Sajhamanch Archive

खोटाङको हलेसी तुवाचुङमा बस दुर्घटना

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on खोटाङको हलेसी तुवाचुङमा बस दुर्घटना.

काठमाडौं । खोटाङको सदरमुकाम दिक्तेलबाट मोरङको विराटनगर जाँदै गरेको बस दुर्घटना भएको छ। को १ ख ६३२० नम्बरको बस खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० कामीडाँडामा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी १२ जना घाइते भएका छन्। घाइतेहरुलाई उद्धार गरी जिल्ला अस्पताल खोटाङ लगिँदै गरेको जनाइएको छ। दुर्घटनाको थप विवरण आउन बाँकी छ।

तीन जनाको लिङ्ग काटेर हत्यापछि तिहारमा सिङ्गो गाउँ शोकमा

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on तीन जनाको लिङ्ग काटेर हत्यापछि तिहारमा सिङ्गो गाउँ शोकमा.

बैतडी । सबैतिर तिहारको रौनक छाइरहेका बेला बैतडीको पुर्चौडी नगरपालिका–४ र ५ भने तीन जनाको सामूहिक हत्यापछि सिङ्गो गाउँ नै शोकमा डुबेको छ । भारतको पिथौरागढमा मजदुरी गर्दै आएका पुर्चौंडी नगरपालिका–५ दहतोलीका ३६ वर्षीय हरे बोहरा र २७ वर्षीय वीरा बोहरा तथा पुर्चौंडी नगरपालिका–४ भटना तडीखेतका ३६ वर्षीय कासी बोहराको हत्या भएपछि सिङ्गो गाउँ शोकमा […]

यस्तो छ भाइटीका लगाइदिने विधि, शुभ साइत ११ः५५ बजे,

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on यस्तो छ भाइटीका लगाइदिने विधि, शुभ साइत ११ः५५ बजे,.

काठमाडौं । यम पञ्चकको पाँचौं दिन आज भाइटीका । आजकै दिन घरमा नित्यकर्म गरी शास्त्रीय विधिअनुसार यम, यमुना र अष्ट चीरञ्जीवीको पूजा गरिन्छ । नेपाल पञ्चांग निर्णायक समितिका अनुसार भाइटीकाको शुभ साइत ११ः५५ बजे छ । आज दिनभर टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि अभिजित् मुहूर्तको शुभ साइत दिइएको समितिले जनाएको छ । […]

आज भाइटीका लगाइँदै, उत्तम साइत ११ः५५ बजे

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आज भाइटीका लगाइँदै, उत्तम साइत ११ः५५ बजे.

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको पाँचौं दिन आज (मंगलबार) भाइटीका पर्व मनाइँदै छ । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई भाइटीका मनाइँदैछ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाई दिने र उपहारहरु दिने गरिन्छ । दिदीबहिनीलाई पूजा […]

तिहार प्रकृतिका पक्षहरूबीचको सन्तुलनकाे पर्वः ओली

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on तिहार प्रकृतिका पक्षहरूबीचको सन्तुलनकाे पर्वः ओली.

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले तिहारलाई प्रकृतिका विभिन्न पक्षको सन्तुलनको पर्व भएको बताएका छन् । तिहार अर्थात् दीपावलीका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले तिहारमा मानवका अतिरिक्त विभिन्न जनावरको समेत पुजाआजा गरिने भएकोले यसलाई प्रकृतिका विभिन्न पक्षको सन्तुलन र आत्मसम्मान कायम गरेको उल्लेख गरेका छन् । ‘तिहार प्रकृतिसँग […]

तिहारको चौथो दिन: आज गाई-गोरुको पूजा गरिँदै

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on तिहारको चौथो दिन: आज गाई-गोरुको पूजा गरिँदै.

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औँसीकै दिनमा गाईपूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको शुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेकाले आज गाई पूजा गर्नु पर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिका […]

प्रचण्डसँग दूरी बढ्यो भन्नेहरुको गणित मिलेन: प्रधानमन्त्री

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on प्रचण्डसँग दूरी बढ्यो भन्नेहरुको गणित मिलेन: प्रधानमन्त्री.

काठमाडौं । नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग आफ्नो दूरी नबढेको दावी गरेका छन् । अजरबैजानबाट फर्कने क्रममा आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारको प्रश्नको जवाफ दिदै प्रधानमन्त्री ओलीले प्रचण्डसँग दूरी बढ्नु पर्ने कुनै कारण नभएको स्पष्ट गरेका हुन् । अर्का अध्यक्ष प्रचण्डसँगको तपाईको दूरी बढेको हो भन्ने प्रश्नमा […]

लक्ष्मीको लोभ नगर्ने सरस्वतीका वरदान

Published: in मुख्य समाचार, शिक्षा, समाज by . Leave a Comment on लक्ष्मीको लोभ नगर्ने सरस्वतीका वरदान.

कल्पनाका बादशाह भनौं या सरस्वतीका वरदपुत्र महाकवि लक्ष्मीप्रसाद देवकोटाको व्यक्तित्वलाई नसम्झने कमै होलान्। घर, चोक, आँगन सिँगारिएका बेला सायद बत्तीको झिलीमिलीको रौनकसँगै १९६६ विक्रमाब्द कात्तिक २७ गते लक्ष्मीपूजाका दिन जन्मिएका देवकोटाको प्रेरणाले थुप्रैलाई कवि बनायो। भनिन्छ, उनी चौध भाषा बुझ्थे। नेपाली साहित्यका महापण्डित उनले मूलतः नेपाली, संस्कृत, अंग्रेजीदेखि नेवारी, बंगाली, उर्दू, फ्रेन्च, जर्मनी र रसियनसमेतका […]

बिर्तामोड बन्यो भेट्रान च्याम्पियन

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार by . Leave a Comment on बिर्तामोड बन्यो भेट्रान च्याम्पियन.

झापा । बिर्तामोड भेट्रान फुटबल क्लब सातौँ धाइजन चारआली भेट्रान फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । नवकालिका खेलमैदानमा शनिबार भएको फाइनल खेलमा बिर्तामोड भेट्रानले भद्रपुर भेट्रान फुटबल क्लबलाई पराजित गरेर च्याम्पियन बनेको हो । धाइजन चारआली भेट्रान फुटबल क्लबले आयोजना गरेको प्रतियोगिताको फाइनल खेलमा बिर्तामोडले ४– ० गोलअन्तरले भद्रपुरलाई पराजित गर्दै उपाधि रक्षा गरेको हो […]

झापाको हल्दिवारीमा ‘हल्दिवारी महोत्सव’ आजबाट सुरु

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on झापाको हल्दिवारीमा ‘हल्दिवारी महोत्सव’ आजबाट सुरु.

हल्दिबारी । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी झापाको हल्दिवारीमा ‘हल्दिवारी महोत्सव’ आज शनिबारबाट सुरु भएको छ । नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउन स्थानीय जलाशययुक्त भेलागढी उद्यानको बीचमा निर्मित काठेपुलमा हल्दिबारी महोत्सव आयोजना गरिएको हो । भेलागढी सामुदायिक वनको हाताभित्र रहेको सो उद्यानलाई लोकतान्त्रिक शहीद स्मृति उद्यान नामाकरण गरिएको छ । […]