Sajhamanch Archive

बिर्तामोडमा एनएमसीको सदस्य शिक्षा कार्यक्रम

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on बिर्तामोडमा एनएमसीको सदस्य शिक्षा कार्यक्रम.

बिर्तामोड । एनएमसी झापाले आफ्नो वार्षिक कार्यतालिका अनुसार जिल्लाका विभिन्न स्थानमा सदस्य शिक्षा कार्यक्रमलाई निरन्तरता दिएको छ । वर्षमा करिब ३०० वटा तालिमको क्यालेण्डर बनाएर इकाइस्तरमा सहकारी शिक्षा एवम् स्वास्थ्य जीवनशैलीका बारेमा सचेतना प्रदान गरिँदै आएको हो । सोही क्रममा आज बिर्तामोड कार्यालय अन्तरगत इकाई नं. ७ र ८ मा संयुक्त सदस्य शिक्षा कार्यक्रम सम्पन्न […]

‘सहकारी नै नबुझेका औंठा छापले नेपालमा ऐन र नियम बनाउँछन् !’

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on ‘सहकारी नै नबुझेका औंठा छापले नेपालमा ऐन र नियम बनाउँछन् !’.

बिर्तामोड । झापाको बिर्तामोडलाई केन्द्र बनाएर जिल्लाभर कार्यक्षेत्र रहेको लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो २३औं वार्षिक साधारणसभा आज सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष लीलाबहादुर बस्नेतको अध्यक्षता तथा संस्थापक अध्यक्ष दिनेश मल्लको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न गरिएको हो । साधारणसभाको उद्घाटन सत्रमा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै ३८ जनाले २०५३ सालमा ३८ लाख रुपैयाँ शेयर […]

सहकारीको साधारणसभामा गाउँपालिका अध्यक्षले पोखिन् असन्तुष्टी

Published: in मुख्य समाचार, समाज, सहकारी, स्थानीय तह by . Leave a Comment on सहकारीको साधारणसभामा गाउँपालिका अध्यक्षले पोखिन् असन्तुष्टी.

कमल । कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले आफ्नो पालिका अन्तरगतका सहकारीहरुले विषयगत कारोबारको साटो बचत तथा ऋणको कारोबारलाई प्राथमिकता दिएको भनी असन्तुष्टी व्यक्त गरेकी छन् । वडा नम्बर ३ केर्खास्थित जागरुक कृषि सहकारी संस्थाको चौथो वार्षिक साधारणसभामा मन्तब्य राख्दै अध्यक्ष काफ्लेले यस्तो असन्तुष्टी राखेकी हुन् । ‘कमल गाउँपालिकामा रहेका सहकारीहरुले संस्थाको उद्देश्यअनुरुप काम गरिरहेका छैनन्’ […]

कमल गाउँपालिका वडा नं. ३ आफ्नै भवनमा

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on कमल गाउँपालिका वडा नं. ३ आफ्नै भवनमा.

कमल । झापाको केर्खामा आज कमल गाउँपालिका वडा नम्बर ३ को नयाँ कार्यालय भवनको उद्घाटन गरिएको छ । भवन निर्माण समितिका अध्यक्ष सेलिना राईले नवनिर्मित भवनको साँचो गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेलाई हस्तान्तरण गरेर यसको उद्घाटन गरिएको हो । तीन तलाको ९ कोठे सो भवन निर्माणमा गाउँपालिकाको १२ लाख र प्रदेश सरकारको २५ लाख गरी ३७ […]

एनएमसीमा ‘ट्याक्सेसन इश्युज फेसेस बाई को–अपरेटिभ्स’ बारे अभिमुखीकरण

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on एनएमसीमा ‘ट्याक्सेसन इश्युज फेसेस बाई को–अपरेटिभ्स’ बारे अभिमुखीकरण.

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) झापाले आफ्नो संस्थाबाट गरिने वित्तीय कारोबारमा राज्यलाई बुझाउनु पर्ने कर राजश्वबारे प्रष्ट हुन सञ्चालकसहित कर्मचारीहरुलाई अभिमुखीकरण गरेको छ । शुक्रबार बिर्तामोडमा आयोजना गरिएको ‘ट्याक्सेसन इश्युज फेसेस बाई को–अपरेटिभ्स’ शीर्षकमा अधिवक्ता तथा चार्टर्ड एकाउन्टेन्ट शेषमणि दाहालले सहजीकरण गरेका हुन् । संस्था अन्तरगत शिक्षा तथा तालिम समितिको आयोजनामा संयोजक […]

पाउ पाथीभरामा जंगली हात्तीको वितण्डा (भिडियोसहित)

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on पाउ पाथीभरामा जंगली हात्तीको वितण्डा (भिडियोसहित).

मेचीनगर । मेचीनगर वडा नं. १३ चारआलीस्थित पाउ पाथीभरा मन्दिर क्षेत्रमा गएराति जंगली हात्तीको समूहले लाखौंको क्षति पुर्याएको छ । मन्दिर क्षेत्रमा सञ्चालन गरिने हवन कुण्डमा रहेको धान चामल खान हात्तीको बथानले फलामे बार भत्काइदिएको मन्दिर संरक्षण समितिका सचिव यामनाथ बरालले जानकारी दिए । शुक्रबार सिलगढीबाट आएका भक्तजनले विशेष हवन गराएकाले हवनकुण्डमा धान चामल राखिएको […]

सिम्रिक साकोसद्वारा सदस्य सहकारी शिक्षा प्रदान

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on सिम्रिक साकोसद्वारा सदस्य सहकारी शिक्षा प्रदान.

शिवसताक्षी । सिम्रिस बचत तथा ऋण सहकारी संस्थाले सहकारी शिक्षा तालिम प्रदान गरेको छ । शिवसताक्षीको दूधेमा सहकारीको दूधे शाखाका आफ्ना सदस्यहरुलाई सहकारी शिक्षा सम्वन्धी तालिम प्रदान गरेको हो । सदस्यहरुलाई सहकारीले गर्दै आएका गतिविधीहरुलाई जानकारी दिएको छ । सहकारीका अध्यक्ष कमल बस्नेतले सिम्रिक बचत तथा ऋण सहकारी संस्थामा सदस्यहरुलाई दिइने विभिन्न प्रकारका सुविधा भएपनि […]

लैङ्गिक हिंसा विरुद्ध चेतना फैलाउँदै एनएमसी

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, सहकारी by . Leave a Comment on लैङ्गिक हिंसा विरुद्ध चेतना फैलाउँदै एनएमसी.

हल्दिबारी । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत आज हल्दिबारी गाउँपालिका वडा नं. १ मा सचेतना कार्यक्रम गरिएको छ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) अन्तरगत महिला सशक्तिकरण समितिको आयोजनामा वडा कार्यालयको सभाहलमा सचेतना कार्यक्रम गरिएको हो । समितिका संयोजक हेमा सिटौलाको अध्यक्षता तथा वडा अध्यक्ष त्रिलोचन सापकोटाको प्रमुख आतिथ्यमा सचेतना कार्यक्रम गरिएको […]

शिशुको मृत्युमा मनमोहन तोडफोड, पाँच लाख क्षतिपूर्तिमा कुरा मिल्यो

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on शिशुको मृत्युमा मनमोहन तोडफोड, पाँच लाख क्षतिपूर्तिमा कुरा मिल्यो.

बिर्तामोड । बिर्तामोडको मनमोहन सामुदायिक अस्पतालमा उपचारार्थ भर्ना गरिएकी पाँच महिने शिशुको मृत्यु पछि उत्पन्न विवाद र तोडफोडको घटना सहमतिमा टुङ्गिएको छ । पीडित परिवार र अस्पताल प्रशासन बीचको बैठक पछि विवाद टुङ्गिएको हो । दुबै पक्षको बैठकले शिशुको नाममा अक्षयकोष स्थापना गर्न अस्पतालले ५ लाख रुपैयाँ उपलब्ध गराउने सहमति भएको इलाका प्रहरी कार्यालय अनारमनी […]

प्रधानमन्त्री कुराकानी गर्न सक्ने अवस्थामा

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्री कुराकानी गर्न सक्ने अवस्थामा.

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार आएको अस्पतालले जनाएको छ। बुधबार बिहान १०ः३० बजे मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले जारी गरेको विज्ञप्तिअनुसार मंगलबारको शल्यक्रियापछि प्रधानमन्त्रीलाई सघन उपचार कक्षमा चिकित्सकको निरत्नर निगरानीमा राखिएको छ। ‘सम्माननीय ज्यूको स्वाथ्यमा निरन्तर सुधार भइरहेको र उहाँ अहिले राम्रोसँग कुराकानी गर्नसक्ने अवस्थामा रहेको  व्यहोरा जानकारी गराइन्छ’ विज्ञप्तिमा […]