Sajhamanch Archive

प्रधानमन्त्री ओलीकाे स्वास्थ्य अवस्था स्थिर, ३-४ दिन अस्पतालमै राखिने

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्री ओलीकाे स्वास्थ्य अवस्था स्थिर, ३-४ दिन अस्पतालमै राखिने.

काठमाण्डौ ।  एपेन्डिसाइटिसको सफल शल्यक्रियापछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई क्याबिनमा सारिएको छ । पेट दुखेपछि बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा लगिएका प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको हो । त्रिवि शिक्षण अस्पतालका ग्याष्ट्रोइन्टेरोलोजी, पित्त तथा कलेजो प्रत्यारोपण सर्जन डाक्टर रमेश सिंह भण्डारीको नेतृत्वमा रहेको टोलीले शल्यक्रिया गरेको हो । शल्यक्रियापछि […]

अलैंची श्रमिकलाई बिर्तामोडमा अभिमुखीकरण

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on अलैंची श्रमिकलाई बिर्तामोडमा अभिमुखीकरण.

झापा । बिर्तामोडका अलैंची श्रमिकहरुलाई अलैंचीको ग्रेडिङ, कटिङ, स्वास्थ्य र सुरक्षा सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम आज सम्पन्न गरिएको छ। नेपाल अलैंची ब्यवसायी महासंघ र उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयको संयुक्त आयोजना तथा मन्त्रालयका उपसचिव पार्वती शर्माको प्रमुख आतिथ्यमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो । सोमबार भएको अभिमुखीकरण कार्यक्रममा खाद्य तथा गुण नियन्त्रण कार्यालय विराटनगरका शाखा […]

ऐतिहासिक तथा धार्मिक क्षेत्र सताक्षीधाममा शतबीज छर्न लाखौं भक्तजन

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on ऐतिहासिक तथा धार्मिक क्षेत्र सताक्षीधाममा शतबीज छर्न लाखौं भक्तजन.

शिवसताक्षी । ऐतिहासिक तथा धार्मिक क्षेत्र सताक्षीधाममा आज मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहानैदेखि शतबीज छर्नेको भीड लागेको छ । हिजो आइतबार बेलुकीदेखि नै भक्तजहरु सताक्षीधाममा पितृ उद्धारका लागि दियो बालेर रातभरी जागराम बसेका थिए । आज विहान ४ बजेदेखि नै शतबीज छर्नेको भक्तजनहरुको भीड लागेको हो । सताक्षीधामको शिव मन्दिर उत्तरको झरनामा स्नान गरी शतबीज […]

पत्रकारलाई स्थानीय तहबाट पनि खतरा !

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on पत्रकारलाई स्थानीय तहबाट पनि खतरा !.

झापा । आज नोभेम्बर २४ तारिक, पत्रकार विरुद्ध हुने अपराधको दण्डहीनता अन्त्य सम्बन्धी अन्तर्राष्ट्रिय दिवस । संयुक्त राष्ट्र संघको आव्हानमा सन् २०१४ देखि मनाउन थालिएको यो दिवस नेपालमा पहिलो पटक आज मनाइएको हो । सन् २००९ मा फिलिपिन्समा नोभेम्बर २४ तारिकका दिन पत्रकारहरुको सामुहिक हत्या भएको घटना पछि संयुक्त राष्ट्र संघले यो दिवस मनाउने घोषणा […]

नेपालको नयाँ नक्सा सार्वजनिक

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on नेपालको नयाँ नक्सा सार्वजनिक.

काठमाडौं । नागरिक समाजका तर्फबाट गठन गरिएको सीमा बचाऊ अभियानले लिमपियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा सार्वजनिक गरेको छ । रिपोर्टर्स क्लब नेपालमा आइतबार पत्रकार सम्मेलन गरेर अभियानको नक्सा समितिले भारतीय अतिक्रमणमा परेको नेपालको राजनीतिक नक्सा तयार गरी सार्वजनिक गरेको हो । नक्सा तयार गरेको विधिबारे जानकारी दिँदै अभियानका प्रा. डा. नरेन्द्र राज खनालले […]

‘बाल शल्यचिकित्सा सेवा जिल्ला जिल्लामा पुर्याउनु पर्छ’ : डा. देवकोटा

Published: (Updated: ) in अन्तर्वार्ता, मुख्य समाचार, लोकप्रिय, स्वास्थ्य by . Leave a Comment on ‘बाल शल्यचिकित्सा सेवा जिल्ला जिल्लामा पुर्याउनु पर्छ’ : डा. देवकोटा.

विगत ३० वर्षदेखि चिकित्सा क्षेत्रमा क्रियाशील डा. केपी देवकोटा ओम हस्पिटल एण्ड रिसर्च सेन्टर चावहिल काठमाडौंका मेडिकल डाइरेक्टर हुनुहुन्छ । कान्ति बाल अस्पतालबाट चिकित्सकीय सेवा यात्रा सुरु गर्नुभएका उहाँले सो अस्पतालमा २२ वर्षसम्म बाल शल्य चिकित्सकको रुपमा काम गर्नु भएको थियो । सोहीबीचमा सुरु भएको ओम अस्पतालमा पनि उहाँले विगत २५ वर्षदेखि निरन्तर काम गरिरहनु […]

साकम्बरी प्रोडक्टमा सञ्चालक शर्मासहित ६ जनालाई राजश्व छलीको आरोपमा मुद्दा

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on साकम्बरी प्रोडक्टमा सञ्चालक शर्मासहित ६ जनालाई राजश्व छलीको आरोपमा मुद्दा.

भद्रपुर । बाहिरी खोल र नाममा नक्कल गरी अर्काको उत्पादनको पहिचान खोसेर अबैध कारोवार गरिरहेको आरोप लागेका झापाका केही गुटखा उत्पादक कम्पनी मध्येको एकलाई राजश्व छलेको आरोप लागेको छ । राजश्व अुनसन्धान विभागले अवैध रूपमा गुटखाजन्य वस्तुको उत्पादन तथा बिक्री वितरण गरेको भन्दै ६ जनाविरुद्ध मुद्दा दायर गरेको हो । विभागले झापाको मेचीनगरमा सञ्चालित साकम्बरी […]

एनएमसीद्वारा हाजिरीजवाफ प्रतियोगिता तथा प्रजनन स्वास्थ्य प्रशिक्षण

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी, स्वास्थ्य by . Leave a Comment on एनएमसीद्वारा हाजिरीजवाफ प्रतियोगिता तथा प्रजनन स्वास्थ्य प्रशिक्षण.

मेचीनगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) झापाको सामाजिक सरोकारसँग सम्बन्धित वित्तीय साक्षरता समितिको आयोजनामा मेचीनगरभित्रका स्टुडेन्ट सेभिङ्ग क्लबस्तरीय हाजिरीजवाफ प्रतियोगिता चारआलीस्थित शहिद दशरथचन्द माविमा आज सम्पन्न भएको छ । संस्थाले विद्यार्थीहरुमा वित्तीय क्षमता अभिवृद्धि गर्न टेवा पुगोस भन्ने हेतुले हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको जनाइएको छ । विद्यार्थीहरुमा किताबी ज्ञानमात्र नभई बाहिरी ज्ञान पनि […]

धार्मिक पर्यटकसँगै महोत्सवमा भेटी थपिँदैः प्रशासनले तेर्सायो अंकुश

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on धार्मिक पर्यटकसँगै महोत्सवमा भेटी थपिँदैः प्रशासनले तेर्सायो अंकुश.

झापा । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र झापाको सताक्षीधाममा कात्तिक २७ गतेदेखि सञ्चालित १०८ कुण्डीय कोटिहवन तथा धार्मिक महोत्सव हजारौं श्रद्धालुको उपस्थितिमा निरन्तर भइरहेको छ । पर्यटन वर्ष २०२० का लागि देशका घुम्नयोग्य ठाउँहरुको सूचीमा रहेको सताक्षीधामको प्रबर्धनका लागि सताक्षीधाम धार्मिक महोत्सव आयोजना गरिएको आयोजक समितिका सदस्य महेन्द्र भट्टराई बताउँछन् । २०४२ सालमा झापाको सुरुङ्गा […]

पुष ५ देखि भद्रपुरमा वीचबलको दोस्रो संस्करण

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on पुष ५ देखि भद्रपुरमा वीचबलको दोस्रो संस्करण.

भद्रपुर । स्थानीय सरकारको रचनात्मक कार्य अन्तरगत अन्तर्राष्ट्रिय मानव एकता दिवसको अवसर पारेर भद्रपुरको मेची नदीको बगरमा ‘वीच भलिबल’ (बालुवामा खेलिने भलिबल) प्रतियोगिता हुने भएको छ । भद्रपुर ५ नम्बर वडाको आयोजनामा यही पुष ५ गतेदेखि ‘भद्रपुर मेची रिभर साइड भलिबल प्रतियोगिता’ को दोस्रो संस्करण हुन लागेको हो । वडा कार्यालयका अनुसार भद्रपुर नगरको चलायमान […]