Sajhamanch Archive

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो सुनसहित एक जना पक्राउ

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो सुनसहित एक जना पक्राउ.

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो १३५ ग्राम सुनसहित क्यानडाका एक नागरिक पक्राउ परेका छन् । गएराति दुबईबाट काठमाडौं ओर्लिएका मोहम्मद कमाल माहगौबलाई भन्सार क्षेत्रको एकसरे चेकजाँचको क्रममा पक्राउ गरिएको हो । उनले आफ्नै शरीरमा प्लास्टिकमा प्याक गरी बोकेको सेमी लिक्युड सुन करिब ९ किलो १३५ ग्राम बरामद भएको प्रहरीले जनाएको छ । केएमसी […]

भद्रपुर झापा गोल्ड कपबारे सुरक्षा प्रमुखहरुसँग अन्तरक्रिया

Published: in खेलकुद, मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on भद्रपुर झापा गोल्ड कपबारे सुरक्षा प्रमुखहरुसँग अन्तरक्रिया.

भद्रपुर । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले आसन्न भद्रपुर झापा गोल्ड कपमा शान्ति सुरक्षा तथा सुशासन कायम राख्न प्रतिबद्ध रहेको जनाएका छन् । आज गोल्ड कपको सचिवालय मेची रंगशालामा भएको अन्तरक्रियामा पोखरेलले प्रतियोगिता अवधिभर सुशासनको अवस्था मजबुत बनाउन जिल्ला प्रशासन कार्यालय तत्पर रहेकोले ढुक्क रहन आयोजकलाई आश्वासन दिएका हुन् । अन्तरक्रियामा भद्रपुर नगरपालिकाका नगरप्रमुख […]

उपप्रधानमन्त्री लिङ्देन र नेपालका लागि अमेरिकी राजदूत थम्पसन बीच भेटवार्ता

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on उपप्रधानमन्त्री लिङ्देन र नेपालका लागि अमेरिकी राजदूत थम्पसन बीच भेटवार्ता.

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले उपप्रधान एवं उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री राजेन्द्र लिङ्देनसंग भेट गरेका छन् । उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयमा आज बुधवार भएको दुईपक्षीय भेटमा आपसी सहयोग र चासोका विविध विषयमा छलफल भएको उपप्रधानमन्त्री लिङ्देनको सचिवालयले जनाएको छ । भेटका क्रममा उपप्रधानमन्त्री लिङ्देनले उर्जाको विकास, प्रशारण र व्यापार […]

झापामा सुरक्षा निकायका प्रमुखहरुसँग सामुहिक अन्तरक्रिया

Published: in मुख्य समाचार, लोकप्रिय, समाज by . Leave a Comment on झापामा सुरक्षा निकायका प्रमुखहरुसँग सामुहिक अन्तरक्रिया.

बिर्तामोड । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जिल्लामा शान्ति सुरक्षा तथा सुशासन कायम राख्न नागरिक समाज र निजी क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताएका छन् । बुधबार बिर्तामोडमा आयोजित एक अन्तरक्रियामा बोल्दै प्रजिअ पोखरेलले सरकार, नागरिक समाज र निजी क्षेत्रको समन्वय राम्रो भएमा सुशासनको अवस्था मजबुत हुने बताए । संवाद समूह झापाको संयोजनमा भएको अन्तरक्रियामा […]

प्रतिबन्धित भारतीय चिट्ठा खुलेआम बिक्री भइरहँदा पनि प्रहरी मुकदर्शक !

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, by . Leave a Comment on प्रतिबन्धित भारतीय चिट्ठा खुलेआम बिक्री भइरहँदा पनि प्रहरी मुकदर्शक !.

झापा । नेपालको सीमावर्ती बजारमा प्रतिबन्धित भारतीय चिट्ठा खुलेआम बिक्री वितरण भइरहेको भए पनि प्रहरीले चासो दिएको छैन । नेपालबाट दैनिक १० लाख रुपैयाँ भन्दाबढी रकम प्रतिबन्धित चिट्ठाको कारोबारमा भारत गइरहेको पाइएको छ । तर प्रहरी मुकदर्शक बन्दा नेपाली भूभागमा प्रतिबन्धित भारतीय चिट्ठा सीमावर्ती बजारमा खुलेआम बिक्री वितरण भइरहेको पाइएको हो । भारतको पश्चिम बंगाल, […]

त्रिदेव क्याम्पसका विद्यार्थीले बनाए सेन्सर डस्टविन

Published: in मुख्य समाचार, लोकप्रिय, शिक्षा, समाज by . Leave a Comment on त्रिदेव क्याम्पसका विद्यार्थीले बनाए सेन्सर डस्टविन.

मेचीनगर । त्रिदेव बहुमुखी क्याम्पस, व्यवस्थापन विभागले प्रतिभा प्रवर्द्धन कार्यक्रम अन्तर्गत विविएस चौथो वर्षमा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । सोही कार्यक्रममा विद्यार्थीहरूले बनाएको सेन्सर डस्टविनको आज प्रदर्शनी पनि गरिएको छ । बीबीएस दोस्रो वर्षमा अध्ययनरत सुरज घतानीको अगुवाईमा तेस्रो वर्षका विद्यार्थी विनय दहाल र उत्सव भट्टराईद्वारा तयार गरिएको उक्त डस्टविनको मेचीनगर नगरपालिका […]

दूधेमा माविका विद्यार्थीले बनाए विद्युतीय गाडी, नगरप्रमुखलाई राखेर बजार परिक्रममा

Published: (Updated: ) in मुख्य समाचार, विविधा, शिक्षा, समाज by . Leave a Comment on दूधेमा माविका विद्यार्थीले बनाए विद्युतीय गाडी, नगरप्रमुखलाई राखेर बजार परिक्रममा.

शिवसताक्षी । झापा शिवसताक्षीका एक सामुदायिक विद्यालयका विद्यार्थीले निर्माण गरेको विद्युतीय गाडीको आज उद्घाटन गरिएको छ । शिवसताक्षी ११, दूधे स्थित श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका कक्षा ७ मा अध्ययरत विद्यार्थीहरुले निर्माण गरिएको विद्युतीय गाडी आज विद्यालयको ५४ औं वार्षिकोत्सवको अवसरमा उद्घाटन गरिएको हो । उक्त गाडी शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा, उप्रमुख नगरमाया […]

‘मेमोरी किङ’ अर्पण शर्मासहित तीन प्रतिभा पुरस्कृत

Published: in मुख्य समाचार, लोकप्रिय, समाज by . Leave a Comment on ‘मेमोरी किङ’ अर्पण शर्मासहित तीन प्रतिभा पुरस्कृत.

मेचीनगर । मेमोरी किङ अर्पण शर्मालाई गृहजिल्लामा सम्मान गरिएको छ । आज मेचीनगर–११ स्थित जालपा सामुदायिक भवनमा लाल–भागिरथा बानियाँ प्रतिष्ठान धाइजनले आयोजना गरेको चौथो बार्षिक उत्सव एवम् सम्मान कार्यक्रममा शर्मासहित तीन प्रतिभालाई पुरस्कृत गरिएको हो । कार्यक्रममा स्मरण शक्तिमा गिनिज बुकमा नाम लेखाउन सफल विश्व कीर्तिमानी व्यक्तित्व शर्मा, मेचीनगर–१२ निवासी कृषि क्षेत्रका प्रेरक व्यक्तित्व मञ्जुल मेचे […]

संसद् भवनमा पत्रकारलाई रोक्नुपर्ने कुनै कारण छैन : सभामुख घिमिरे

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on संसद् भवनमा पत्रकारलाई रोक्नुपर्ने कुनै कारण छैन : सभामुख घिमिरे.

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदमा पत्रकारहरूलाई सहज रूपमा रिपोर्टिङ गर्ने वातावरण बनाउने विश्वास दिलाएका छन् । संसदीय मामिला पत्रकार समाजसँग आबद्ध पत्रकारहरूसँग सोमबार परिचयात्मक भेटघाट कार्यक्रममा सभामुख घिमिरेले पत्रकारहरूलाई संसदमा सहज रूपमा रिपोर्टिङ गर्ने वातावरण बनाउने बताएका हुन् । सभामुख घिमिरेले मिडियाले समाजलाई समयमै सूचना तथा समाचारहरू सम्प्रेषण गर्ने र समाजलाई परिवर्तन गर्न भूमिका […]

बाबुसँग लेनदेन नमिलेपछि छोराको अपहरण

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बाबुसँग लेनदेन नमिलेपछि छोराको अपहरण.

झापा । झापामा १० दिनअघि अपहरणमा परेका एक किशोरको प्रहरीले उद्धार गरेको छ । बिर्तामोड ३ भगवान चोक निवासी २१ वर्षीय राजीव बस्नेतलाई प्रहरीले अपहरणकारीको पन्जाबाट शनिबार साँझ मुक्त गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी रुगमबहादुर कुँवरले जानकारी दिएका छन् । राजीव गत माघ ५ गते बिहान इलामको श्रीअन्तु घुम्न भनी घरबाट निस्किएका थिए । […]