काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पद र अनुहार नहेरी अपराधबारे अनुसन्धान गर्न प्रहरीलाई आग्रह गरेका छन् । उनले प्रहरी हरेक घटनाको निष्पक्ष छानबिन गर्न स्वतन्त्र रहेको पनि बताए । ‘कुन पार्टी सरकारमा छ, कुन बाहिर छ, प्रहरीले वास्ता गर्नु पर्दैन । कुन पदको, कसले अपराध गर्यो, त्यो पनि प्रहरीले मतलब गर्नुहुन्न’, प्रहरी प्रधान कार्यालयले […]
काठमाडौं । चिनियाँ राष्ट्रपति चिनियाँ राष्ट्रपति सी चिनफिङको आसन्न राजकीय भ्रमणको अवसरमा नेपाल र चीनबीच रेल, सडक र विद्युत् प्रसारण लाइनसम्बन्धी समझ्दारीपत्रमा हस्ताक्षर हुने भएको छ। सशक्त अर्थतन्त्रका रूपमा उदीयमान चीनको विकासबाट लाभ लिन चीनसँग सम्पर्कसन्जाल विस्तारलाई प्राथमिकतामा राखिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। तीन वर्षअघि चिनियाँ राष्ट्र प्रमुखको भ्रमणका क्रममा […]
काठमाडौं । चिनियाँ राष्ट्रपति सि जीनफिङले नेपालमा साढे १९ घण्टा बिताउने गरी कार्यक्रम तय भएको छ । यही असोज २५ गते शनिबार दिउँसो नेपाल आउने एरराष्ट्रपति सि आइतबार बिहान स्वदेश फर्किने कार्यक्रम तय भएको हो । विशेष विमानबाट भारतहुँदै राष्ट्रपति सि ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने छन् । त्यहाँ राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणमा नेपालको हित र आवश्यकतालाई केन्द्रमा राखेर आर्थिक साझेदारीका विषयमा छलफल गरिने जनाएका छन् । भ्रमणकोे पूर्वसन्ध्यामा आज पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री एवं आर्थिक र परराष्ट्र मामिलाका जानकारसँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल आयोजना गरी प्रधानमन्त्री ओलीले उक्त जानकारी दिएका हुन् । चिनियाँ राष्ट्रपति सीको […]
काठमाडौं। चिनियाँ राष्ट्रपति सी चिनफिङको आसन्न राजकीय भ्रमणको सन्दर्भमा आज (बिहीबार) प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री र परराष्ट्र मामिलाका जानकारहरुसँग छलफल आयोजना गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीलगायत सहभागी थिए । […]
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा काठको दुई तले घरमा आगलागी भएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ९, संगम चौक स्थित पदमलाल काफ्लेको घरमा आगलागी भएको हो । आगलागीबाट घरमा भएका सबै धनमाल नष्ट भएको इलाका प्रहरी झिलझिले जनाएको छ । बुधबार दिउँसो करिब ११ः३० बजे आगलागी भएको हो । दमक नगरपालिका र विर्तामोड नगरपालिकाको […]
सुनसरी। दशैं आफूभन्दा ठूलाबाट टीका आर्शिवाद ग्रहण गर्ने र सानालाई आशिष दिने चाडका रुपमा लिइन्छ । तर, यहि चाड वडादशैंका दिन सुनसरीको इटहरीमा भने एउटा दर्दनाक घटना भएको छ । सुनसरीको इटहरी–१७ मा दशैंको टीकाकै दिन (मंगलबार) एकै परिवारका तीन जना मृत्त फेला परेका छन् । मंगलबार एउटै घरका श्रीमान, श्रीमती र छोरी मृत भेटिएको […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमी चाडलाई गच्छेभन्दा बाहिर गएर तडकभडक देखाउने प्रवृत्तिबाट मुक्त हुन आग्रह गरेका छन् । बडादशैं २०७६ का अवसरमा शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले यस चाडले नेपालीहरुको सामाजिक सुसम्बन्ध र सुप्रबन्धमा जसरी विगतदेखि योगदान गर्दै आएको छ, त्यो योगदान गर्दै जाओस् भन्ने कामना पनि गरेका छन् । यस्तो छ प्रधानमन्त्रीको […]
काठमाडौं । दुर्गापक्षको मुख्य दिन आज विजयादशमी घटस्थापनाका दिन स्थापित घडाबाट अभिषेक गरी मान्यजनका हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज देवी विसर्जनको साइत […]
झापा । विगत २५ वर्षदेखिको अभ्यासलाई निरन्तरता दिँदै नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आज दमकमा चाडपर्व विशेष शुभकामना आदानप्रदानसहित चियापान कार्यक्रम गरेका छन् । प्रधानमन्त्रीको रुपमा तेस्रो पटक र पार्टीको विभिन्न जिम्मेवारीमा रहँदा २०५१ सालदेखि केपी शर्मा ओलीले दशैंको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्दै आएका हुन् । विगत वर्षहरुमा झापाको बिर्तामोडमा आयोजना गरिँदै […]