दमक । रोग लुकाएर बसेका कारण झापामा कुष्ठरोगीहरुको संख्या दिनानु दिन बढिरहेको तथ्य सार्वजनिक भएको छ । दमक अस्पतालका डाक्टर गुरु पौडेलले प्रस्तुत गरेको तथ्याङ्कले यस्तो देखिएको हो । उनका अनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा झापामा कुष्ठ रोगीको संख्या १२१ रहेकोमा चालू आर्थिक वर्षको बितेको ६ महिनामा नै ६ जना बालबालिकासहित १२० जना पुगिसकेको छ […]
झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) झापाका अधिकृत कर्मचारी तथा विभागीय प्रमुखहरुलाई क्षमता अभिवृद्धि तथा नेतृत्व विकास सम्बन्धी तालिम दिइएको छ । फस्ट माईक्रो फाइनान्सका प्रमुख व्यवस्थापक बाबुराम न्यौपानेले सहजिकरण गरेको उक्त कार्यक्रममा संस्थाका सञ्चालक समिति अध्यक्ष रामचन्द्र उप्रेतीले विशेष निर्देशनात्मक मन्तव्य राखेका थिए । शिक्षा तथा तालिम उपसमितिको आयोजनामा संस्था अन्तर्गतका विभिन्न […]
आज सहिद दिवश । नेपालमा लोकतन्त्र स्थापनाका लागि जीवनको बलिदान दिने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुप्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दछु । नेपालमा १०४ वर्षको राणा शासनको अन्त्य गरेर नेपाली जनतालाई अधिकार सम्पन्न बनाउनका लागि जीवन आहुती दिने शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा र दशरथ चन्दले नेपाली जनताको अधिकार प्राप्तीको लडाईंमा गरेको योगदानको स्मरण गर्न चाहन्छु […]
झापा । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शनिबार झापाको बिर्तामोडमा महिला सशक्तिकरण कार्यक्रम सञ्चालन गरेको छ । ‘रोजगारी र समृद्धिको आधार, महिला सशक्तिकरणमा महालक्ष्मी लाइफ’ नारा दिएर पुस ४ गतेदेखि कम्पनीले यस्तो कार्यक्रम सञ्चालन गरिरहेको हो । कार्यक्रममा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले महिलाहरुलाई जीवन बीमा क्षेत्रमा प्रवेश गराई आर्थिक आयआर्जन वृद्धिसँगै सशक्तीकरण […]
झापा । प्रदेश १ का उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले कृषिमा व्यवसायिकता अबको आवश्यकता भएको बताएका छन् । झापाको सुरुङ्गास्थित धनुकोटी धाम भुरुङ्गमा शनिबार नेपाल पशुपक्षी औषधि व्यवसायी संघ मेची शाखाको दशौं वार्षिक साधारण सभामा प्रमुख अतिथिको रुपमा बोल्दै मन्त्री सिटौलाले कृषिमा परनिर्भरता त्याग्दै अब आत्मनिर्भर बन्नेतर्फ सबै लाग्नुपर्ने अवस्था आएको बताए । […]
झापा । बिर्तामोड नगरपालिकाले वडा नम्बर १ देखि ५ सम्मको जग्गा वर्गीकरणको टुंगो लगाएको छ । नगरप्रमुख तथा स्थानीय भू–उपयोग परिषद् अध्यक्ष पवित्रा महतारा प्रसाईको अध्यक्षतामा शनिबार बसेको बैठकले ५ वटा वडाको जग्गा वर्गीकरणको टुंगो लगाएको हो । नगरपालिकाले भू उपयोग ऐन २०७६ को दफा ४ तथा भू–उपयोग नियमावली २०७९ को नियम ५ बमोजिम भू–उपयोग […]
मेचीनगर । मेचीनगर नगरपालिकाले एक असहाय बिरामीलाई उद्धार गरी उपचारका लागि चितवन पठाएको छ । मेचीनगर १२ स्थित आफ्नै घरमा निर्मित खोरमा थुनिएर बाँच्न बाध्य २४ वर्षीय धनकुमार राईलाई उद्धार गरी उपचारका लागि चितवन पठाएइको हो । मानसिक रोगी हिंडडुलसमेत गर्न नसक्ने अवस्थाका राईलाई परिवारले घरमा नै सानो खोर बनाएर राखेका थिए । बाहिर राख्दा […]
भद्रपुर । नेपालको तराइमा पाइने रैथाने जातको मुर्राभैंसी संकटमा परिरहेको तथ्याङ्क सार्वजनिक गरेर राज्यको निकाय बसिरहेको छ । तर पनि सम्भवतः झापामा सञ्चालन गरिएको ठूलो मुर्राभैंसी फर्म राज्यको सानो सहयोगसमेत नपाएर संकटग्रस्त अवस्थामा छ । सुवेदी कृषि फर्म नाममा भद्रपुर १ साविकको पृथ्वीनगरको कमानसिंह मार्गमा ५४ वटा मुर्राभैंसी पालन केन्द्र रहेको छ । संकटपूर्ण अवस्थामा […]
भद्रपुर । आसन्न भद्रपुर झापा गोल्ड कपको पहिलो संस्करणका विषयमा स्थानीय संघ–संस्थासँग छलफल गरिएको छ । गोल्ड कप आयोजक समितिले आज मेची रंगशालामा गरेको बृहत छलफल कार्यक्रममा स्थानीय सामाजिक, धार्मिक, व्यावसायिक, गैरसरकारी संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो । छलफलमा बोल्ने अधिकांश वक्ताले स्थानीय संघ–संस्थालाई छलफलमा बोलाएर धारणा राख्ने मौका दिएकोमा आभार व्यक्त गरे । त्यस्तै, गोल्ड […]
काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज भएको छ । नागरिकतासम्बन्धी मुद्दामा फैसला गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछाने नागरिकताविहीन अवस्थामा सांसद रहन नसक्ने स्पष्ट पारेको हो । संवैधानिक इजलासको फैसलासँगै लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको अध्यक्ष पदबाट समेत हटेका छन् । उनी गत ४ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा चितवन–२ बाट निर्वाचित भएका […]