Sajhamanch Archive

मिक्लाजुङ हत्याकाण्डमा ज्वाईंकै संलग्नता !

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मिक्लाजुङ हत्याकाण्डमा ज्वाईंकै संलग्नता !.

पाँचथर । गए राति ९ जनाको हत्या भएको मिक्लाजुङ–३ आरुबोटे नजिकै एकजना युवाको शव झुण्डिएको अवस्थामा फेला परेको छ । आरुबोटेमा रहेको ३ नम्बर वडा कार्यालय छेउमा ९ जनाको विभत्स घटना भएसँगै एक अधवैशे झुण्डिएको अवस्थामा फेला पर्नुले घटना रहस्यमय बन्दै गएको हो । सामूहिक हत्या पारिवारिक विवादका कारण भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको […]

पाँचथरमा २ परिवारका ९ जनाको हत्या

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पाँचथरमा २ परिवारका ९ जनाको हत्या.

पाँचथर । पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा सोमबार राति २ परिवारका ९ जनाको विभत्स हत्या गरिएको छ । घटनास्थलमा रहेकी लघु उद्यम प्रशिक्षक अर्चना गुरुङका अनुसार सोमबार राति स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका ९ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो । धनराजको परिवारका पाँच जनाको हत्यापछि शव घरभित्रै रहेको तथा […]

प्रदेश कानून मन्त्री कार्की बुद्धशान्तिमा अभिनन्दित

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on प्रदेश कानून मन्त्री कार्की बुद्धशान्तिमा अभिनन्दित.

बुद्धशान्ति । प्रदेश एकका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की झापाको बुद्धशान्तिमा सोमबार अभिनन्दित भएका छन् । उनलाई जगद्गुरु जन्मस्थल तथा पूर्वीय दर्शन अध्ययन केन्द्र बुद्धशान्तिले अभिनन्दन गरेको हो । केन्द्रका अध्यक्ष लीलाशरण भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा चताराधाममा सम्पन्न कुम्भ मेलामा सरकारका तर्फबाट कुम्भ मेलाको संयोजकको भूमिका निर्वाह गरेर महत्वपूर्ण योगदान गरेको, राजनीतिक तथा […]

पूर्वप्रधानमन्त्री खनालले पत्रकार आन्दोलनको विरोध नगर्ने !

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on पूर्वप्रधानमन्त्री खनालले पत्रकार आन्दोलनको विरोध नगर्ने !.

झापा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता, पूर्वप्रधानमन्त्री झलनाथ खनालले मिडिया काउन्सील विधेयकप्रति पत्रकारले गरिरहेको आन्दोलनको आफूले विरोध नगर्ने बताएका छन् । ‘आन्दोलनले प्रेस स्वतन्त्रतालाई स्थापित गर्न र प्रेसलाई मर्यादित बनाउन बहस सिर्जना गरेको छ, जुन नराम्रो कुरा होइन’ नेता खनालको भनाई छ । नेकपा इलामको जिल्ला कमिटीका पदाधिकारी सदस्यलाई सपथ गराउन जानेक्रममा बिर्तामोडमा […]

प्रदेश १ मा कृषकलाई २२ करोड ४० लाख अनुदान

Published: in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on प्रदेश १ मा कृषकलाई २२ करोड ४० लाख अनुदान.

विराटनगर । प्रदेश १ को सरकारले समग्र कृषि क्षेत्रको प्रबर्धन र बजारीकरणका लागि कृषकहरुलाई २२ करोड ४० लाख रुपैयाँ अनुदान रकम वितरण गरेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पशुपन्छी व्यवसाय प्रबर्धन कार्यक्रम, मिल्क एनालाइजर वितरण कार्यक्रम र पशु स्वास्थ्य कार्यक्रम अन्तर्गत कृषि क्षेत्रमा आवद्ध कृषक, कृषक समूह, सहकारी, व्यवसायी फर्मलाई ७० प्रतिशतसम्म […]

मार्बल, ग्रेनाइट र टायल्सको आयात ठप्प पार्ने चेतावनीसहित भन्सारमा ज्ञापन

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on मार्बल, ग्रेनाइट र टायल्सको आयात ठप्प पार्ने चेतावनीसहित भन्सारमा ज्ञापन.

बिर्तामोड । नेपाल मार्बल व्यापार संघ झापा शाखाले आइतबार मेची भन्सार कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाउँदै मार्बल, ग्रेनाइट र टायल्सको अधिकतम् खुद्रा मूल्य (एमआरपी) प्रकाशित गर्न नसक्ने अवगत गराएको छ । भन्सार विभागले गत वैशाख २५ गते उक्त वस्तुसहित विभिन्न ११ किसिमका आयातित वस्तुमा पैठारीकै अवस्थामा एमआरपी प्रकाशित गर्न अनिवार्य भन्दै मातहतका निकायमा पत्राचार गरेको थियो […]

डा. उपाध्यायलाई ९ वटा एभरेष्ट वल्र्ड रकर्ड, संस्कृतिविद सत्यमोहन जोशीलाई ५१ हजार

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on डा. उपाध्यायलाई ९ वटा एभरेष्ट वल्र्ड रकर्ड, संस्कृतिविद सत्यमोहन जोशीलाई ५१ हजार.

काठमाडौं । विश्व कीर्तिमान कायम गर्ने गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायका एक उपन्यास र तीन गीति एल्बम आज काठममाडौंमा सार्वजनिक गरिएको छ । नेपाली गीति साहित्य विधामा एकैपटक सात गीति एल्बम बजारमा ल्याई विश्व कीर्तिमान कायम गर्ने डा. उपाध्यायको ‘अधुरो प्रेम’ उपन्यास र तीनवटा गीति एल्बम ‘परिष्कृत’, ‘कृति’ र ‘पृथक’ सार्वजनिक गरिएको हो । […]

त्रिशूलीमा बस खस्दा सात जनाको मृत्यु

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on त्रिशूलीमा बस खस्दा सात जनाको मृत्यु.

धादिङ । धादिङको आदामघाट नजिक बन्छेटारबाट त्रिशूली नदीमा बस खस्दा ज्यान गुमाउनेको संख्या ७ जना पुगेको छ । काकडभिट्टाबाट काठमाण्डौका लागि छुटेको ना ७ ख ४३ ८७ नम्बरको रात्री बस गजुरी गाउँपालिकाको बन्छेटारमा घुम्तीबाट त्रिशूली नदीमा खस्दा काठमाण्डौको चन्द्रागिरि नगरपालिकाकी ३५ वर्षकी सीता थपलिया, काठमाण्डौ थानकोटका ५१ वर्षका राजकुमार सुवेदी, कन्याम इलामका २० वर्षका विशाल […]

झापाबाट काठमाडौं जादै गरेको बस धादिङमा दुर्घटना: पाँचको मृत्यु

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on झापाबाट काठमाडौं जादै गरेको बस धादिङमा दुर्घटना: पाँचको मृत्यु.

काठमाडौं । झापाको काकडभिट्टाबाट काठमाडौं जादै गरेको यात्रु बस धादिङमा दुर्घटना हुँदा मृत्यु हुनेहरुको संख्या ५ पुगेको छ । दुर्घटनामा २५ जना घाइते भएका छन् । ना ७ ख ४३८७ नम्बरको बस गजुरी नगरपालिका ६ बन्छेटार भन्ने स्थानबाट आइतबार बिहान त्रिशूली नदीमा खसेको थियो । बसको केही भाग नदीमा डुबेको छ । दुर्घटनामा मृत्यु भएकामध्ये […]

सत्कर्ममा हाम्रो नेपालः ऋणि सदस्यको कर्जा मिनाहा गरिँदै

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, सहकारी by . Leave a Comment on सत्कर्ममा हाम्रो नेपालः ऋणि सदस्यको कर्जा मिनाहा गरिँदै.

कनकाई । बिर्तामोडस्थित हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्ना दिवंगत सदस्य तथा ऋणी एवम् ऋणिका एकाघर परिवारका सदस्यको मृत्युमा दिइने कर्जा छुट सुविधा प्रदान गर्न थालेको छ । आज शनिबार संस्थाका सदस्य तथा ऋणि कनकाई नगरपालिका वडा नं. ७ दुर्गापुर निवासी पूजा दाहाल सापकोटाले संस्थालाई तिर्न बुझाउन बाँकी रहेको एक लाख १४ हजार […]