काठमाडौं । संघीय संसद भवन अगाडि हिजो मंगलबार आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको निधन भएको डा। किरण नकर्मीले जानकारी दिए । शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गर्दा इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय आचार्यका शरीरको ८० प्रतिशत भाग जलेको थियो । घटनास्थलबाट तत्कालै कीर्तिपुरस्थित बर्न […]
भद्रपुर । भद्रपुर झापा गोल्डकप आयोजक समितिले भद्रपुर नगरपालिका भित्र रहेका निजी तथा संस्थागत विद्यालयका सञ्चालक तथा प्रधानाध्यापकसँग छलफल गरेको छ । मंगलबार भद्रपुरस्थित मेची रंगशालामा रहेको गोल्ड कपको सचिवालयमा आयोजक समितिले गोल्ड कपको प्रथम संस्करणका बारेमा बृहत छलफल गरेको हो । गोल्ड कपको दिगोपना, निजी तथा संस्थागत विद्यालयहरुको सहभागिता, अक्षयकोष लगायतका विषयमा छलफल गरिएको […]
मेचीनगर । लाल भागिरथा बानियाँ प्रतिष्ठान मेचीनगरले मेमोरी किङ अर्पण शर्मालाई सम्मान गर्ने भएको छ । प्रतिष्ठानले आज धुलाबारीमा पत्रकार सम्मेलन गरी अर्पण शर्मासहित सम्मान गरिने प्रतिभाहरुको नाम सार्वजनिक गरेका हो । प्रतिष्ठानले माघ १७ गते प्रतिभाहरुको सम्मान गर्ने जनाएको हो । प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँका अनुसार स्मरण शक्तिमा गिनिज बुकमा नाम लेखाउन सफल विश्व […]
कैलाली । बाजुरामा ५. ९ रेक्टर स्केलको भूकम्प जाँदा चार घर भत्किएको छ । बडीमालिका नगरपालिका ७ र ९ मा गरि ४ घर भत्किएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ। एक घर पूर्ण रुपमा भत्किएको छ भने अन्य तीन घरको पर्खालमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी सूर्य थापाले जानकारी दिए । अन्य […]
धनगढी। धनगढीमा भूकम्पको धक्का महसुस गरिएको छ। आज २ः४३ मा भारतको उत्तराखण्डलाई केन्द्र विन्दु भएर ५ दशमलव ५ रेक्टलस्केलको भूकम्प गएको हो। त्यसको असर धनगढीमा समेत परेको छ। विस्तुत विवरण आउन बाँकी छ।
मेचीनगर । झापाको मेचीनगर-१४ स्थित बाल सुबोधनी माध्यमिक विद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा मुनिलाल राजवंशी चयन भएका छन् । विद्यालयमा मंगलबार आयोजित भेलाले राजवंशीसहित ९ सदस्यीय कार्यसमिति चयन गरिएको हो । अध्यक्ष राजवंशी माओवादी केन्द्र मेचीनगर-१४ का अध्यक्षसमेत हुन् । सदस्य सचिवमा प्रधानाध्यापक विश्व थापा, सदस्यमा निर्मला न्यौपाने, सखरलाल राजवंशी, लोकेस्वर चौधरी, खिनमाया सुबेदी, मुना फुँयाल, […]
कमल । कमल गाउँपालिकाको आर्थिक सहयोग तथा उद्यमशील महिला जागरण केन्द्रको प्राविधिक सहयोगमा दुई महिने निःशुल्क ढाका बुनाई तालिमको उद्घाटन भएको छ । कमल गाउँपालिका वडा नम्बर १ स्थित बाँसबारी र वडा नम्बर ६ स्थित लखनपुरमा सञ्चालित तालिमको कमल गाउँपालिकाका उपाध्यक्ष प्रमिला न्यौपानेले उद्घाटन गरिदिएकी छन् । तालिमको उद्घाटन गर्दै उपाध्यक्ष न्यौपानेले महिलाहरु आत्मनिर्भर नभएका […]
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल प्रमुख पूर्णप्रसाद चुडाललाई पक्राउ गरेको छ । भ्रष्टाचारको आरोपमा उनलाई नियन्त्रणमा लिइएको अख्तियार स्रोतको भनाई छ । उनलाई अख्तियारबाट खटिएको टोलीले विमानस्थल प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको हो । झापाको भद्रपुर विमानस्थलमा कार्यरत रहँदा चुडाललाई झापाका जेसीजहरुको अगुवाईमा ५० भन्दा बढी सामाजिक–व्यवसायिक संस्थाहरुले उत्कृष्ट नागरिकको […]
बिर्तामोड । नगरपालिकाको श्रमिक हितकोषको तर्फबाट आज एकजना श्रमिकलाई राहत प्रदान गरिएको छ । केही महिना अघि देउनिया पूलमा भएको ट्रक दुर्घटनामा परेर घाइते भएका बिर्तामोड नगरपालिका वडा नम्बर २ का बुधलाल राजवंशीलाई ५० हजार रुपैयाँ राहत प्रदान गरिएको हो । श्रमिक हितकोषका संयोजक तथा बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईले उक्त रकमको चेक आज […]
कमल । कमल गाउँपालिकामा बसोबास गर्ने आदिवासी जनजातिका लागि लक्षित ४५ दिनको एडभान्स इलेक्ट्रिसियन तालिम आजबाट सुरु भएको छ । तालिममा आदिवासी जनजातिका संस्थाहरुबाट छनौट गरेर पठाइएका ३५ जना प्रशिक्षार्थी सहभागी छन् । गाउँपालिकाको बजेटबाट सञ्चालन गरिएको तालिमबाट विद्युतीय उपकरणहरु जडान, घर वायरिङ, मर्मत आदि काममा दक्ष बनाउने अपेक्षा राखिएको छ । तालिमको उद्घाटन गर्दै […]