रपुर झापा गोल्डकपलाई ३० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । नगरपालिका र गोल्डकप आयोजक समितिबीच सम्झौता पत्रमा हस्ताक्षर गर्दै नगरपालिकाको तर्फबाट चेक हस्तान्तरण गरिएको हो । भद्रपुर नगरपालिकाको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच नगरप्रमुख गणेश पोखरेलले भद्रपुर झापा गोल्डकप आयोजक समितिका अध्यक्ष दीपेश ढकाललाई नगरपालिकाले अनुदान बापत उपलब्ध गराएको ३० लाख […]