Sajhamanch Archive

यमपञ्चकको पहिलो दिन काग तिहार मनाइँदै

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on यमपञ्चकको पहिलो दिन काग तिहार मनाइँदै.

काठमाडौं । कात्तिक कृष्ण त्रयोदशी अर्थात् कागतिहार। आज कागको पूजा गरी विभिन्न परिकार खान दिइँदैछ। यमराजको दूत वा सन्देशबाहक पक्षीको रूपमा कागको पूजा गरिन्छ। सनातन हिन्दु समाजमा कागलाई यमराजको सन्देश सुनाउने दूतका रूपमा पनि लिइन्छ। कागको आवाजको प्रकृतिअनुसार राम्रा नराम्रा खबरको अनुमान लगाइन्छ। कागले भूकम्प आदि प्राकृतिक विपत्तिको अग्रिम सूचना पनि दिन्छ भन्ने विश्वास गरिन्छ। […]

सामान्य विवादले पार्टी एकीकरणमा कुनै असर गर्दैन: कार्यवाहक प्रधानमन्त्री पोखरेल

Published: (Updated: ) in मुख्य समाचार, राजनीति by . Leave a Comment on सामान्य विवादले पार्टी एकीकरणमा कुनै असर गर्दैन: कार्यवाहक प्रधानमन्त्री पोखरेल.

विराटनगर । कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले पार्टीभित्रको सामान्य विवादले एकीकरणमा कुनै असर नपर्ने बताएका छन् । आज विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै कावा प्रम पोखरेलले एकता भएका दुई ठूला पार्टीमा प्रारम्भमा आ–आफ्ना लिगेसी रहनु स्वभाविक भएको भन्दै सामान्य मनमुुटावले जनता र कार्यकर्ताको आग्रहमा भएको एकीकरणमा कुनै असर पर्ने बताएका हुन् । पोखरेलले प्रतिपक्षी दल कांग्रेसले अधिनायकवाद […]

रविन्द्र अधिकारीलाई सम्झदै मन्त्री भट्टराईले भने ‘चुहानडाँडामा विमान स्थल बन्छ’

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on रविन्द्र अधिकारीलाई सम्झदै मन्त्री भट्टराईले भने ‘चुहानडाँडामा विमान स्थल बन्छ’.

तेह्रथुम । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेशकुमार भट्टराईले तेह्रथुम जिल्लाको आठराई गाउँपालिका–६ स्थित चुहानडाँडामा विमानस्थल जुनसुकै हालतमा निर्माण गर्ने प्रतिबद्धता गरेका छन् । विहीबार विमानस्थल निर्माण गर्न अवलोकनमा चुहान डाँडा आउनु भएका भट्टराईले विमान स्थल निर्माण गर्न सरकार पछि नहट्ने बताए । पूर्वको पहिलो शैक्षिक केन्द्र, मध्यपहाडि लोकमार्ग, पर्यटकीय सम्भावना भएका क्षेत्रले गर्दासमेत […]

शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री अजरबैजान प्रस्थान

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री अजरबैजान प्रस्थान.

काठमाडौं । असंलग्न राष्ट्रहरुको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली आज (बिहीबार) बिहान साढे ११.४५ बजे कतार एयरवेजको जहाजबाट अजरबैजान प्रस्थान गरेका छन् । शुक्रबारबाट शुरु हुने असंलग्न आन्दोलन (नाम) को १८ औं शिखर सम्मेलनमा सहभागी हुन उनी आज त्यसतर्फ प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भेनेजुयलाका कम्युनिष्ट शासक मडुरोसँग दुईपक्षीय वार्ता […]

राष्ट्रिय गौरवका आयोजनाको प्रगति गौरवपूर्ण हुनुपर्दछः प्रधानमन्त्री ओली

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on राष्ट्रिय गौरवका आयोजनाको प्रगति गौरवपूर्ण हुनुपर्दछः प्रधानमन्त्री ओली.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरुको कार्य प्रगति पनि गौरव पूर्ण हुन पर्ने बताएका छन् । प्रधानमन्त्री कार्यालयको एक्सन रुमबाट मंगलबार विभिन्न राष्ट्रिय गौरवका आयोजनाहरुको अनुगमन गर्ने क्रममा प्रधानमन्त्री ओलीले सरकारले गरेका गौरवका योजनाहरु गौरव पूर्ण तरिकाले प्रगति हुनु पर्ने बताए । प्रधानमन्त्री ओलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, माथिल्लो तामाकोशी […]

दक्षिण झापाका बासिन्दा धान पाकेसँगै जंगली हात्तीबाट आतंकित

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on दक्षिण झापाका बासिन्दा धान पाकेसँगै जंगली हात्तीबाट आतंकित.

भद्रपुर । वर्षभरी खाने र परिवार पाल्ने आधारका रूपमा रहेको धान खेतीका आधारमा जीवन चलाउने झापाका कृषक केही वर्षयता धान बाली हात्तीको चरण बन्न थालेपछि चिन्तामा परेका छन् । पूर्वी दक्षिणी झापाका किसान धान पाक्ने समयमा खेतभरी हात्तीका बथान पस्न थालेपछि धान जोगाउन सकिने हो या होइन भनेर चिन्ता पाल्न बाध्य भएका हुन् । वर्षेनी […]

मिडियामा आएजस्तो प्रधानमन्‍त्रीसँग सम्बन्ध बिग्रिएको छैन: प्रचण्ड

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on मिडियामा आएजस्तो प्रधानमन्‍त्रीसँग सम्बन्ध बिग्रिएको छैन: प्रचण्ड.

फिदिम । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले मिडियामा आएजस्तो पार्टी नेतृत्वमा तिक्तता नरहेको बताएका छन् । नेकपा पाँचथरले आयोजना गरेको एक दिने कार्यकर्ता प्रशिक्षणका लागि पाँचथर सदरमुकाम फिदिम आएका प्रचण्डले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीबीच मिडियामा आएजस्तो गरी सम्बन्ध नबिग्रिएको बताए। ‘तपाईहरु भ्रममा नपर्नुहोस्,’ प्रचण्डले पत्रकारसँग […]

उपनिर्वाचनका लागि ३७ जिल्लामा मुख्य निर्वाचन अधिकृत खटाइयो

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on उपनिर्वाचनका लागि ३७ जिल्लामा मुख्य निर्वाचन अधिकृत खटाइयो.

काठमाडौं । निर्वाचन आयोग, नेपालले आगामी मंसिर १४ गते हुने उपनिर्वाचन कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत खटाएको छ । यही कात्तिक १३ गतेबाट लागू हुने गरी आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत खटाएको आयोगका सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । आयोगले न्याय परिषद्को […]

स्वदेशमै आएर आफ्नो सीप र क्षमताको उपयोग गर्न प्रधानमन्त्रीद्धारा गैरआवासीय नेपाली संघलाई आग्रह

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on स्वदेशमै आएर आफ्नो सीप र क्षमताको उपयोग गर्न प्रधानमन्त्रीद्धारा गैरआवासीय नेपाली संघलाई आग्रह.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपालीहरुलाई सकेसम्म स्वदेशमै आएर आफ्नो सीप र क्षमताको उपयोग गर्न, नभए विदेशबाटै गैरआवासीय नेपालीका रुपमा स्वदेशको विकासका लागि विविध क्षेत्रबाट योगदान गर्न आह्वान गर्नु भएको छ । भर्खरै सम्पन्न गैरआवासीय नेपाली संघको नवौं अन्तर्राष्टिय सम्मेलनबाट निर्वाचित पदाधिकारीलाई बालुवाटारमा आमन्त्रण गरि बधाई–सुभकामना दिँदै उहाँले देशमा यसअघि कहिल्यैको भन्दा बढी […]

सात हजार फलफुलका विरुवा रोप्दै नेपाली सेना

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on सात हजार फलफुलका विरुवा रोप्दै नेपाली सेना.

कमल । २१ नं वाहिनी अड्डाले खालिरहेको जमिनमा फलफुलका विरुवा रोपेको छ । नेपाली सेना २१ नं वाहिनी अड्डामा आज एक कार्यक्रमका बीच विभिन्न जातका फलफुलका विरुवा रोपिएको छ । वन मन्त्री जगदिश कुशियत प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा र रक्षा सचिव रेश्मिराज पाण्डेले लिचिका विरुवा रोपेर वृक्षारोण कार्यक्रमको सुरु गरेका थिए । एक सैनिक एक […]